ad

Wednesday, May 30, 2012

Tuesday, May 8, 2012

कुशेँ औंसीको तपाईंलाई धेरै-धेरै शुभकामना छ।




















Buddhi Tamu
प्रकृति पूजारी, वोन धर्मावलम्बी तमु (गुरुङ्ग)हरुमा पनि औशी अर्थात आमावाश्या तिथिकै दिनमा आमा र बाबाको मुख हेर्ने दिन भनेर निकै चर्चा पाएको छ। तर फाल्गुन पूर्णिमा तिथिमा पर्ने तमु जातिको खे-कु त्हेँ अर्थात आफ्ना बाबाको पूजा र सम...्मान गर्ने दिन, माँ-ङी त्हेँ अर्थात माघे संक्रान्तिको तिथिमा आफ्ना चेलीबेटी आफ्ना आमाको पूजा र सम्मान गर्ने दिन हो। भन्ने कुरा पनि

अचेतन रुपमै तमु जातिले पनि यस प्रकारका गैर-तमु पर्वहरुको बिकास गर्दै लग्ने हो भने भोलिको दिन के होला।

तमु भाषा अर्थात तमु भाषाको शास्त्रीय च्वोँ भाषामा "खे" को अर्थ नेपालीमा पित्री, "कु" को अर्थ "नौँ" र "माँ"को अर्थ आमा, जननी, "ङी" को अर्थ "सात" भन्ने हुन्छ।

कुशेँ औंसीको तपाईंलाई धेरै-धेरै शुभकामना छ।

Monday, April 16, 2012

गुरुङहरुको असली पहिचान पवित्र क्होईवु धिँ.....!





















सम्पुर्ण गुरुङ मित्रहरु, तपाईहरु नझुक्किनु होला। यो गुम्वा होइन् यो गुरुङहरुको असली पहिचान पवित्र क्होईवु धिँ हो।

क्होईवो कसरी हुन गयो ? भन्ने विषयमा यसरी वर्णन गरिएको छ। सफुती क्ह्यल्सामा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर्खाहरुको जन्म भयो सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको महा-गुरुहरु माङीहरुको सृस्टि गरिएको प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको यसरी 'क्होईवो धी' को स्थापना गरे सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने यस् घरमा जम्मा हुने भनेर योजना बनाए त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने त्यसैले हामी गुरुङहरु गुम्बा मठ्-मन्दिरमा होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो

यहाँ कतिपय मित्रहरुले वोन धर्म भनेको के हो पहिलो चोटि सुन्दैछु भन्ने पनि देखियो।
वोन भनेको के होला ? यहाँ क्होइ + वो' गर्दा 'क्होईवो' भएको हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या
गरिएकोछ।
जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको

यहाँ गुरुङको  धर्म साँस्कृतिको सत्य तथ्य जानकारी लिन चाहाने जिज्ञाशुहरुले आधिकारिक वेब साईट www.tamu-pyelhu.org हेर्नु होला धन्यवाद!!


Sunday, April 8, 2012

TOH TYEHN "ट्हो त्हेँ" तमुको पर्व




















लौ! आयो है। प्रकृति पूजारी, वोन धर्मावलम्बी, नेपालका आदिवासी जनजाति तमुको पर्व TOH TYEHN, "ट्हो त्हेँ"।
by: Buddhi Tamu

Wednesday, April 4, 2012

The Indigenous People of Nepal....!

The Indigenous People of Nepal.
प्रकृति पूजारी, वोन धर्मावलम्बी, नेपालका आदिवासी, भूमि-पुत्र हामी तमु (गुरुङ्ग) हौँ।
by: Buddhi Tamu









Monday, April 2, 2012

तमु ( गुरुङ्ग) धर्म 'वोन'।





















तमु ( गुरुङ्ग) जातिले आदिमकाल देखिनै गर्दै आईरहेको हाम्रो वस्तबिक परम्परा, हाम्रो पहिचान। सनातन धर्म 'वोन'। by: Buddhi Tamu

प्ये छ्या ल्हु म्हि (Pye Chhya Lhu Mhi)



















विश्वभर तमु रहेका स्थानमा आफ्नो शाखा रहेको र तमुहरुकै सहयोगमा बिस्तार गरिने क्रममा रहेको 'तमु प्ये ल्हु संघ'। by: Buddhi Tamu

प्रमाणित गर्नुहोस


















खेकु = नौँ महागुरुहरु,
माँङी = सात मातृका।
वोन = तमु प्ये-ताँ ल्हु-ताँ।

खेमा= पुर्खा, जननी, पित्री।
कु = ९ नौँ ,
ङी = ७ सात ; अर्थात तमु जातिका पुर्खा "खे-कु"।
by: Buddhi Tamu

"ङेवुक्रब" Ngewokraba





















तमु ( गुरुङ्ग) जातिका मूख्य ३ संस्कारहरु:
१) जन्म संस्कार
२) विवाह संस्कार
३) मृत्‍यु संस्कार
मध्येबाट यो एक "ङेवुक्रब"।
by: Buddhi Tamu

Friday, March 9, 2012

ङ्योए तमु ''ह्युल्सए'' कोए (तमु राष्ट्रिय गीत, आफ्नै मातृ-भाषामा)

सँयूक्तमा
त्हिनी दोँले छल खाँ ग्ये…। --------घाम जत्तिकै अटल, अमर रही राखौं ।
मुँसार दोँले च्योँल खाँ ग्ये -------जून, तारा जत्तिकै फैलिएर अनगिन्ति भै रहौँ ।
चु ङिए ह्युलरी…। चु ङिए कुलरी------यो हाम्रो आफ्नै देशमा र आफ्नै कूलमा ।
चु ङीए ह्युलरी…। चु ङिए कुलरी ------यो हाम्रो आफ्नै देशमा र आफ्नै कूलमा ।
त्हिनी दोँले छल खाँ ग्ये… --------घाम जत्तिकै अटल, अमर रही राखौं ।
मुँसार दोँले च्योँल खाँ ग्ये -------जून, तारा जत्तिकै फैलिएर अनगिन्ति भै रहौँ ।

केटाले मात्र
प्ह्रोँछ्यें लसी टिमो ङि मी ....हामी त गोठालो भै रह्यौं, बस्यौं ।
क्याँछ्यें लसी टिमो ङि मी
सँयूक्तमा
प्ह्रोँछ्यें लसी टिमो ङि मी
क्याँछ्यें लसी टिमो ङि मी
चु ङिए ह्युलरी…। चु ङिए कुलरी ........-------यो हाम्रो आफ्नै देशमा र आफ्नै कूलमा ।
चु ङिए ह्युलरी…। चु ङिए कुलरी
त्हिनी दोँले छल खाँ ग्यें…।
मुँसार दोँले च्योँल खाँ ग्यें

केटाले मात्र
नउतोँ दोँले प्हिरसी प्रमो ............डाँफे जसरिनै उढ्दै हिडौं ( हिड्छौँ ) हामी ।
नउसी दोँले सेसी प्रमो ...... मुनाल जसरिनै नाँच्दै हिडौं ( हिड्छौँ ) हामी ।
सँयूक्तमा
नउतोँ दोँले प्हिरसी प्रमो
नउसी दोँले सेसी प्रमो
चु ङिए ह्युलरी…। चु ङिए कुलरी
चु ङिए ह्युलरी…। चु ङिए कुलरी
त्हिनी दोँले छल खाँ ग्यें…।
मुँसार दोँले च्योँल खाँ ग्यें

केटाले मात्र
नौत्हो दोँले ओरसी टिमो ---------कुखुराको भाले जत्तिकै बाँसेर बसौं हामी ।
च्येंओँ दोँले ङोरसी टिमो -------बाघ जत्तिकै गर्जेर बसौं ( बस्छौँ ) हामी ।
सँयूक्तमा
नौत्हो दोँले ओरसी टिमो
च्येंओँ दोँले ङोरसी टिमो
चु ङिए ह्युलरी…। चु ङिए कुलरी
चु ङिए ह्युलरी…। चु ङिए कुलरी
त्हिनी दोँले छल खाँ ग्यें…।
मुँसार दोँले च्योँल खाँ ग्यें.....

-यो माथिको नेपाली अनुवाद मेरो आफ्नै स्तरको छ । कृपया, जानकारज्यूहरु यसलाई अलि स्तरीय अनुवाद ( दोभासे ) बनाउने जिम्मा तपाईंको हो है । धन्यवाद । -बुद्धि तमु ( गुरुङ्ग )।

रचना: घनबहादुर तमु
स्वर तथा संगित: कृष्ण गुरूङ्

तले मोँ तोँब? प्रेतात्म किन छुट्याईन्छ?
















तले मोँ तोँब? प्रेतात्म किन छुट्याईन्छ?
मानव मृत्‍यु पछी मृतकको प्ल्ह (हंस) लाई प्रेतात्माहरुले आफ्नो अधिनमा लिईराखेको हुन्छ र मृतात्मा यही मृत्‍युलोकमा भौंतारि रहन्छन। मृतकले आफ्नो जीवनकालमा जान-अन्जानमा गरिएको सबै पाप बाट मोक्ष प्राप्त गर्न र प्रेतात्मको बन्धन बाट मुक्त्त भई फेरी पुनर्जन्मा प्राप्त गर्नको लागि थुप्रै धार्मिक यज्ञ र बिध्या विधी गरी १८ लोक पार गराउनु (तार्नु) पर्दछ। ती मध्येको पहिलो लोक प्रिथिवी (मृत्‍युलोक) हो मृत्‍यु पस्चात गर्नु पर्ने विभिन्न धार्मिक कार्यविधिहरु मध्येको मृतसंस्कार पछी गाउँठाउँ अनुसार तुरुन्तै, या तीन, सात वा नौ दिनभित्र गर्नु पर्ने विधी मोँ तोँब बिधी हो। यस विधिमा मानवको मृत्‍यु पछी मृतकको आत्मलाई "सदरमैं क्ल्ह्ये" (प्रेतात्मको राजा) ले बन्धनमा थुनेर दु:ख दिई राखेको हुन्छ। तेसैले यो मोँ तोँब विधी गरेर मृतकको हंशलाई शुरुमा छोगोँ (चिहान) मा ल्याएर राखिन्छ, त्यसपछी धार्मिक विधी गरिएको यज्ञमा ल्याई कुखुराको अंगमा प्रवेश गराईन्छ। त्येसबेला कहिलेकहीँ घरपरिवार तथा आफन्तहरुको अंगमा पनि चढ्न सक्छ र जिवित छँदा भएका तथा बिर्किएका कुराहरु पनि गर्दछन। त्येसरी मृतात्म चढेपछी धार्मिक विधी अनुसार पच्यु गुरुहरुले प्रेतात्मसँग छुट्याउने कर्म गर्दछन भने क्ल्हेप्री गुरुहरुले हाँसलाई स्वोर्गपथ देखाउँदै स्वोर्ग प्रवेश गराउने कर्म गर्दछन जस्लाई थासोँ वाव, प्ल्ह सव भनेर भनिन्छ। त्येसैले मानव मृत्‍यु पस्चात गरिने मृतसंस्कार अन्तर्गतको ज्यादै महत्वोपूर्ण विधी हो मोँ तोँब।

छैर्गसोँ (धन्यवाद)
पच्यु पैंडी चिव यारजङ् क्रोम्छे तमु
बिस्त्रित जानकारीको लागि नेत्र टु क्ल्हेप्री तमु
तमु प्ये ल्हु संघ युके