ad

Showing posts with label तमु भाषा संरक्षणका लागि आवास गृह र मिनि म्युजीयम बनाइने. Show all posts
Showing posts with label तमु भाषा संरक्षणका लागि आवास गृह र मिनि म्युजीयम बनाइने. Show all posts

Friday, February 10, 2012

तमु भाषा संरक्षणका लागि आवास गृह र मिनि म्युजीयम बनाइने

भीम तमू
फेब्रुअरी १०, बुटवल / तमु प्ये ल्हु संघ युके शाखा द्धारा नेपाल मै पहिलो र एकमात्र तमु भाषा पठन पाठन हुने विद्यालय देवदह मदर टङ्स एकेडेमीको स्थलगत भ्रमण तथा अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै युके शाखाका अध्यक्ष सोम तमुले हाम्रो पहिचानको रुपमा रहेको तमु भाषाको संरक्षण र सम्बर्धन गर्ने कार्यमा विद्यालयले गरेको योगदानको प्रशंसा गर्नु भएको थियो । वहाँले तमु पे ल्हु संघ युके शाखाले पनि संस्कृती संस्कारलाई बचाउनका लागि तमु पे ताँ ल्हु ताँलाई एकिकृत गरेर लैजान पहल गरि रहेको बताउनु हुदै तमु भाषा संगै पेल्हु लाई बचाउन सबै आ आफ्नो ठाउबाट लाग्नु पर्नेमा जोड दिनु भयो । पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित पुस्तक सर्बसुलभ नहुनुका साथै पुस्तकमा हुनु पर्ने गुदी कम भएको भन्नु हुदै अध्यक्ष तमुले संस्कार संस्कृतीको विषय बस्तु नै पुस्तकमा नसमेटिएकोमा दुखेसो व्यक्त गर्नु भयो ।
अन्तरकि्रया कार्यक्रममा विद्यालयका संस्थापक तथा प्रवन्ध निर्देशक भिम तमुले विद्यालयले हाल सम्म गरेका कार्यहरुका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा निर्देशक भिम तमुले मातृभाषाको संरक्षण सम्बर्धन गर्ने कार्यमा हाम्रो जातिय संस्थाहरु जसरी लाग्नु पर्ने हो त्यो अत्यन्तै कमी भई आफ्नो दायित्व बोध गरि नलागेको आरोप लगाउनु भयो । राज्यले हात्तीको देखाउने दाँतको व्यवहार गरेर मातृभाषा भाषी प्रति अपमान गरेकोले मातृभाषाहरु क्रमश लोप हुदै गइरहेको दावी गर्नु भयो । मातृभाषा लाई आम तमुहरु बिचमा सर्वसुलभ गराउन पहल भईरहेको र सो को लागि देश भरिबाट तमु विद्यार्थीहरुलाई आवासमा बसि पठनपाठनको माग भइ रहेको र सो को लागि आवास गृह निर्माणका लागि पहल भइ रहेको र मिनि म्युजियमको स्थापना गर्न लागि अवधारणा श्रृजना गरिएको सो अवसरमा निर्देशक भिम तमुले बताउनु भयो । विद्यालयले १५ बर्ष सम्ममा थुप्रै विद्यार्थीहरुलाई तमु भाषा सिकाई सकेको जानकारी गराउदै अहिले पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यपुस्तक आउन बन्द भए पछि पाठ्यपुस्तकको अभावले पठनपाठन संकटमा परेको उक्त अवसरमा जानकारी गराइएको थियो ।
त्यस्तै विद्यालयका पि्रन्सिपल रामबहादुर गुरुङले अहिलेको युगमा मातृभाषा संगसंगै अहिलेको आधुनिक शिक्षालाई समेत संगसंगै लैजानु चुनौति पुर्ण भएको र यस विद्यालयले यसको सामना गरिरहेको बताउनु भयो । कक्षा एक देखि नै कम्प्युटर शिक्षालाई पनि संग संगै लगिएकोले विद्यालयमा केहि हद् सम्म कम्प्युटरहरु अभाव भए पनि क्रमश शुभचिन्तकहरुको सहयोगले सहज हुदै गइ रहेको बताउनु भयो ।
अन्तरकि्रयामा विद्यालयको १३ औं बाषिर्कोत्सब समारोहमा तमु धीं युकेका संस्थापक अध्यक्ष मीन प्रसाद तमु लगायत सल्लाहकारहरुले दिनु भएको धारणा तमु समाज सिड्नी अष्ट्रेलियाका सचिव लिल तमुले दिनु भएको धारणा र पर्वत पैयुखोला समाजका कोषाध्यक्ष खेम बहादुर थापाले दिनु भएको धारणाहरुका बारेमा पनि छलफल भएको थियो ।
साभर: तमुसमाज डटकम