ad

ह्युई ल्हो फल २०६७/६८


तमुजातिमा शुभ अशुभ लगन साइत ग्रह दशा आदि इत्यादि जोखान हेर्ने परम्परागत शास्त्रीय आधार विद्यमान जसलाई पार्ग ङ्ह्योबा भनिन्छ ल्हो हेरी कुन समय कसलाई के काम गर्न कुन दिशातिर जान हुन्छ हुंदैन भन्ने कुरा पार्गले बताउँछ पार्ग हेर्ने मुख्य आधार चाहिँ ँल्हो वर्ग नै हो १२ वटा ल्हो - च्यु मुसा लोँ गाई तोँ बाघ ह्युई बिरालो प्ह्रु गिद्ध प्ह्री सर्प घोडा ल्हु भेंडा प्र बाँदर च्ह्या चरा खि कुकुर फो मृग ल्हो के हो त्यसले के फल भोग गर्दैछ त्यसको आधारमा पार्गले भविष्यवाणी गर्छ पार्ग आठवटा हुन्छन् यसलाई नेपाली भाषामा अष्टमार्ग तमु भाषामा पार्ग प्रे भनिन्छ तिनीहरुः- ल्ही दक्षिण खोँएँ नैऋत्य पश्चिम खेँ वायव्वे खाँ उत्तर क्ही ईशान सीँ पूर्व सोँएँ आग्नेय हुन् स्त्री जाति खाँमा जन्म भई घडीको उल्टो खेँ वायव्वे दिशा पुरुष जाति ल्ही दक्षिण मा जन्म भई घडीको सुल्टो दिशा खोँएँ नैऋत्य हुंदै हरेक कोठा एक÷एक वर्ष उपभोग गर्दै जान्छ . ह्युई ल्होमा लोँ प्ह्री च्ह्या ल्होका ३१ ५५ ७९ वर्षका स्त्री पुरुष दुवैलाई सबैभन्दा राम्रो हुनेछ यिनीहरुलाई सानो तिनो भूत प्रेतले दुःख दिए तापनि अन्य कुराहरु राम्रो हुनेछ

. अशुभः ह्युई ल्हु फो ल्होका २५ प्रतिशत मानिसलाई राम्रो हुनेछ भने अन्य सबैलाई खर्च हुने सह नबस्ने आँटे ताकेका कुरा नपुग्ने दुःख विमार आदि हुनेछ जन्तरमन्तर गर्नु राम्रो हुनेछ

. त्हुर्जः प्रल्हो ३२ ५६ ८० वर्षको स्त्री च्युल्हो १६ ४० ६४ ८८ वर्षको पुरुष तोल्हो २६ ५० ७४ वर्षको पुरुष खिल्हो ३० ५४ ७८ वर्षको स्त्री तल्हो १० ३४ ५८ ८२ वर्षको स्त्री यी सबै त्हुर्जमा बसेका छन् यिनीहरुलाई आँटे ताकेको कुरा नपुग्ने दुःख विमार हुने सपना नराम्रो देख्ने सपनामा नचिनेका टाढाटाढा ठाउँहरुमा हिडिरहने मरेको मान्छेहरु देख्ने मरेको मान्छेहरुसँग हिडिरहने हुन्छ दुःख विमार भएमा त्हुर्ज त्हेँ गर्नु राम्रो हुनेछ

. ङ्हैं तीँः च्ह्याल्हो १९ ४३ ६७ ९१ वर्षको स्त्री पुरुष दुवै खिल्हो १८ ४२ ६६ ९० वर्षको स्त्री फोल्हो २९ ५३ ७७ वर्षको पुरुष १७ ४१ ६५ ८९ वर्षको स्त्री प्ह्रुल्हो २४ ४८ ७२ ९६ वर्षको पुरुष यिनीहरु खति तीँमा बसेकाले खति हुने आँटे ताकेको कुराहरु नपुग्ने दुःख विमार आदि हुन्छ दुःख विमार भएमा ङ्हैं त्हेँ गर्नु राम्रो हुनेछ
साभार: तमु प्ये ल्हु सघ

No comments:

Post a Comment