ad

ह्युई ल्हो फल २०६७/६८


तमुजातिमा शुभ अशुभ लगन साइत ग्रह दशा आदि इत्यादि जोखान हेर्ने परम्परागत शास्त्रीय आधार विद्यमान छ जसलाई पार्ग ङ्ह्योबा भनिन्छ । ल्हो हेरी कुन समय कसलाई के काम गर्न कुन दिशातिर जान हुन्छ हुंदैन भन्ने कुरा पार्गले बताउँछ । पार्ग हेर्ने मुख्य आधार चाहिँ ँल्हो वर्ग नै हो । १२ वटा ल्हो ः- च्यु मुसा लोँ गाई तोँ बाघ ह्युई बिरालो प्ह्रु गिद्ध प्ह्री सर्प त घोडा ल्हु भेंडा प्र बाँदर च्ह्या चरा खि कुकुर फो मृग । ल्हो के हो त्यसले के फल भोग गर्दैछ त्यसको आधारमा पार्गले भविष्यवाणी गर्छ । पार्ग आठवटा हुन्छन् । यसलाई नेपाली भाषामा अष्टमार्ग र तमु भाषामा पार्ग प्रे भनिन्छ । तिनीहरुः- १ ल्ही दक्षिण २ खोँएँ नैऋत्य ३ त पश्चिम ४ खेँ वायव्वे ५ खाँ उत्तर ६ क्ही ईशान ७ सीँ पूर्व ८ सोँएँ आग्नेय हुन् । स्त्री जाति खाँमा जन्म भई घडीको उल्टो खेँ वायव्वे दिशा र पुरुष जाति ल्ही दक्षिण मा जन्म भई घडीको सुल्टो दिशा खोँएँ नैऋत्य हुंदै हरेक कोठा एक÷एक वर्ष उपभोग गर्दै जान्छ । १. ह्युई ल्होमा लोँ प्ह्री र च्ह्या ल्होका ७ ३१ ५५ ७९ वर्षका स्त्री पुरुष दुवैलाई सबैभन्दा राम्रो हुनेछ । यिनीहरुलाई सानो तिनो भूत प्रेतले दुःख दिए तापनि अन्य कुराहरु राम्रो हुनेछ ।

२. अशुभः ह्युई ल्हु फो ल्होका २५ प्रतिशत मानिसलाई राम्रो हुनेछ भने अन्य सबैलाई खर्च हुने सह नबस्ने आँटे ताकेका कुरा नपुग्ने दुःख विमार आदि हुनेछ । जन्तरमन्तर गर्नु राम्रो हुनेछ ।

३. त्हुर्जः प्रल्हो ८ ३२ ५६ ८० वर्षको स्त्री । च्युल्हो १६ ४० ६४ ८८ वर्षको पुरुष । तोल्हो २ २६ ५० ७४ वर्षको पुरुष । खिल्हो ६ ३० ५४ ७८ वर्षको स्त्री । तल्हो १० ३४ ५८ ८२ वर्षको स्त्री । यी सबै त्हुर्जमा बसेका छन् । यिनीहरुलाई आँटे ताकेको कुरा नपुग्ने दुःख विमार हुने सपना नराम्रो देख्ने सपनामा नचिनेका टाढाटाढा ठाउँहरुमा हिडिरहने मरेको मान्छेहरु देख्ने मरेको मान्छेहरुसँग हिडिरहने हुन्छ । दुःख विमार भएमा त्हुर्ज त्हेँ गर्नु राम्रो हुनेछ ।

४. ङ्हैं तीँः च्ह्याल्हो १९ ४३ ६७ ९१ वर्षको स्त्री पुरुष दुवै । खिल्हो १८ ४२ ६६ ९० वर्षको स्त्री । फोल्हो ५ २९ ५३ ७७ वर्षको पुरुष र १७ ४१ ६५ ८९ वर्षको स्त्री । प्ह्रुल्हो २४ ४८ ७२ ९६ वर्षको पुरुष । यिनीहरु खति तीँमा बसेकाले खति हुने आँटे ताकेको कुराहरु नपुग्ने दुःख विमार आदि हुन्छ । दुःख विमार भएमा ङ्हैं त्हेँ गर्नु राम्रो हुनेछ ।
साभार: तमु प्ये ल्हु सघ

No comments:

Post a Comment