ad

Showing posts with label आँला किन बनाउछ (तले आँला लब) ?. Show all posts
Showing posts with label आँला किन बनाउछ (तले आँला लब) ?. Show all posts

Tuesday, October 11, 2016

आँला किन बनाउछ (तले आँला लब) ?



















गुरुङ हरुको पित्री कार्य ३ दिने अर्घुम् (पैए ) मा बनाउने "आँला"
आँला किन बनाउछ (तले आँला लब) ?
आँला- मृतक पछि तमुहरुको आफ्नो
पितृकार्जे गर्द अति महत्वपूर्ण यज्ञ
यानिकी त्हें मानिन्छ| हाम्रो तमु प्येतॉ
ल्हुतॉ अनुसार यो आँला उठाएरै मात्रै
बल्ल आर्घु “पय” शुरु हुन्छ भने आँला सेलाएर
मात्रै बल्ल आर्घु सम्पन्न हुन्छ ....तर मैले बुझे
अनुसार यो हिजो धेरै पछि तिब्बतियन
बाट आएको लामाबादहरुले गर्द हाम्रो
तमु बोन धर्म खेगीहरु मधे बोनलम माथि
थिचो-मिचो गरि धेरै नक्कल गरेको छन्
यी मधे आँला पनि एउटा हो यी
लामाहरुले आँला त बनाउछ तर क्ल्हेप्री-
पच्युले जस्तो प्ये पढेको हुदैन र लामा संग
सि पय गर्ने प्ये पनि छैन किन कि
लामाहरु बुद्धको चेलाहरु हुन् बुद्धलाई नै गुरु
मान्छन वास्तवमा भन्नेहो भने बुद्धले कुनै
ढ्यांङरो बजाएर सि पय गरेको पनि
थिएन यसरी गुरु संग नभएपछि चेलासंग
कसरी हुन सक्छ र.....???
तेसैले अहिलेको २१शौ सताब्दीको
शित्क्षित बुद्धिजिबी र हामी तमु हरुले
प्रष्ट बुझ्नुपर्ने हुन्छकी झुट्टा र सत्य कसले
गरेको छन् | “आँला” किन बनाउछ भन्ने कुरा
त हाम्रो तमु क्ल्हेप्री-पच्युको आफ्नै
भाषाम पढ्ने प्ये छन् यसको अर्थ छन् आँला
बनाउनुको अर्थ हो मृतक सिमीलाई यस
नर्गलोक बाट विभिन्न प्ये छ्य ल्हु गरि
आफ्नै पितृ-पुर्खा खे-माँ सम्म लिन गराउने
बाटो हो “ल्हाँ” भनेको बाटो हो जस्तै
र्हो चलाउदा पनि अगाडी सेतो
कपडाको बनाई सिमी नासा सम्म
पुर्याउने बाटो ल्हाँ बनाउछ, तेस्तै
स्वर्गसम्म पुर्याउने बाटोलाई आँला
भनिन्छ| यो आँला पितृ कार्य गर्द ३
दिनसम्म सिमीको बस्ने घर र मसुर निशान
सिमी आउने जाने बाटो पनि हो
आँला त्हें बनाउदा सबभन्द पहिला खेगी
पच्युगुरुहरुले शुरु गर्छन जसलाई थेंचु त्हंी वा
पय थालिबा त्हें भनिन्छ यो ८ हात
बाँसलाई सिमीको क्हो प्रतिक
बनाउछन पैडीले दिएको शुभ समय अनुसार
आँला फोटाबा गरे पछि पयकार्य शुरु हुन्छ
जस्तै- दिनै लसी लब, पाह छोबा,
सोयाँसोबा, कुनी टोबा, मी
निकलिबा, कैफु चुब र मार् थोबा आदि धेरै
कार्यहरु गर्नुपर्ने हुन्छ खेगी गुरुहरुले
सिदल्हिब, मनेलब, सिमी न्हफुइबा र
चैप्लिटेब अथवा क्ल्हेगुरुहरुको पुकार गर्ने प्ये
हरु पढ्छन आँलालाई च्ह-च्हमे ङे हुई ट्हो-
स्यों आफन्तजान सबै ले प्रसाद अर्पन गरि र
सबै सिंगार पटार गरि सके पछि पच्युले
ह्यार्गा र पदछ्याँबो अर्थात् तौदु र
ट्यांकी बजाई आँला उठाउने कार्य हुन्छ
यसरी आँला बनाई सकेपछि ३ दिनसम्म तमु
खेगी गुरुहरुले आँलाको बारेमा प्येहरु आफ्नै
भाषामा पढेको हुन्छ जस्तै पच्यु गुरुले
सिमी आत्मा (प्लह) लाई विभिन्न चैकु
मोकु रहिकु थाकु र टहिकु मोदें चाब चैदें
फ्रेबा त्हेंहरु गरि यिनै आँलाको बाटो
भएर फकाउदै आपनो जग्गेमा ल्याउछन् जो
लह्स्यारेनेहं लाकोईखो भनि प्ये पढछन्
अनि सिनाम्रो त्हेंमा पनि भनेको छकी
‘’ क्योमी त आँला मिन्दुए फिरो क्यों
सुसोदो क्योए च्हक्होजा करालु तोह्जी
क्योए च्हमेंक्होजा करमु कुथो लाजी
कोरोह्बा-म्हाब लब क्यों ङीदो, म्हिक्र
म्हिचोमै स्याबा –म्ह्याबा लब क्यों
ङीदो, क्ल्हेप्रि पच्युजी प्ये तुह्राबा
क्यों ङीदो” भनेर प्ये पढेको हुन्छन पच्युले
जस्तै क्ल्हेप्रिले पनि धेरै प्येबिधिहरु गरेको
हुन्छन तेसैले प्ये अनुसार विधि पुराउनु नै
पितृ कर्जे पय को सफलता मानिन्छ| जय
तमु प्येतॉ ल्हुतॉ |