ad

तमु पै संस्कार मा सेर्ग गाउनी /च्होँदाँ को छोटो जानकरी

Jeet Gurung------- Facebook Collection
तमु पै संस्कार मा गाउनी सेर्ग को छोटो जानकरी
तमु हरुको मृत सस्कार अर्घुमा पच्युगुरुहरु द्वुरा पड्ने मन्त्र हो यो सेर्ग तमु भाषा मा गाईन्छ। सेर्ग मन्त्र हजुरहरुले सुन्नुस बुज्नुभयो भने हजुरको आंखम आंसु बग्न थाल्छ। पच्युगुरुहरुले सेर्ग गाउदै मृत आत्मलाई सिमि नासा पुराउनी गर्दछ। मृत ब्यक्ति ले आफ्नु सबै परिवारलाई देख्नेभएकोले उ त्यो ठाउंलाई छोडेर जान मन्दैन पच्युगुरुहरुले उक्त ब्यक्तिको प्ल लाइ देब्रेबाट घुम्दै सेर्ग गाउदै फकाउदै फुलाउदै लैजानि गर्छ। मृतकको आत्त्माले आफ्नु घरलाई छोडेर जान मान्दैन सबै भन्दा पहील उ आफ्नु घर भित्र भएको कुल थान(फैलु चों)मा गएर बस्छ। गुरुहरुले तिमीत मरिसक्यो अब यस घरम बस्नी होइन सिमि नासा जानि हो भन्दै धेरै फकाउनुहुन्छ। त्यहा पनि बस्न नपाएपछि उ चुलो को छेउम गएर बस्दछ, त्यहा पनि पच्यु गुरुले बस्नदिदैन। आफु जिबिद रहदा सुतेको कोठामा गएर बस्दछ, त्यहां पनि खेगी ले बस्न नदीएपछि उ घर को मुल ढोका मा बस्दछ। मुल ढोका बसेरा उनि अति जिद्धी गर्छन र रुदै उनि त्यहा बाट जान खोज्दैन खेगीगुरुहरुले फुकाउदै फुलाउदै धेरै कुरा हरु सम्जाउदै तिमि मरी सक्यो अब यस धर्तिमा बस्नी होइन तिमि सिमि नासा जानु पर्छ भन्दै बस्नदिदैन त्यहा पनि बस्न नपाएपछि स्यांगोर र्‍हेल म्हैम (घरको पालिम) टांसिन खोज्छ। आफ्नै घरको पालीमा बस्न नदिएपछि उनि पिंडिको डिल मा बस्न जान्छ उस्लाई त्यहा पनि फकाउदै बस्नदिदैन मृत ब्यक्ति त्यहा पनि बस्न नपएपछि उनि आगन को ढिलमा गएर बसिन्छ,आगन को ढिलमापनि बस्न दिदैन त्यहा पनि बस्न नदिएपछी भाढो धुनि टांरमा गएर बस्दछ त्यो ठाउमा पनि बस्नदिदैन जसरीहुन्छ उस्लाई सिमिनास पुराउनु छ पच्यु गुरुहरुले त्यकारण त्यहापनि बस्ननदिए पछि गाउंको माझमा गएर बस्दछ, त्यस गांउको वरिपरि पनि बस्न नदिएपछी उनि आफ्नु मृत शरीरलाइ अन्यस्त गर्ने ठाउमा गएर बस्दछ। तर उसलाई त्याहां पनि छोड्न् भएन त्यहां बटा पनि उसलाई बिस्तारै बिस्तारै फकाउदै फुलाउदै उत्तरदिशा सिमि नासा पुरानुहुन्छ शात्रमा नौवटा नासाहरु को ब्याख्या भएता पनि मृत ब्यक्तिलाई पितृको काखमा लिन गराउनुनै स्वर्ग पाउनुहो। प्ये मा पनि भनिएको छ। च्यालदो खापा खे कु नी च्यालदो आपा मां ङी नी ( नौ गुरुहरु सग लिन हुन सकोस, सात वटा सृष्टीकर्ता आमाहरु सग लिन हुन सकोस) खेगी गुरुहरुले सिमि नासाको सिमाना सम्मा फकाइ फुलाई पुराए पछि फनक्क फर्किन्छ। अगी प्ल लाइ देब्रे पारी घुम्नुभएको थियो भने अब दाहिने पारेरा गुमिन्छ। बेसरि कराउदै सिटिबजाउदै फर्कन्छ । यसो गर्न को कारण मृत आत्मा पुन आउन सक्दैन। र उस्लाइ तर्साएर उतै पठाएको हो। देब्रे घुम्दै उसलाई लैजादै लैजादै फनक्क फर्केर घुम्नु को अर्थ मृत आत्मा लाइ झुकाएर फर्कनुहो । मृत आत्मा लाई छाडेर आईसके पछि पच्यु गुरुहरुले स्याई स्याई गर्नु पर्दछ किन भने मृत ब्यक्तिलाई फैलु चों, कोदा कों, रोब ल्यो, चेंसी, स्योगी, लेडु, ह्युरि चें, क्योंग धीं, स्योगा पुं, छकों तुर्ज, कुनै पनि ठाउमा बस्न नदिएपछि उक्त मृत ब्यक्तिको हंसले अर्घुमा सहभागी भएका मान्छेहरुको हंस आफुसंगै लिएर जान्छ । त्यसकारण स्याई स्याई गर्नुपर्दछ।


ल ! हेरौँ (थु-मै ) साथीहरु, पहिले जङ्गलमा बसेर पनि सभ्य हुन सिकेका र हामीलाई सिकाएका तमु पुर्खाहरुको अबिस्कार ।

"तीन खुट्टे ओदान ।" THREE LEGGED TRADITIONAL OVEN

वोन धर्मावलम्बी तमूहरु बोलिचाली तमु भाषामा च्होँ-खुँ भन्दछन् ।

( च्होँदाँ - ओदानको उत्पत्ति बारे शास्त्र।) यस्को बारेमा वोन धर्मगुरु, तमु पच्यूहरुले पढ्ने शास्त्रमा पनि स्पस्ट लेखिएको छ भनेर तमु पच्यू चिवाहरु बताउनुहुन्छ । ओदानको उत्पत्ति बारे पढिने शास्त्रलाई " च्होँदाँ " भनिँदो रहेछ ।

गाउँ-घरमा अझै पनि खान पकाउन र आँगो फुक्ने स्थानमा प्रयोग गरिने ओदानलाई शक्तिको रुपमा लिईन्छ। तपाईं जही जतै जानुहोस् तीन खुट्टे ओदानको तीनवटै खुट्टाको खरानीको टीका निधारमा लगाउनुहोस् । तपाईंलाई नजातिहरु (भुत-प्रेत)ले छुन सक्दैन भन्ने विश्वाश पनि गरिन्छ । ॐ माने पेम्मै हूम् भनी रहनु आवश्यक पर्दैन ।


अब तपाईं आँफै बिश्लेशन गर्नुहोस् तीन खुट्टे ओदानको कति भाग SIDES (भुजा)हुन्छन् । जम्मा-जम्मि भागहरु हेर्ने हो भने यसको ९ नौवटा भागहरु रहेका हुन्छन् । म्हिन कुजु (कुगी) धर्म गुरु, तमु पच्यू, क्ल्हेप्रीहरुको ९ नौवटा महा-गुरुहरुको प्रतिकसंगै यस्को अर्थ पनि जोडिएको छ। यसै करण पनि यस्को महत्व तमु समाजमा बढी रहेको पाईन्छ । तर तपाईं हामीलाई पत्यार नलाग्न पनि सक्छ ।

तर आजभोलि बिजुलीबाट चल्ने ELECTRONIC OVEN आधुनिक ओभन, ग्यास चुल्हो आदिको बढ्दो प्रयोगसंगै यस्को उपयोगिताको पनि कमी देखिन गएको देखिन्छ। - बुद्धि तमु।

2 comments:

  1. ajai tamu haru ko barema janakari pukal n historical tata haru paddan pau

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर ! तपाइको कृयाप्रतिक्र्याको आवश्यक्ता छ अझै अरु थप पस्किदै जाने छौ

      Delete