ad

Showing posts with label गुरुङ वेद प्रशिक्षण समारोह. Show all posts
Showing posts with label गुरुङ वेद प्रशिक्षण समारोह. Show all posts

Friday, June 1, 2012

गुरुङ वेद प्रशिक्षण समारोह

प्रकाश डोटेल, स्याङ्जा-१३ जेठ । गुरुङ समुदायको प्रमुख धार्मिक ग्रन्थ बेद लोप हुन लागेको भन्दै स्याङ्जाको केवरेभाज्याङ्ग गाविस बनकटाका युवाहरु सोको संरक्षण अभियानमा लागेका छन् ।
gurung khegi training
आफ्नो धर्म संस्कार संस्कृति र परम्परा जोगाउँ भन्ने मूल मन्त्रका साथ बनकट्टा वेद संरक्षण तथा सम्बद्र्धन कार्यसमितिले आयोजना गरेको एक महिने वेद प्रशिक्षणमा स्थानीय गुरुङ समुदायका युवाहरु उत्सापूर्वक लागेका हुन् ।
गएको वैशाख १ गतेबाट सुरु भएको वेद प्रशिक्षणमा स्थानीय १३ जना युवाहरुको सहभागिता थियो । सदिऔंदेखि बसोबास गर्दै आएको जनजातिमध्ये गुरुङले आफ्नो धर्म संस्कार भाषा संस्कृति परम्परा र भेषभूषा भुल्दै जाने अवस्था देखिन थालेपछि संस्कार र संस्कृति जोगाउनका लागि युवाहरुलाई प्रेरित गर्न प्रशिक्षण कार्यक्रम गरिएको तमू छोंज धीं स्याङ्जाका सदस्य भोजराज गुरुङले बताए ।
एक महिने वेद प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै केन्द्रीय पेलु संघका संस्थापक अध्यक्ष क्याप्टेन भुवनिसं गुरुङले प्रशिक्षण कार्यक्रम गुरुङ जातिका युवाहरुलाई धर्म संस्कृति र परम्पराको संरक्षणमा लाग्न सहयोगीसिद्ध हुने बताए ।
समापनका अवसरमा तमू सुधार समितिका पूर्व अध्यक्षँ महेश गुरुङ छथर तमू सुधार समितिका अध्यक्ष द्रोणबहादुर गुरुङ समाजसेवी इन्द्रबहादुर गुरुङ गुरुङ समाज सुधार छथरका सल्लाहकार मनबहादुर गुरुङ समाजसेवी गोवद्र्धन गुरुङ भुपेन्द्र गुरुङलगायतले धर्म संस्कार र संस्कृतिका संरक्षणबारे चर्चा गरेका थिए ।
स्थानीय समाजसेवी गौबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको साचालन पूर्णबहादुर गुरुङले गरेका थिए भने कार्यक्रमबारे आदिवासी जनजाति महासंघ काठमाण्डौ जिल्ला समन्वय परिषद्का अध्यक्ष लोकबहादुर गुरुङले प्रकाश पारेका थिए ।(Source: merosyangja.com)