(लामावाद भित्रको यथार्थ) - बुद्धत्व एउटा अहिंसाको पक्षपाति दर्शन भएकोले यसको सन्दर्भिकता अहिले पनि उत्तिकै छ र हाम्रै देशका विभूतिको महान दर्शनलाई सधै सम्मान गरिनु पर्दछ तर यहाँ तमु समुदाय भित्र लामावादलाई बुद्धत्वको जलप लगाएर जसरी भ्रम छर्न खोजिएकोछ त्यस प्रति सवै जना सचेत हुनै पर्दछ। ९ औ शताव्दीमा आफैलाई बुद्धको अवतार भनेर छट्टु साँधु पद्यमा सम्भवले कसरी आदिम तिब्बती वोन धर्मलाई लामावादमा परिणत... गरए भन्ने विषयमा धेरै जानकारी भै सकेकोछ र दलाई लामा त्यसको पछिल्लो निरन्तरता हो। हामी जन्मिदै मृत्यु पनि संगै लिएर आएको हुन्छौं। मृत्यु पछि कसैको पुनरजन्म भएको वैज्ञानिक आधार छैन। तर विज्ञानको आधारभूत नियमलाई नै ठाडो चुनौति दिदै आफुलाई अलौकिक अवतारी ठान्ने लामावादका पछिल्लो नाईके दलाई लामा चिनमा सम्पन्न भएको जनवादी क्रान्ति पछिको सांस्कृतिक क्रान्ति ताका तिब्बतवाट पलायन भएर अहिले भारतको धर्मशालावाट तिब्बतमा आफ्नो धार्मिक राजनितिक प्रभुत्व स्थपित गराउने दिवा सपना देख्दैछन्। र सोभियत सघँको पतन पछि विश्वमा एकछत्र दादागिरी जमाउदै आएका अमेरिकाले सम्भावित चुनौति दिन सक्ने चिनलाई दलाई लामा मार्फत तिब्बतमा अराजक मच्चाएर कमजोर पर्न चाहन्छ भने भारत पनि क्षेत्रीयरुपमा आफू शक्तिशाली बन्न चिनलाई दलाई लामा मर्फत कमजोर पार्न चहान्छ। र सामरिक हिसाबले महत्वपुर्ण नेपाल यो गतिविधिको लागि उर्वर भूमि रहेको भारत अमेरिका र दलाई लामाको निचोड छ। त्यसैले हरियो डलरको भारी बोकाएर राजनितिक फाँटमा ३ देशका पासपोर्ट वोक्ने लाहरक्याल लामा जस्ता एजेन्टहरु मर्फत र धार्मिक फाँटमा भिक्षुहरु मार्फत तमु लगायत अन्य आदिवासीहरुमा प्रभाव विस्तार गरिदैछ। आफ्नो अभिष्ट पूरा गर्न कै लागि तिब्बतमा सोझा भिक्षुहरुलाई आत्मदाह गर्न वाध्य गराउने र आफू आइ.सि र हरियो डलर हासुर्दै खस्रो भ्यागुताको जस्तो भुँडी फुलाएर वसेका छन्। त्यसैले आफ्नै मौलिक पहिचानको खिल्ली उडाउदै मौलिक धर्मलाई खरानी बनाएर आफ्नो स्वार्थ र भविश्यको सपना देख्ने भष्मसुरहरुले सक्नुहुन्छ भने आफ्नो रितिथितिमा बस्नुस। यदि सक्नुहुन्न जे धर्म मान्नुहुन्छ मान्नुस तर यहाँ खस्रो भ्यागुताको जय जयकार गाउन बन्द गर्नुस। तमुहरुको विचमा (ॐ आ हुं बज्र गुरु पद्या सिद्धी हुं) भनेर मन्त्र जाप्दैमा कसैको लहडको भरमा जदौ प्रभु भनेर भेडा सरी लाम लाग्ने वाला छैन। किन कि २१ औ शताब्दीका तमुहरु ९ औ शताब्दीका गवार भोटेहरु जस्ता होईनन्। चेतना भया !!!
-Meghraj Tamu
-Meghraj Tamu
No comments:
Post a Comment