ad

Tuesday, May 28, 2013

म्होसी त्हेँ किन गरिन्छा ?






 म्होसी त्हेँ किन गरिन्छा ? मृतक आत्मालाई प्रेतात्मा सर्बिमों बाटा मुक्त गरि स्वर्गमा खेकु-माङी पितृ संग लिन गरिन्छ यो प्ये ल्हु - शास्त्र बिधि खेगी पच्युगुरु बाटा गरिने एउटा महत्वपुर्ण तमु जातीय यज्ञा (त्हेँ) हो ! चैकु,मैकु,रिकु थिकु यी मों ले गर्द मानिस ३ कालमा मृतु हुन्छन ! बच्चाकाल , बुढेसकाल र आकाल, जो आकालमा मृतु हुने जस्तै " पोरोई चब , सीई चाब , मिई चब ,क्युई चब , र मोई चब अर्थत- भिर,रुख,आगो,पानी,बाघले खाएको र विभिन्न नराम्रो घटना भएर मृतु हुने सिमीलाई प्रेतात्मा सर्बिमोंले सराप दिई नर्गलोक पुग्ने बजय बायु लोकमा पुग्छन यिनै आद्रिस्या प्रेतात्मा सर्बिमोंको शक्तिले गर्द हावाको रुप लिएर जिबित मानिस लाई दुख-बिमार गर्ने तर्साउने आदि गर्छन तेसैले जो बिकालमा मृतु हुने सिमी लाई म्होसी गर्न आति जरुरि छ ! पहिला सिमीलाई बायु लोक बाटा नर्ग लोकमा ल्याउछ र तेसपछी स्वर्गमा पुरयाउने प्ये ल्हु छ्या गरिन्छ र स्वर्गमा पुगे पछि बल्ल पितृको आत्माले शान्ति पाउछ !!!




 

सत्ययुगमा तमु क्ल्हेप्री-पच्युहरुको प्ये शास्त्रमा उल्लेख गरिएको अनुसार तमु सृष्टीकर्ता क्लहे गुरु हरुले कुनै पनि समाचार यानिकी खबरहरु यी पंक्षीहरु देखि पठाउने र ल्याउने गर्थ्यो भनिन्छ र यसरी मतद गरे पछि यी पॅक्षीहरुले आफ्नो आफ्नो माग अनुसार आशिक-बर पनि पाएको हुन्छन| तमु च्वो क्युई भाषामा यिनीहरुलाई सारुच्ह्या (डाङ्ग्रे), नाप्रोच्ह्या (माखा), थोक्रक्रोये (गिद्धा) र च्ह्याप्रुमै (काक) भनिन्छन|

"वास्तुशास्त्रीय विचार"



"वास्तुशास्त्रीय विचार"
पूर्वीय ज्ञानानुशाशनको विविधविधाहरु मध्ये बस्तुशास्त्र पनि एउटा अत्यन्त प्राचिन र बहुपयोगी शास्त्र हो| कुनै पनि बस्तुको अर्को वस्तुसंग हुने परिक्षसम्बन्ध र त्येसको प्रभावको अध्ययन बिश्लेषण वास्तुशास्त्र अन्तर्गत गरिन्छ, मानव जीवनशैलीमा तल प्रस्तुत गरिएको ८ बस्तुतत्वहरु जो "आकाश, हावा, पानी, पर्वत, काठ, अग्नि, भुमि र फलामको अन्योन्याश्रित सम्बन्ध रहेको प्रत्यक्ष देख्न सकिन्छ| मानव शरीरमा यिनै ८ तत्वहरुले बनेको छन् जसलाई तमु चि अनुसार पार्ग प्रे भनिन्छन| यी मध्ये कुनै एकको पनि सन्तुलन बिग्रन पुगेमा मानव शरीरमा अनेक रोगहरुको संक्रमणमा पुग्दछ| यिनै ८ तत्वको यथास्थान सन्तुलनले मनुश्यको अवास पनि सुखी र सुन्दर बन्दछ भने सन्तुलन नभएको आवासले दीर्घकालीन सुख,समृद्धि अवश्य दिनसक्दैन | अब यसलाई हामीले उमेर अनुसार यी ८ पर्ग कोठामा प्रयोग गर्न सकिन्छ प्रतेक कोठामा वर्गहरुले एक वर्ष भोग गरेको हुन्छ र पुर्व,पश्चिम,उत्तर र दक्षिण चाही २/२ वर्गको कोठा हुन्छन, एक चक्करमा ८ वर्ष पुरा हुन्छ| अब उमेर गन्ति गर्नेपर्दा पुरुषको कोठ यानिकी जन्मा घर दक्षिण पार्ग ल्ही हुन्छ र दक्षिणबाटा नैरित्ते पार्ग खुई तर्फ घडीको रुप लैजानु, अनि महिलाको जन्मा घर चाही उत्तर खाँ हुन्छ गन्ति गर्दा उत्तर् बाटा पार्ग खें घडीको उल्ट रुप लैजानु र जुन पार्ग कोठामा पर्छ तेही कोठा अनुसार आफ्नो शुभ-अशुभको फल हुन्छ| जस्तै ३ वर्ष पुरुषको भन्नपर्द पुरुषको जन्म घर दक्षिण पार्ग ल्ही बाटा गिन्त गर्द नैरिते पर्ग खुईमा २ वर्ष, पश्चिम पार्ग त कोठामा पुग्दा ३ वर्ष भयो | एबमरीतले गन्दै गन्दै जानु र त्येस्तै गरि महिलाको उल्ट रुप उत्तर खाँ बाटा गन्ति गर्नु पर्छ |

"तमु चि" ( गुरुङ ज्योतिस )


"तमु चि" ( गुरुङ ज्योतिस )
हामी तमु जातीमा पनि विभिन्न किसिमको शुभ-अशुभ (त्हेॅ) गर्दखेरि "तमु चि" लाई महत्वपूर्ण मनिन्छ तेसकारणले यसको पनि केहि जानकारी गर्नु अति जरुरी देखिन्छ |

मानिस जन्मदेखि मृतुसम्मा दैनिक कार्य स-सम्पन गर्नेदेखि जो भुत्काल्देखी बर्तमानकाल सम्मको जानकारी लिई भाबिश्यमा पर्ने आउने घटनाको सम्भावानको सतर्कता अपनाउने सम्माको लागि ज्योतिष विध्यलाई नै प्रयोग गर्ने गर्दछन, कलियुगलाई विज्ञानको युग भनिन्छ भने ज्योतिष बिज्ञान लाई ज्योति भनिन्छ, पृथ्वीमा रहेको सजिब प्राणीहरुको क्रियाकलदेखि निस्किने उर्जाको परिणामको बर्णन गर्ने पद्धतिलाई "चि" भनिन्छ | चि" सम्पूर्ण सृष्टिको सास हो | चि लाई जापानले "की" भारतले "प्राण" तिब्बतले "फोङसुई" भन्दछन | "चि" अदृश्य शक्ति हो, चि न देख्न सक्छ न छुन सक्छ न सुन्नसक्छ | तर त्यसको प्रभावबाटा परिचित हुन्छौ | त्येसको फल भोगिरहेको हुन्छौ | तमु चिको हेरखोर गर्नेलाइ दिनालय (पैडी) भानिन्छ जो खासगरि तल लेखिएको "ल्हो, पार्ग, र मेउ बाटा हेर्खोर गर्ने गरिन्छ |

पच्यु,क्ल्हेप्री, बोन्पो लम हो कि.... बुद्ध धर्म मान्ने लामा हो त ?



"तमु यानिकी गुरुङ जातीको पुरोहित बोन धर्म मान्ने पच्यु,क्ल्हेप्री, बोन्पो लम हो कि.... बुद्ध धर्म मान्ने लामा हो त ?"
वास्तबिक भन्ने हो भने धर्म मान्नु भनेको आफ्नै जातीको कुल-पितृलाई मान्नु हो, जो परम्परा देखि पुर्खाहरुले मान्दै आइरहेको छन्| तेस्तै तमु जातीको पनि प्रकृतिक उत्पति भएर अएको कुल-पितृ छन् जो तमु भाषामा खे र माँ अर्थात् बाबा र आमा भनिन्छ, हामी तमुहरु यिनै खे-माँ को सन्तान हुन्, यसरी हाम्रो खे-माँहरु प्रकृतिक उत्पति भएर अएको हुनले यस धर्तीमा दुष्ट आत्माहरु बाट मुक्त हुनको लागि आफ्नो तमु सन्तानलाई सुरक्षा र मुक्तिको लागि विभिन्न शक्ति र बिधिहरु अपनाउनु परेको थियो, र यिनै खे-माँ को ज्ञान- शक्ति, आशिर्बाद बिधिलाई यानिकी प्ये पढ्ने खेगी पच्यु, क्ल्हेप्री र बोन्पो लम लाई नै हाम्रो तमुको बोन धर्म पुरोहित भनिन्छ, तर बुद्ध धर्म चाही वहाँको ज्ञान जस्तो भए पनि हाम्रो तमु जातीको कुल-पितृ होइन, किन कि वहाँ एक सक्यावंशमा जन्मिएको सिद्धार्थ गौतम हुन् तेसैले तमु जाती वहाँको सन्तान भन्न पनि मिल्दैन र यस बुद्ध धर्मलाई तिब्बत बाट अएको लामाहरुले मान्दै अएको छन्, तेसैले बुद्ध धर्म मान्ने लामा, तमु जातीको पुरोहित होइन | तमु जातीको पुरोहित (खेगी) बोन धर्म मान्ने पच्यु,क्ल्हेप्री र बोन्पो लम नै हुन् |

लामा र लम भन्ने पनि फरक छन्, लामा भनेको तिब्बेतियन बाट अएको बुद्ध धर्म मान्ने पुरोहित लाई भानिन्छ, भने लम भनेको बोन धर्म मान्ने खेगी लाई भानिम्छ, जो तमु शास्त्र-प्ये मा यी ३ खेगी हरुलाई यसरी भनिएको छन्, लम क्होइबो- बोन्पो लम, उर्ग्येनी प्होइबो-क्ल्हेप्र र पच्यु ल्हारें- पच्यु भनि शास्त्रमा उल्लेख गरिएको छन् |

तमुहरुको बेदविधि अनुसार " बलि किन चढाइन्छ ?"


 
तमुहरुको बेदविधि अनुसार " बलि किन चढाइन्छ ?"

बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विबादहरु देखा नपरेको होईनन् | विशेष गरेर तिब्बतियन लामाबादको प्रचलनले गर्दा नै तमु समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ | लामाबादहरुले सिंगो तमु समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ | हामी तमुहरु गौतम बुद्धको सन्तान होईन, तमु प्राकृतिक शक्तिदेखि माथि आकासबाट उत्पति भएर अएको खे-माँ को सन्तान हुन्, यसरी तमु पुर्ब प्रचिनकाल देखि उत्पति भएर अएको हुनाले विभिन्न प्रकृतिक तथा दैबी समस्याहरु संग पनि जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो | तर यी तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार,रितिरिवाज र भाष के थियो भनेर धेरै पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र ? हामी तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ, जो वहाँसम्मा पुग्न लाइ अनगिन्ती मार्गहरु छन्, जो प्ये-बिधि, खोला-नाला, डांडा,उकालो ओरालो यी सबै परमेश्वरले नै सृजना गर्नु भएको थियो प्रभु पर्मेस्वारले यस सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नु हुन्छ यो वहाँको लीला अपरंपार छ , हुन त कुनै पनि जिऊदो शरीर प्रमेस्वर कहाँ पुग्न सकिदैन| तर यो जिउदो शरीरलाई दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेस्वोर संग बाच्चामा बाँधिएको थियो | यस बाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र बलि दिनुपर्ने हुन्छ| जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा प्रमेस्वोर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट आत्माले जना दिदैन सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, तेसैले यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेस्वोर यानिकी शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि एक बिकराल शक्ति उत्पन्न गर्नु भयो जसलाई तमु शास्त्रमा यस बिकराल शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी शक्ति लाइ पुगारी ती दुष्ट आत्मा बाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जा बाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा " पुराउने महायज्ञ गर्नु पर्छा जसलाई "पय" भानिन्छ हामी तमु हरुले बलि दुष्ट आत्मालाइ र प्रभुको बिकराल शक्तिलाई फैलंग को नाममा चढाउने गर्छन |

सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|



सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|
तमुहरुको सृष्टिकर्ता कर्गली क्ह्यालाको छोरा करजै क्ह्यालाको अर्घु-पय सत्ययुग्मै भएको थियो भनि हाम्रो बोन धर्म खेगी क्ल्हेप्री पच्युको प्ये शास्त्रमा पनि उल्लेख गरिएको छन| यस पयको बारेमा म केहि जानकारी दिनु चाहन्छ| जब कर्गली क्ह्याला यस धर्तीमा उत्पति भएपछि सब भन्द पहिला त आफु कसरी जन्म भयो, मलाई जन्मा दिने आपा-आमा को थियो र दिन-रातको बारेमा अनुसन्धान गर्न थाल्यो| कर्गली क्ह्यालले आफ्नो छोरा कर्जै क्ह्यालालाई एउटा सुनको मथुसमा राखी र उसको हेरचाहाको लागि नालेजोफि लाई जिम्मा दिएर आफु चाही आकाश र धर्तीको बिचमा गएर आफु कसरि जन्मा भयो भनि ध्यान गरेको थियो यस्मा माथि आकाशबाट एउटा ठुलो शक्तिशाली डल्ला तल धर्तीमा आएर फुट्यो पछि आफु जन्मा भएको रहेछ भनि थाहा पाए पछि आकाशलाई बाबा भनि प्रणाम गर्यो र धर्तीमा आएर जन्मा भएकोले हुनाले धर्तीलाई माता भनि प्रणाम गर्यो | तेसपछि फेरी दिनको बारेमा रचना गर्न थाल्यो र आफ्नो शक्तिले ९ सुर्य र ७ चन्द्रमाको उत्पति गरेपछि उज्यालोले गर्द दिन भयो| दिन त भयो तर ९ सुर्य र चन्द्रमाको धेरै तापले गर्दखेरि धर्तीमा भएको सम्पूर्ण प्राणीहरु मर्न थाले अनि आफ्नो छोरा करजै क्ह्याला पनि यिनै तापले गर्द खेरि मृतु हुन्छन अनि हेरचाह गर्ने फिंले माखा (नाप्रोच्याहा) लाई छोरा मृतु भयो भनि कर्गली क्ह्याला कहाँ निरा खबर पठाउछ तर कर्गली क्ह्यालले पत्याउदैन र काक् (च्ह्याह्प्रुमै) लाई पठाऊछ काक् को कुरा पनि पत्याउदैन फेरी गिद्धा (थोक्रक्रोये) लाई पठाउछ बल्ल पत्याउछ र आफ्नो ध्यान छोडेरा तल छोरा भएको ठाउमा आउछन र आफुले रचेको सुर्य र चन्द्रमा को तापको कारणले मोरेको हो भनि सबै कुराहरु थाहा भएपछी कर्गली क्ह्यालले भन्छ यदि मैले रचेको ९ सुर्य र ७ चन्द्रमाको तापले गर्द मेरो छोरा मोरेको हो भने यो ९ सुर्य र चन्द्रमा लाई सबै राहुल दैंत्यले खाओस भनि श्राप दिन्छन अनि शक्ति राहुल दैंत्यले सबै सुर्य र चन्द्रमा लाई खाइदिए पछि संसार पुरा आंधेरो हुन्छन| रात भयो अब मेरो छोरा मोरेको छैन भन्छन्| पछि मृतु छोराको शरीर बाट आत्मा बोलेको हुन्छ किन कि त्यो सत्ययुगको बेलामा डुंगा माटो पनि बोल्ने शक्ति थियो भनिन्छ छोराले बाबा म मोरिसकेको छु तर मैले यो विभिन्न मों-पिचासले गर्द स्वर्ग जाने बाटो (क्यांआयोइमो) पाएको छैन त्येसैले बाटो खुला गर्नको लागि आर्घु (पय) गरिदिनु भनि आफ्नो बाबालाई भन्छन| अनि पय लागि सरसल्लाह गरि खेगीहरुलाई बोलाई यज्ञ-पयको त्हें शुरु हुन्छ पय आज थाल्ने भोलि उज्यालो भएपछि मात्रा फाल्ने भनि निर्यण हुन्छ रात-रात भारी प्ये पढ्दै गयो तर उज्यालो चाही कहिले हुदैन| पछि किन उज्यालो हुदैन भनेर कर्गली क्ह्यालले ध्यान गरेर हेर्दखेरि घाम र जुन त राहुल दैंत्यको पेटमा भएको देखिन्छ त्येई भएर रात भएको रहेछ भनि थाहा हुन्छ| फिरी सरसल्लाह हुन्छ कि यो राहुल दैंत्यको मुखबाट १ घाम र १जुन कसले निकाल्न सकिन्छ? भन्दखेरि काक चराले भन्छ कि मैले देखेको छु उत्तर दिशामा बस्ने त्होम पच्युले निकाल्न सकिन्छ भन्छन र काक चराले त्होम पच्युलाई लिएरा आएपछि कर्गली क्ह्यालाको सल्लाह अनुसार पच्युले यज्ञ शुरु गर्छन त्यस यज्ञामा सम्पूर्ण भेला भै शक्ति राहुल दैंत्यलाई पनि उपस्थित गर्छन| त्होम पच्युले आफ्ने शक्ति चरालाई पाह्थीको दन्डको ढाड र बाँसको सिन्काको खुट्ट बनाउछ अनि कपडा लगाइदिन्छ र त्यो चराले सबैको सामुख गाना गएर नाच्छन| "मेरो पाह्थीको ढाड बाङ्गो भए भोस , मेरो बाँसको सिन्काको खुट्ट भाँचे भांचोस भनि" माथि माथि, तल तल, बाङ्गो टिङ्गो नाच्द खेरि त्यहाँ भएको सबै जना त्यो चराको नाच र गाना सुनेर हाँस्छन् अनि राहुल दैंत्य पनि खप्नु नसकेर दूई पटक हांसी हाल्छ र एउटा घाम र जुन मुखबाट निस्की हाल्छन र उज्यालो हुन्छ| उज्यालो भएपछि करजै क्ह्यालाको ह्रोलाई फाल्ने शुरु हुन्छ यसरी धेरै लामो समय सम्म रात भएकोले हुनाले हिसाब गर्द खेरि २४ घन्टाको हिसाबले ३ रात यानी कि ३ ल्होले भोग गरि सकेको रहेछ| तेस्पछि कर्गली क्ह्यालले छोरालाई स्वर्ग पुराउनको लागि एउटा भेंडाको साँर दिन्छन र त्येस भेंडाको साँरलाई रथ बनाई स्वर्ग जाने बेलामा अरु गाउको सिमीहरुले पनि भन्छन यसरी भागुवानको छोरा स्वर्ग पुगिन्छ भने हामी पनि यसकै साथ साथमा जानु पर्छ भनि पछि लाग्छन र उनै रथमा चढी करजै क्ह्याला संग स्वर्गमा पुग्छन र पछि कर्गली क्हयालले ध्यान गरि हेर्दखेरी स्वर्गमा पुगेको रहेछ भनि थाहा हुन्छ| यसरी मानव आत्मा लाई मृतु पश्चात् यस नर्गबाटा स्वर्गमा पुग्नलाई अति महत्वपूर्ण कर्मकाण्ड पय गर्न पर्ने रहेछ भनि सत्ययुग देखि नै यस प्ये बिधिलाई निरन्तर दिदै अएको देखिन्छ |


Wednesday, May 22, 2013

तमु खेगी पच्युको आपाक्हार्बोये प्ये शास्त्रमा

Chun Plheme Tamu तमु खेगी पच्युको आपाक्हार्बोये प्ये शास्त्रमा यो गिद्धालाई पनि उल्लेख गरिएको छ तमु प्ये अनुसार यसलाई "थोक्रा क्रोये" भन्निन्छ| आपा काहार्बो भनेको हाम्रो तमुहरुको सृष्टिकर्ता गुरु थियो| आपा काहार्बोले आफ्नो ९ जाना छोराहरुलाई लिएर माथि लेखको भिरमा मौरी (कोय) काट्न भनि गएको थियो मौरी चाही माथि भिरको ओडारमा भएको हुनाले भर्याङमा चढी जानुपर्ने थियो र छोराहरुलाई मौरी काट्न पठाउछ तर कोइ पनि मान्दैनन पछि कान्छ छोरा चाही धेरै ज्ञानी थियो बाबा मौरी काट्न म् जान्छु भन्यो र बाबाले कान्छ छोरा सानो बच्च्च भएको हुनाले जना दिदैनन र आफै भर्याङमा चढी माथि ओडारम मौरी काट्नलाई पस्छन तर अज्ञानी छोरा हरुको कारणले गर्द आपा कहार्बो चाही तल झरना सक्दैन र माथि भिरको ओडारमा बसिरहेको हुन्छ | पछि गिद्धा (थोक्रा क्रोये) कोरें गएर भान्छ कि ये आपाकाहार्बो यदि तपाइले मलाई आशिक-बर दिन्छ भने म् तपाइलाई बोकेर लैजान्छु भन्छन| आपकहार्बोले हुन्छ म तिमीलाई आशिक-बर दिन्छु भने पछि थोक्रक्रोयेले आपा काहार्बोलाई बोकेर लान्छान जाँदा जाँदा लेखको पाहडमा पुग्द थोक्रा क्रोये लाई पानीको तिर्खा लाग्छन ये आपा कहार्बो मलाइ त पानीको तिर्खा लग्यो यस्तो पहाडमा पानी कसरी पाउन सक्छ भन्द आपा कहार्बोले आफ्नो धनुष बाण निकाली भन्छ कि यदि म सत्तको आपा कहार्बो हो भने मेरो यो बाण जहाँ लाग्छ त्यहाँ बाटा रसाएर पानीको मूल निस्किनु भनि बाण हन्छन र पानी निस्किन्छ अनि थोक्रा क्रोये लाई थाहा हुन्छ कि यो साच्चिकै सत्तको आपा कहार्बो रहेछ| पानी पिए पछि फेरी आपा कहार्बो लाई बोकेर
भनेको ठाउमा पुर्याई दिन्छ र आपा कहार्बोले थोक्रा क्रोयेलाई आशिक-बर दिन्छन तिमीले मलाई बचाउन ठुलो मदत गर्यौ त्येसैले म् तिमीलाई लामो दिर्घायु दिन्छु एक हाजार वर्षको परमायु होस्, टाढ टाढ सम्म देख्न सकोस र यस धर्तीमा जत्ति पनि मोरेको सिनो खाना पाओस अनि जता भए पनि थाहा पाओस भनि आशिक दिन्छन र आशिक पाए पछि थोक्रा क्रोये (गिद्धा) उडेर माथि लेखमा जान्छन |
Source-Facebook