ad

Monday, October 1, 2012

ल्होकोर निवै ल्हेकोर ( वर्गचक्र र वर्षचक्र)

Buddhi Tamu
ल्होकोर निवै ल्हेकोर ( वर्गचक्र र वर्षचक्र):

तमुजातिको ल्हो पद्दतिमा "ल्होकोर" र "ल्हेकोर" रहेको पाईन्छ। ल्होकोर भन्नाले हरेक बाह्र वर्षमा सोही ल्हो पुन: आएको अर्थात् कुनै एक ल्होको पुरा चक्रलाई एक ल्होकोर मानिन्छ भने ल्हेकोरमा ल्हो पनि आएको हुन्छ।

तर ल्हेकोर चाहि एक पटक आएपछि दोहोरिदैन भने बाह्र ल्होकोरको एक "ल्हेकोर" हुन्छ। ल्होकोर पुरा भएको शुभ-अशुभ अवसरमा मनाईने तमु महान पर्व "ल्होसार" हो। यो च्यु ल्होबाट शुरु हुन्छ। यसैले यस ल्होलाई ल्हो क्र ( शिर) मानिन्छ भने फो ल्होलाई ल्हो मे (अन्त्य) मानिन्छ। सृस्‍टिदेखि कस्ले के ल्होको शुरुवात गर्‍यो र कति समय भोग गरेको थियो।

ती बाह्र ल्होहरु एकीकृत भएर हालसम्म कति ल्होकोर मनाइँयो? कति वर्ष भयो?

एक ल्होकोरमा बाह्र वर्ष हुन्छ भने ल्हेकोरलाई वर्षमा परिणत गर्न बाह्रले गुणा गर्नु पर्दछ। ल्हो गणनाअनुसार हाल सम्ममा २६,८९५ ल्होकोर (वर्ग चक्र)लाई बाह्र ल्हो (वर्ग)ले गुणा गरी हालसम्मको ल्हेकोर (तमु वर्ष)३२,२६४ पुगेको अनुमान गरिन्छ भने यस सम्बन्धी American National Social Scientist & Mongolian history को अनुसन्धान अनुसार तमुको प्ये ३०,००० वर्ष पुरानो भएको पुष्टि गरेका छन्।
साभार: तमु छ्या ल्हु ताँ।
 प्रस्तुतकर्ता: प. पैं. चि. श्री यारजङ्ग क्रोम्छैं तमु
 पच्यु प्रमुख तथा सल्लाहकार
 तमु प्ये ल्हु संघ यूके।
 
 
 

Monday, July 16, 2012

क्होईडुलु म्यारक्या-प्ह्यडुलु म्यारक्या

प्राकृतिक नियमको आधारमा समयलाई हिउँद र वर्ष गरी २ याममा बिभक्त गरिएको छ। प्रकृति पूजारी, वोन धर्मावलम्बी तमु (GURUNG) जातिका पुर्खाहरुले पढ्ने प्ये ( शास्त्र ) का अनुसार हिउँद लागेको समयलाई "क्होईडुलु म्यारक्या" र वर्ष लागेको समयलाई "प्ह्यडुलु म्यारक्या" भनिन्छ।
आज श्रावन महिनाको पहिलो दिन "क्होईडुलु म्यारक्या" को सुरुवात गरेको दिन मानिएको छ।

यसै अवसरमा सम्पूर्ण तमु महानुभावहरुमा सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना!!!

प्राकृतिक देवता (भगवान); क्ल्हेसोँदी, प्ह्रेसोँदीले रक्षा गरुन!!!

द्रष्टब्य: आजको दिन गरिने संस्कार यथावत नै छ। बेलुकी घरबाट आजका लागि अगुल्टो फाल्ने काम चाँही नबिर्सौँ।

-जय तमु।

Sunday, July 15, 2012

म्होसी त्हेँ किन गरिन्छ ?



म्होसी त्हेँ किन गरिन्छ ? मृतक आत्मालाई प्रेतआत्मा सर्बिमोंबाट मुक्त गरि स्वर्गमा खेकु-माङी पितृ संग लिन गर्नको लागि गरिन्छ ! यो खेगी पच्यू गुरुबाट गरिने एउटा महत्वपूर्ण तमु जातीको यज्ञ ( त्हेँ ) हो जो एक दिनभर लाग्छ ! चैकु, मैकु, रिकु, थिकु यी मों ले गर्द मानिस ३ कालमा मृत्यु हुन्छन ! बच्चाकाल , बुढेसकाल र आकाल जो बीकालमा मृत्यु हुन्छन जस्तै- पोरोई चब, सिई चब, मिई चब, क्युई चब, चेइ चब र मोई चब आर्थात - ...भीर, रुख, आगो, पानी, बाघले खाएको र विभिन्न नराम्रो घटना भएर मृत्यु हुने सिमीलाई प्रेतात्मा सर्बिमोंले सराप दिई नर्ग लोक पुग्ने बजय बायु लोकमा पुग्छन र यिनै आद्रिस्य प्रेतात्माको शक्तिले गर्द हावाको रुप लिईजिबित मानिसलाई दुख-बिमार गर्ने तर्साउने आदि गर्छन तेसैले बिकालमा मृत्यु हुने सिमीलाई म्होसी त्हेँ गर्न आति जरुरि छ सिमीलाई पहिला बायु लोकबाट नर्ग लोकमा ल्याउछ तेसपछी स्वर्ग लोकमा पुरयाउने प्ये बिधि गरिन्छ र पितृले बल्ल शान्ति पाउछ !!!

Friday, June 1, 2012

गुरुङ वेद प्रशिक्षण समारोह

प्रकाश डोटेल, स्याङ्जा-१३ जेठ । गुरुङ समुदायको प्रमुख धार्मिक ग्रन्थ बेद लोप हुन लागेको भन्दै स्याङ्जाको केवरेभाज्याङ्ग गाविस बनकटाका युवाहरु सोको संरक्षण अभियानमा लागेका छन् ।
gurung khegi training
आफ्नो धर्म संस्कार संस्कृति र परम्परा जोगाउँ भन्ने मूल मन्त्रका साथ बनकट्टा वेद संरक्षण तथा सम्बद्र्धन कार्यसमितिले आयोजना गरेको एक महिने वेद प्रशिक्षणमा स्थानीय गुरुङ समुदायका युवाहरु उत्सापूर्वक लागेका हुन् ।
गएको वैशाख १ गतेबाट सुरु भएको वेद प्रशिक्षणमा स्थानीय १३ जना युवाहरुको सहभागिता थियो । सदिऔंदेखि बसोबास गर्दै आएको जनजातिमध्ये गुरुङले आफ्नो धर्म संस्कार भाषा संस्कृति परम्परा र भेषभूषा भुल्दै जाने अवस्था देखिन थालेपछि संस्कार र संस्कृति जोगाउनका लागि युवाहरुलाई प्रेरित गर्न प्रशिक्षण कार्यक्रम गरिएको तमू छोंज धीं स्याङ्जाका सदस्य भोजराज गुरुङले बताए ।
एक महिने वेद प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै केन्द्रीय पेलु संघका संस्थापक अध्यक्ष क्याप्टेन भुवनिसं गुरुङले प्रशिक्षण कार्यक्रम गुरुङ जातिका युवाहरुलाई धर्म संस्कृति र परम्पराको संरक्षणमा लाग्न सहयोगीसिद्ध हुने बताए ।
समापनका अवसरमा तमू सुधार समितिका पूर्व अध्यक्षँ महेश गुरुङ छथर तमू सुधार समितिका अध्यक्ष द्रोणबहादुर गुरुङ समाजसेवी इन्द्रबहादुर गुरुङ गुरुङ समाज सुधार छथरका सल्लाहकार मनबहादुर गुरुङ समाजसेवी गोवद्र्धन गुरुङ भुपेन्द्र गुरुङलगायतले धर्म संस्कार र संस्कृतिका संरक्षणबारे चर्चा गरेका थिए ।
स्थानीय समाजसेवी गौबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको साचालन पूर्णबहादुर गुरुङले गरेका थिए भने कार्यक्रमबारे आदिवासी जनजाति महासंघ काठमाण्डौ जिल्ला समन्वय परिषद्का अध्यक्ष लोकबहादुर गुरुङले प्रकाश पारेका थिए ।(Source: merosyangja.com)

Wednesday, May 30, 2012

Tuesday, May 8, 2012

कुशेँ औंसीको तपाईंलाई धेरै-धेरै शुभकामना छ।




















Buddhi Tamu
प्रकृति पूजारी, वोन धर्मावलम्बी तमु (गुरुङ्ग)हरुमा पनि औशी अर्थात आमावाश्या तिथिकै दिनमा आमा र बाबाको मुख हेर्ने दिन भनेर निकै चर्चा पाएको छ। तर फाल्गुन पूर्णिमा तिथिमा पर्ने तमु जातिको खे-कु त्हेँ अर्थात आफ्ना बाबाको पूजा र सम...्मान गर्ने दिन, माँ-ङी त्हेँ अर्थात माघे संक्रान्तिको तिथिमा आफ्ना चेलीबेटी आफ्ना आमाको पूजा र सम्मान गर्ने दिन हो। भन्ने कुरा पनि

अचेतन रुपमै तमु जातिले पनि यस प्रकारका गैर-तमु पर्वहरुको बिकास गर्दै लग्ने हो भने भोलिको दिन के होला।

तमु भाषा अर्थात तमु भाषाको शास्त्रीय च्वोँ भाषामा "खे" को अर्थ नेपालीमा पित्री, "कु" को अर्थ "नौँ" र "माँ"को अर्थ आमा, जननी, "ङी" को अर्थ "सात" भन्ने हुन्छ।

कुशेँ औंसीको तपाईंलाई धेरै-धेरै शुभकामना छ।

Monday, April 16, 2012

गुरुङहरुको असली पहिचान पवित्र क्होईवु धिँ.....!





















सम्पुर्ण गुरुङ मित्रहरु, तपाईहरु नझुक्किनु होला। यो गुम्वा होइन् यो गुरुङहरुको असली पहिचान पवित्र क्होईवु धिँ हो।

क्होईवो कसरी हुन गयो ? भन्ने विषयमा यसरी वर्णन गरिएको छ। सफुती क्ह्यल्सामा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर्खाहरुको जन्म भयो सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको महा-गुरुहरु माङीहरुको सृस्टि गरिएको प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको यसरी 'क्होईवो धी' को स्थापना गरे सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने यस् घरमा जम्मा हुने भनेर योजना बनाए त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने त्यसैले हामी गुरुङहरु गुम्बा मठ्-मन्दिरमा होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो

यहाँ कतिपय मित्रहरुले वोन धर्म भनेको के हो पहिलो चोटि सुन्दैछु भन्ने पनि देखियो।
वोन भनेको के होला ? यहाँ क्होइ + वो' गर्दा 'क्होईवो' भएको हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या
गरिएकोछ।
जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको

यहाँ गुरुङको  धर्म साँस्कृतिको सत्य तथ्य जानकारी लिन चाहाने जिज्ञाशुहरुले आधिकारिक वेब साईट www.tamu-pyelhu.org हेर्नु होला धन्यवाद!!