ad

Friday, September 16, 2011

तमुहरुको मौलिक धर्मगुरुहरु पच्यु, क्ल्हेप्री र बोन्पो लम् गुरुहरु...


तमु(गुरुङ्ग) जाती को संस्कारमा अतीनै महत्वोपूर्ण, तमु हरुको ईतिहाँस बोकेको तमु हरुको मौलिक धर्म गुरुहरु पच्यु, क्ल्हेप्री र बोन्पो लम् गुरु हरु मद्धेमा वोन्पो लम् गुरुहरु
















Tamu (Gurung) jaati ko sanskaar ma ati nai mahatwopurna, tamu haruko history bokeko tamu haruko maulik dharma guru haru PACHYU, KLHEPREE ra BONPO LAM guru haru maddhema KLHEPREE guru haru.....
























तमु(गुरुङ्ग) जाती को संस्कारमा अतीनै महत्वोपूर्ण, तमु हरुको ईतिहाँस बोकेको तमु हरुको मौलिक धर्म गुरुहरु पच्यु, क्ल्हेप्री र बोन्पो लम् गुरु हरु मद्धेमा पच्युगुरु हरु...


















साभर गरिएको नेत्र तमु ज्युबाट तमु प्ये ल्हु सघ




Saturday, September 10, 2011

चाड पर्बहरु - Festivals

हामी तमुहरूको मुल चाड पर्बहरुमा: Tamumai's main festivals:

ल्होसार
(पौष १५) Lhosar
(Paus 15)

माँङी त्ह्ये
(माघे संक्रान्ति) Mañngi Tehye
(Maghe Sankranti)

एकता दिवस
(माघ ६) Tamu Unity Day

खे कु त्ह्ये(फाल्गुन पुर्णिमा) Khe Ku Tehye
(Phalgun Purnima)

(ट्हो त्हेँ) गाउँ बार्ने
चैत्रको ३ मंगलबार Toh Tehñ
(3 Tuesday in Chaitra)

खेकु माँङी थेब त्ह्ये
(बैशाख पुर्णिमा) Kheku Mañngi Theba Tohye
(Baisakh Purnima)

क्ह्वोइडुलु मार
(श्रावण संक्रान्ति) Kwohidulu Mara
(Shrawan Sankranti)

ख्योदो म्हाँमै त्ह्ये
(भदौ पुर्णिमा) Khyodo Mhañmai Tehye
(Bhadau Purnima)

http://www.tamu-pyelhu.org/

तमु (गुरुङ)का थर-उपथरहरु Tamu (Gurung) Clans/Subclans

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans

संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु प्‍ये ल्हु संघको बार्षिक मुखपत्र "तमु छ्‌या ल्हु ताँ" खि ल्हो २०६२मा प्रकाशित
By: Su. Chandramani Krõmchhaiñ Tamu - Published in Annual Magazine "Tamu Chhya Lhu Tañ (Gurung Tradition & Culture) Year Of the Dog 2005

When the Tamu clan is used as a noun, postfix "mai"/"मै" must be added on the clan. i.e. Kaju = Kajumai/काजुमै. All except Tahmai/त्‍हमै (sakhati bhagi khalak) are regarded as Ngemai/ङेमै or Kutummai/कुटुम्‍मै. In the Tamu system, only Ngemai/ङेमै are allowed to marry. The Tahmai/त्‍हमै are not to marry each other as they are closely linked to the same ancesters route in one way or another.

S/NO थर English
01  - काजु Kaaju
02  - कली Kali
03  - क्याङ्ग्री लेम Kyangri Lem
04  - कटक्युम Katakyum
05  - कीतु Kitu
06  - कुम्ही Kumhi
07  - कुप्चे लेम Kupche Lem
08  - क्युबी Kyubi
09  - क्यु Kyu
10  - केप्चे-छैजै Kepche
11  - को Ko
12  - कोब्रीजै Kobrijai
13  - कोकोर लेम Kokor Lem
14  - कोय Koya
15  - क्होली Kohli
16  - क्होके Kohke
17  - क्होला Kohla
18  - कौपोँ Koupoñ
19  - क्‍होताँ Kohtañ
20  - क्रोँम्छैँ Krõmchhaiñ
21  - कोम्जै कोन Komjai Kon
22  - क्रोगीं Krogiñ
23  - क्रोजी Kroji
24  - क्रोँके प्हच्यु KroñkePahchyu
25  - खक्यु Khakyu
26  - खी Khi
27  - खेलाग कोन Khelag Kon
28  - गरब्ज Garabja
29  - ग्याल्दु क्ले Gyaldu Kle
30  - घला Ghala
31  - धीम्रु Dhimru
32  - घोमी Ghomi
33  - ङवल कोन Ngawal Kon
34  - ङीचो लेम Ngicho Lem
35  - ङोर-ङोप्चै Ngor-Ngopchai
36  - चाइमाइ ChaaiMaai
37  - च्हाक्ली Chahkli
38  - चीम्मै Chimmai
39  - च्युम्ही Chyumhi
40  - चुँगी chuñgi
41  - चैबर लेम Chaibar Lem
42  - चो Cho
43  - चोक्म्ही Chokmhi
44  - चोम्रु-च्हम्रु Chomru
45  - चोलांगकोन Cholang Kon
46  - च्यो प्हच्यु Chyo Pahchyu
47  - छ्युनी Chhyuni
48  - छेल्ये Chhelye
49   - छै Chhai
50  - जरल Jaral
51  - जोब्रो कोन Jobro Kon
52  - ट्हँगी Taheñgi
53  - टीते लेम Tite Lem
54  - टु क्ल्हेप्री Tu Klhepree
55  - टुचै लेम Tuchai Lem
56  - टुर Tur
57  - टुट Tuta
58  - ठोर Thora
59  - घोन्टे Ghonte
60  - ढीगुरे Dhigure
61  - ढोर Dhor
62  - त्हार Tahr
63  - तगुँ Taguñ
64  - तन्गी Tangi
65  - तक्रेँ प्ह्च्यु TakreñPahchyu
66  - तक्रेँ कोन Takreñ Kon
67  - तमे लेम Tame Lem
68  - तङ्न Tangna
69  - तानेसी Tanesi
70  - तेल् Tel
71  - तीम Tim
72  - तीम्जे कोन Timje Kon
73  - तीजु Tiju
74  - तम्जु क्ले Tamju Kle
75  - त्हीदु Tihdu
76  - तेगी Tegi
77  - तोम Tom
78  - तोरका कोन Torka Kon
79  - तोल Tol
80  - त्होर्जे Tohrje
81  - तीलीज Tilija
82  - त्हीता Tihta
83  - थीम्चै Timchai
84  - दीने Dine
85  - धीजे कोन Dhije Kon
86  - धीमा Dhima
87  - नथाने Nathaane
88  - न्हान्सी Nahansi
89  - नेगी Negi
90  - नेप्ट Nepta
91  - प्हन्जो Pahnjo
92  - पाल्जै प्हच्यु Paljai Pahchyu
93  - पाई Paai
94  - प्ल्हें Plhen
95  - पोलो प्लो Polo Plo
96  - प्ल्हो Plho
97  - प्ल्होन लेम Plhon Lem
98  - प्लाजककोन Plhaajak Kon
99  - प्हुतुस Puhtus
100  - प्रु Pru
101  - पुचै Puchai
102  - प्ल्हेन्हाकी Plehnhaki
103  - पुगी Pugi
104  - पुताल Putal
105  - पेला Pelaa
106  - प्हेब्रो Pehbro
107  - पैंगी लेम Paiñgi Lem
108  - पैंगो Paiñgo
109  - पैल्जो कोन Pailjo Kon
110  - पोले Pole
111  - पोम Pom
112  - पोजो Pojo
113  - प्रौंगी Proñgi
114  - पर्जु Parju
115  - फच्चा Phachcha
116  - फीब्रो Phibro
117  - बुच्हा Buchah
118  - फेवालीप्हच्यु PhewaliPahchyu
119  - बैया Baiya
120  - भाजय Bhajay
121  - मरन्येली Maranyeli
122  - भाटले Bhatale
123  - भरीन्याल Bharinyal
124  - मीगी Migi
125  - म्ह्रु Mhru
126  - मैन Main
127  - म्होसी Mhosi
128  - म्लो लेम Mlo Lem
129  - म्लोकोन Mlo Kon
130  - म्होज क्ले Mhoj Kle
131  - म्होज कोन Mhoja Kon
132  - म्हलु Mahlu
133  - योज Yoja
134  - योल्जो Yolja
135  - र्‍हजो Rhajo
136  - र्‍हन Rhana
137  - र्‍हुल Rhula
138  - र्‍हीला Rhila
139  - रीते Rite
140  - रीचै Richai
141  - रील्दे क्ले Rilde Kle
142  - रग्मी कोन Ragmi Kon
143  - रे रे Re Re
144  - लम्क्युप्हच्यु LamkyuPahchyu
145  - ल्हयु Lhayu
146  - ल्हेँगे Lhenge
147  - ल्हेँगेकोन Lhenge Kon
148  - लेष्ये LeShye
149  - ल्हेयोन Lhoyon
150  - लै Lai
151  - ल्हेम्रो Lhemro
152  - ल्होला Lhola
153  - ल्होँ Lhon
154  - सम्री क्ले Samri Kle
155  - सरब्ज Sarbja
156  - सत्हाक् कोन Satahak Kon
157  - सीन्जा Sinja
158  - सीनगु Sinagu
159  - सुकु Suku
160  - सेरङे Serange
161  - सम्जे Samje
162  - हर्बन गै कोन Harban Gai Kon
163  - हुर्लु Hurlu
164  - ह्युन्गी प्हच्यु Hyungi Pahchyu
165  - आदी Adi
166  - अथवा Athawa
167  - औम रुप्चै Oñm Rupchai
168  - आचाज Achaj
169  - इचौ Ichau
170  - उयु Uyou
171  - कारा प्‍हच्‍यु Kara Pahchyu
172  - लनाछ Lanachh
173  - भज्‍‍यु Bhajyu
174  - ख्युन Khyun
175  - ताँजा Tañja
176  - क्हत्र Kahtra

Kindly let us know if any thar(s) is(are) omitted in the list. We will add them with the submitter's details.

This list has to be updated with त्‍हमै (tahmai) sakhati bhagi list and Nheja/न्‍हेजा. If you have a knowledge, please share with us.

Thank You

Web Administration Team
Tamu Pye Lhu Sangh

क्होईवो कसरी हुन गयो त नि ?

http://www.youtube.com/watch?feature=player_embedded&v=LUJyCi-1zuc
लामाहरु बौद्ध धर्म मान्नेहरुको 'बौद्ध सदन' भनेर भनेको छ तर तमुहरुले किन 'क्होईवो' भने त नि? भन्ने कुरा हो । सफुती क्ह्यल्सा भनेर भनेको छ त्यहा पर्ने एउटा स्थानमा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर...्खाहरुको जन्म भयो । सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको छ । ९ महा-गुरुहरु र ७ माङीहरुको सृस्‍टि गरिएको छ । प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको छ । ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो । "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो । के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' । 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको छ । यसरी 'क्होईवो धी' को स्थापना गरे । सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने र यस् घरमा जम्मा हुने भनेर योजना बनाए । त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने । तमुहरु गुम्बा मठ्-मन्दिरमा नगई पूजा गर्ने होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको र प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो ।

वोन भनेको के होला ? भन्ने कुरा आयो यहाँ । 'क्होइ + वो' गर्दा 'क्होईवो' भएको छ । हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं । शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो । पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको छ । यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, र प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं । हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या गरिन्छ ।

जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि । यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ । तमु प्ये ल्हु संघले पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको छ ।

सम्पूर्ण तमुहरु लाग्नुपर्छ भन्ने तमु प्ये ल्हु संघको धारणाहो र उद्देस्य हो । धन्यवाद । काठमाडौंको एकजना भाईले हामी बुद्धिजम हौ कि बोनिजम हौं भनेर ठुलो प्रश्न राख्नु भएको छ । त्यसकारणले हामीले क् हो कस्को मान्ने हो, गुरु कस्लाई मान्ने हो, सृस्‍टिकर्ता कस्लाई मान्ने हो । कस्को पछी पछी हिंड्ने हो भन्ने कुरा तमु प्ये ल्हु संघ स्पस्ट छ । तसर्थ यो मानेमा हामी तमुहरु लाग्नु पर्छ भन्ने तमु प्ये ल्हु संघको धारणा हो र उद्देश्य हो । धन्यवाद

तमु ल्हो र पार्क (Tamu Lho & Parka)

बोन धर्मावलम्बी तमु जातिको ल्होकोर ।
१२ वटा ल्होहरुका समूहलाई ल्होकोर भनिन्छ ।

   Tamu        Chwoñ           Roman              नेपाली             English

1. Nimyu      Chyu              Musa                  मुसा                 Mouse
2. Mya          Loñ                Gai                     गाई                  Cow
3. Che           To                  Bagh                  बाघ                  Tiger
4. Nawara     Hyui              Biralo                 बिरालो              Cat
5. Krowe      Mhupri           Gidda                 गिद्घा                Vulture
6. Puhkri       Sapri              Sarpa                  सर्प                  Snake
7. Ta              Ta                 Ghoñda              घोँडा                 Horse
8. Kyu           Lhu              Bheñda               भेँडा                Sheep
9. Timyu        Pra             Bañdar                 बाँदर             Monkey
10. Neme       Chya           Chara                  चरा                   Bird
11. Nakyu       Khi             Kukur                 कुकुर               Dog
12. Fo             Fo                Mirga                 मिर्गा               Deer

(As you can see, It is counted years, months, days, hours, minutes, seconds & every moments as the Needles have been shown in between ...every LHO )

यसरीनै हामी आफ्नो ल्हो (उमेर) गणना गर्दछौँ । एउटा ल्हो (बर्ग )ले भोग पुरा गर्नको लागि १२ महिना लिन्छ र अर्को नयाँ ल्होलाई पालो दिन्छ । त्यसैलाई हामी नयाँ ल्होको सार अर्थात "तमु ल्होसार" भनेर भन्दछौँ ।

साभार: तमु प्ये ल्हु संघ ।

थप जानकारीका लागि यो लिंकमा पनि हेर्न सक्नुहुनेछ ।

तमु ल्हो र पार्क (Tamu Lho & Parka)
http://www.tamu-pyelhu.org/

तमु जातिको संक्षिप्त ऐतिहासिक झलक

पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु


(बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अंग्रेजी संस्करण द गुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण)


तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ । यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा) मा पढ्दछन् । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ । तमु खेगी (पुरोहित)हरूले त्‍हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन् । लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन । तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजि मा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ ।


तमु शास्त्रले कसरी पहिले ठूलो ताल छेउको च्वों गाउमा बस्ती बस्यो जहा पहिलो अन्न जौ उमारिएको थियो भन्ने बताउछ । पछि कोही बसाईं सर्ने क्रममा स गाउ, त्हो गाउ, सि गाउगर्दै दक्षिणको गरम उर्बर गाउ क्रोंमा फिजिए । अनि उत्तरको च्वों गाउमा च्वोंभाषामा धार्मिक क्रियाकलाप बढ्यो भने तमु भाषा बोलिने दक्षिणको क्रोगाउमा कृषिजन्य क्रियाकलाप बढ्यो । यी दुई उत्तरी र दक्षिणी गाउ बीचका अन्य गाउहरूमा यी दुवैको मिश्रित प्रगति भयो । तमु शास्त्रमा आगोको अविस्कार, ढ्याङ्ग्रोको निर्माण आदि जस्ता थुप्रै अनि प्राचीन कथाहरू वर्णित छन् । तमु जातिको परापूर्खा माङि र खेकुले क्रमश ७ ताल र ९ चुचुरोको प्रतिनिधात्मक संज्ञा दिए जस्तो पनि लाग्दछ । प्रमाणित आधार नभए तापनि प्येताँ ल्हुताँमा वर्णित शुरुको च्वों गाउ परम्परागत कथनसग मिलाएर हेर्दा पश्चिम मंगोलियाको तीन पहाडी श्रृंखला बीच सातवटा ताल रहेको क्षेत्रमा पर्ने अनुमान हुन्छ। त्यसको दक्षिणमा शुरुको क्रोँ गाउँ तिब्बतको उत्तरमा, पश्चिम चीनको सिकियाङ प्रान्तको हो चिएको तुफान नामक क्षेत्रमा पर्ने आभास हुन्छ । ठूला तालहरूलाई मंगोलियामा नूर, पश्चिम चीनमा नोर र तिब्बतमा च्वों भनिन्छ ।


तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो । मानिस मरेपछि उसको मृतात्मा पहिले क्‍होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ । तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ । यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजिकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ । जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि । ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ । त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ । चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ । तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ । पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ । पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए । सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्‍ार भएको देखिन्छ । चाम्डो नजिक कारो नामक ठाउ मा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ । हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो । सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए । त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ ।


चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे । त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो । त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ । तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ । ल्होका क्षेत्रमा चेताङ ठाउ नजिक चन्ताङ गोसी भन्ने डाँडा छ । पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो । गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे । उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए । पछि उनलाई नोचन ह्रोँले चिनियो । उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए । उनका सन्तानहरूलाई कोन्म थर भनियो ।


१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ । उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.) को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो । त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो । वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अंगालियो । पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे । उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए । तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले । राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो । जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन ।


तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो । त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ । जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ । वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ । मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ । पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्‍याई पितृसग लीन गराई दिनेहुन्छ ।


तिब्बती पौराणिकतासग मिलाए अनुसार वोनवादको वर्गिकरण


१. नम वो (डोल वा कालो वोन) : पौराणिक पुरोहित पच्यु
२. क्यार वो (धर्के वोन) १००बी.सी.तिर रूपान्तरित पुरोहित क्ल्हेब्री
३. लम वो (सेतो वा ग्युर वोन) ८३८ इ.सं.मा अनुवादित लम (वोन्पो)


तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । यसको शुरुवातको मिति भेटिंदैन । समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विर्‍ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ ।


अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाईन्छ । जसमा केही तेस्रो पुरोहितहरू पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरूमा क्ल्हेब्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ । तर नया लामालाई तिनीहरू चाहिदैनन् । उनीहरू आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो कुरा गर्छन् तर बौद्ध ग्रन्थ बारे त्यति ज्ञान पाएको देखिन्न र यी तमु लामाहरू देखेर तिब्बती लामाहरू विवेचित छन् । जे भए तापनि उनीहरू कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल वोनवादीह रू र बौद्ध मार्गीहरू दुवै थरीलाई असर परेको छ।


तमुहरूको पौराणिक कथाहरूलाई नियाले अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले ई.पू. पहिलो शताब्दीतिर मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छदै छुटेको हुनु पर्दछ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्स्यों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्स्यों गरी दुई क्होइवो (गुम्बा)हरू थिए । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे। अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे । उनीहरू मनाङमा मर्स्याङ्दीको किनार छेउ बसाई सर्दा त्यहा को पहिलो तमु गाउले प्रमुखलाई पछिकाले आफ्नो पनि क्ले (अधिपति) माने । उनका सन्तानहरूलाई क्ले (घले) भनिएकोले तमु जातिमा नया थर थपिन गयो । यस्तै स्थिति र स्थानबाट पहिलेको पुरानो थरबाट धेरै नया थरहरू प्रचलित भएका छन् ।


मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण श्रृंखलापार गरी दक्षिणी भेकमा आएका थिए । तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहा उनीहरूले सप्रेको बाली पाए । तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे । हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि भयो । त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए । मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने ।


क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो । शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए । मंगोलाइड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे । यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन् ।


मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ । त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो । तब कोन्महरू आ आफ्नो धेरै नजिकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए । वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले । वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन् । यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए । पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ । पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन । वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो ।


                                                                                                                        साभार:-तमु प्ये ल्हु संघ