ad

Showing posts with label क्होईवो कसरी हुन गयो त नि ?. Show all posts
Showing posts with label क्होईवो कसरी हुन गयो त नि ?. Show all posts

Saturday, September 10, 2011

क्होईवो कसरी हुन गयो त नि ?

http://www.youtube.com/watch?feature=player_embedded&v=LUJyCi-1zuc
लामाहरु बौद्ध धर्म मान्नेहरुको 'बौद्ध सदन' भनेर भनेको छ तर तमुहरुले किन 'क्होईवो' भने त नि? भन्ने कुरा हो । सफुती क्ह्यल्सा भनेर भनेको छ त्यहा पर्ने एउटा स्थानमा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर...्खाहरुको जन्म भयो । सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको छ । ९ महा-गुरुहरु र ७ माङीहरुको सृस्‍टि गरिएको छ । प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको छ । ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो । "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो । के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' । 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको छ । यसरी 'क्होईवो धी' को स्थापना गरे । सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने र यस् घरमा जम्मा हुने भनेर योजना बनाए । त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने । तमुहरु गुम्बा मठ्-मन्दिरमा नगई पूजा गर्ने होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको र प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो ।

वोन भनेको के होला ? भन्ने कुरा आयो यहाँ । 'क्होइ + वो' गर्दा 'क्होईवो' भएको छ । हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं । शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो । पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको छ । यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, र प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं । हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या गरिन्छ ।

जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि । यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ । तमु प्ये ल्हु संघले पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको छ ।

सम्पूर्ण तमुहरु लाग्नुपर्छ भन्ने तमु प्ये ल्हु संघको धारणाहो र उद्देस्य हो । धन्यवाद । काठमाडौंको एकजना भाईले हामी बुद्धिजम हौ कि बोनिजम हौं भनेर ठुलो प्रश्न राख्नु भएको छ । त्यसकारणले हामीले क् हो कस्को मान्ने हो, गुरु कस्लाई मान्ने हो, सृस्‍टिकर्ता कस्लाई मान्ने हो । कस्को पछी पछी हिंड्ने हो भन्ने कुरा तमु प्ये ल्हु संघ स्पस्ट छ । तसर्थ यो मानेमा हामी तमुहरु लाग्नु पर्छ भन्ने तमु प्ये ल्हु संघको धारणा हो र उद्देश्य हो । धन्यवाद