ad

Showing posts with label वोन धर्ममा (त) घोडा बारे जानकरी.... Show all posts
Showing posts with label वोन धर्ममा (त) घोडा बारे जानकरी.... Show all posts

Tuesday, November 19, 2013

वोन धर्ममा (त) घोडा बारे जानकरी...

(त) घोडा तमु धर्म गुरू पच्यु क्ल्हेप्रीहरूले (पुइबे त) अथवा बोक्ने घोडा (सवार यात्रा) भनेर प्ये मा पढेको हुन्छ । (था) थाँसो नराम्रो गन्ध,अर्थात दोष,भुत (मो) अ।दि थास्वो हो । (था) लागेपछि हुने विभिन्न कृयाकलपहरू जस्तै (प्होँवा)कल गर्ने,(क्रोवा)रूने,(नेस्योवा (ङ्रिना) हाँस्ने,(प्हुर्था सुर्था) रँ रँ फोँ फोँ) अथवा सुन्निने, (सिन्डे म्हिन्डे) सिग्या म्हग्याँ) मर्ने मृत्यु हुने हराउने अ।दि यो था (मो) दोष थाँस्वो नराम्रो गन्धले लागेर भएको भनेर क्ल्हेप्रीहरूको थाँस्वो भन्ने (प्ये)डाँडिमा भनिएको छ ।
था अ।फै उत्पत्ति भएको भनेर बुझ्न सकिन्छ । म (क्रोँजेत क्रोँजे नाशा) पतल देखि उत्पति भएर सबै भन्दा पहिला घोँडालाइ लाग्दछ भनेर प्येमा उल्लेख गरिएको छ ।
घोँडाको (क्ल्हे)गोसाइले बेलुकि राम्रो सँग बाधेको हुन्छ । घोँडालाइ था लागेको कारण घोँडा रातमा अ।फै अरू मनुष्यको वालि नालि (धान) खान जान्छ । फेरि बिहान भएपछि घोडा अ।फ्नै ठाउँमा जस्ताका तस्तै बाँधिएको अवस्थामा (क्ल्हे) गोसाइले भेटिन्छ । 
यसरि पहिलो,दोस्रो दिन गरि अर्काको खेति वालि लाइ धेरै हानि बनाइदिने गर्छ । यसरि खेति बालि (धानको) गोसाइले घोँडा दिनमा नअ।उने राति भएपछि अ।उने गर्दा रातमा कुरेर 
बस्दा घोडा धान खान अ।उने क्रममा जस्को घोडा भए पनि भउस भनेर धानको गोसाइले घोडालाइ (मे त्हने) धनुष वाणले प्रहार गर्छ ।
यसरि घाइते भएको घोँडा,,रगताम्मे भएर गोठमा नगइ सिधै (त प्रागा च्ह्योए च्हारोसि,म लोन्दो प्रोए ङ्हीरोसि) अथवा चुचुरो लेक भिरमा गयर घोँडा अ।फै पल्टिन्छ र तल फेदिमा गएर मर्छ । यसरि मरिसके पछि सिनोलाइ (च्ह्याप्रुमै) कागले ठुङ्दा कागलाइ था ले भेटेको हुन्छ । कुनै बेला कागले नराम्रो अ।वाज गर्ने र नराम्रो समचार दिने गर्छ । 
(थ्वान्द्र क्रोए) गिद्दले पनि था लागेको सिनो खाएको ले उड्ने बेला र बस्ने बेला गिद्दलाइ कठिन हुन्छ । अहिले पनि सत्य नै देख्न सकिन्छ । यो भन्दा पहिलै अरू चरा चुरूङ्गीहरू जस्तै छिट्टै उड्न र बस्न सकिन्थ्यो भन्ने भनाइ पनि छ । यसरि गिद्द उडिरहने क्रममा यसको छाँयाले रूखमा भएको चरा चुरूङ्गी,भिर पाखामा चरिरहेको कस्तुरि मृग,हरिण,तथा पानिमा भएको माछालाइ समेत था लाग्न गएको हुन्छ ।
(च्ह्याप्रुमै) कागको गुणमा रहेको बच्चा पनि था लागेको कारण अ।फै भुइँमा खस्न जान्छ । भुइँमा खसेको बच्चालाइ कुकुर गएर खान्छ । कुकुरलाइपनि था ले भेट्छ र एउटा घरको र अर्को घरको कुकुर एक अ।पसमा टोका टोक गर्दै लडाइँ गर्दछ । फेरि सानो बाल बालिका एक अ।पसमा (१) तिम्रो कुकुरले मेरो कुकुर लाइ पहिला टोकेको,,,(२) अर्कोले भन्छ मेरो ले होइन तिम्रो कुकुरले पहिला टोकेको,,
यि यसरि कल झगडा लडाइँ एक घर र दोस्रो घर हुँदै,,दिदि बहिनि,दाजु भाइ,बाबा अ।मा,बाजे बजै र गाउँमा भएको भद्र भलात्मि,मुख्या जिम्माल,राजा यि सबैलाइ था लागेको कारण कलह, झगडा,लडाइ हुन्छ । (क्या उमि घ्याम) कुचेनि बुढिलाइ थाहा पाएको हुन्छ यि सबै कुराहरू,(अर्बला उर्बला कउँला नउँला ङि)२ कन्य तरूनि केटिहरू लडाइ हेर्न भनेरगएको क्रममा,उमि घ्यामा कुचेनि बुढिले जान दिदैन
तिमिरू तेहा गयो भने था ले भेट्छ अनि दुइ जना लडाइ कल झगडा हुन्छ भनेर क्ल्हेप्रि लिनको लागि (त युरू पध्मा ट्ह्युनिमा)भनेर क्ल्हेप्री लिएर (म क्रोँजेत क्रोँजे नाशा) भन्ने ठाउँमा जान्छ । 
क्ल्हेप्रीले यस कृयकलापलाइ शान्त शुद्द पार्नको लागि (थासोमा) चाहिने सामग्रिहरू कोदो, मकै,सि,जउँ, तिल,नुन जाड,रक्सि,मर्चा,फापर,रू रू (था पुचु) काँडा,दुइनलि बाँसको ढुङ्रो,(कुथो) चित्र,घ्यप्ले सि,केप,प्हम्रि,(कोडे सोत्ले)घैटोको टुक्रा चोखो पनि यि अ।दि समाग्रिहरू तय गरि थासो शुद्दो गर्ने काम सकिए पछि,मात्र सबै ठाउँमा मन्त्रेको पानिले छर्कने र पिउने गरिसके पछि मात्र सबै झै झगडा लडाइँ शान्त साम्य भएको कुराहरू प्येमा यसरि वरण गरिएको छ
। थासो शुद्दो अर्घुं,मृत्यु कार्यमा मात्रै होइनकि अरू बेला नयाँ घर चोख्याउने इत्यदि शुभ कार्यमा पनि गर्न सकिन्छ