ad

Monday, July 15, 2013

तमु च्वोँ क्युइ भाषामा पुतलिलाइ (त्हमला) भनिन्छ

तमु च्वोँ क्युइ भाषामा पुतलिलाइ (त्हमला) भनिन्छ । प्राचिन,काल (सकेम मुकेम केबै क्ल्ह्ये),सति युगमा (लारा कु)९ घाम,(ङिरि प्रे) ८ जुन उदयमान हुने बेला,,पृथ्वीमा कुनै प्राणि बच्न र बस्न संभव थिएन । शक्ति शालि क्ल्हे गुरू करू क्ल्हे (कर्गलि क्ल्हे) ले विभिन्न विधिहरू गरे । ९ घाम र ८ जुन नै दुष्ट मो हो,,यसलाइ पतन गर्दा पृथ्वीमा सुन्य अध्यारोनै अध्यारो भयो फेरि अध्यान गरि (त्हेँ) यज्ञ गर्न सुरू गरे । यि (प्यै) अर्घुँ विधिहरू गर्नको लागि ठुलो त्हेँ गरि एक घाम र एक जुन निकाल्न (उत्पति)गर्न सफल भए ।
अहिले मात्र एकै घाम र जुन ले पनि कति शक्ति दिन्छ भन्ने कुरा अनुभव भएपछि । ९ घाम र ८ जुन ले कति शम्मको शक्ति दियो होला? जुन पृथ्वीमा कुनै प्राणिहरू बस्न र बच्न संभव थिएन । दुष्टमो,,,लाइ नष्ट गर्नको लागि विभिन्न विधिहरू गरे र सफलता प्राप्त पनि भए । विभिन्न प्राणिहरूको सृस्टि भए र बिस्तारै बिकसित पनि हुदै गए । तमु धर्म गुरूहरूको प्ये शास्त्र,,प्ये ताँ ल्हु ताँमा पनि छर्लङ्ग देखिन्छ,,भनिन्छ वैज्ञानिक सत्य तथ्यमा पनि अ।धारित देखिन्छ ।
घाम जुनको प्यै गर्दा पुतलिले (सिलच्यो) झ्यालि बजाएर सहयोय गरे,,पुतलिको रूप बनावटपनि अवलोकन ग-योँ भने पत्यार लाग्न सक्दछन् ।


साभर: Facebook

तली मों तोंब ? प्रेतात्मा किन छुटयाईन्छ !

तली मों तोंब ? प्रेतात्मा किन छुटयाईन्छ !
मानव मृतु पस्चात मृतकको प्ल्ह-हंश प्रेतात्माले आफ्नो अधिनमा राखेको हुन्छ त्येस प्रेतात्माको बन्धन बाट मुक्त पाउनको लागि मों तोंब त्हें गरिन्छ | कुनै पनि मानव जिबित हुदमै स्वर्ग प्राप्ति गर्न सक्दैन त्येसैले यस धर्तीमा जन्म र मृतु भनेकै प्रकृतिक शक्तिको लिला हुन् | मानव शरीर प्रकृतिक शक्ति पंचतात्व आकाश,धर्ति,आगो,हावा,र प्रकृतिक दैविक शक्ति आत्माको समिश्रणले गर्द जीवित हुन्छन जब मृत् हुन्छौ शरीर चाहिँ यिनै पंचातात्वमा परिवर्तन हुन्छन भने सुद्ध आत्मा चाहिँ प्रेतात्माले गर्द स्वर्गमा जना नदिएपछि यहि मृत्युलोकमै भौतारी रहेको हुन्छन त्येसैले हाम्रो तमु जातिको प्रकृतिक बोन धर्म प्येताँ-ल्हुताँ अनुसार मृतुपछी स्वर्ग प्राप्तिको लागि यस धर्तीमा शुद्धआत्मा मात्रा नभई अत्भुत्शक्ति दुष्टत्मको पनि राज्य भएको हुनाले यस प्रेतात्मा मों बाट छुटकारा पाउनको लागि विभिन्न किसिमको धार्मिक कार्यविधिहरु गर्नु पर्ने अति आवश्यक भएको देखिन्छ यस मध्ये "मों तोंब " तमु प्ये-शास्त्र अनुसार जब मान्छे लाई प्रकृतिक अत्भुत शक्ति पांच किसिमको मोकु, ट्हिकु,चैकु,रिकु र थाकुको कारणले मृतु भएको हुन्छन जस्तै-थाकु,मोकुले सानो बच्छारु | चैंकूल, टहिकुले बिकालमा र रिकुले चाहिँ आयु पुगेको लाई लान्छ यसरी यी ५ चबै चैदें मोंले खाएपछी भौतिक शरीरलाई छोड्छन र मृत् अत्मचाही ङयालावाई नसामा यानिकी नर्गलोकमा सर्भिमों भन्ने मों ले बन्धनमा थुनेर दु:ख दिई रहेको हुन्छ यस प्रेतात्मा बाट छुटकारा पाउनको लागि खेगी पच्यु चिबहरुले मोदें चाब चैदें फ्रेब प्ये हरु पढ्नु पर्ने हुन्छ जसलाई मों तोंब त्हें भनिन्छ यस्मा सबभन्द पहिल सबै समान हरु तयार भएपछि आफ्नो क्ल्हागुरुहरुलाई पुगरिन्छ र अरु प्ये डारी हरु पढेसकेपछी मों कोइबा प्ये शुरु हुन्छ मों कोइसी गर्द आपनो गाउ ट्हो-स्यों वाप्ले-क्होपले हुदै कुकुलाये महार्स्यो बस्ने आमासर्भिमों को पासमा पुग्नु पर्छ र सर्बिमों संग प्ये-बाच सम्झौता भएपछि मों चुब प्ये गर्द घण्टा खोरों चुलो खांजे,तुन्गाला खोरों चुलो खाजें,सिल्चों खोरों चुलो खांजें भनि पढ्छन तेस्पछि मृतक आत्मालाई छोपेपछि मों ह्वाबा प्ये गर्दै मृतक आत्मालाई फकाउदै ल्याउनु पर्छ जस्तै-मर क्योंये चह्कोजा,चह्मेंकोजा,मृक्होजा च्योंक्होजा कोइम-कोइछाई ङे, हुई,टहोक्रोमी-स्योक्रोमी र स्योंजी हरुले तिमीलाई खाना-कैक्रु,ताह्क्रु,स्याक्रु,पाक्रु,ङ्यॉकृ र चिक्रु तयार गरि राखेको छ तिमि यहाँ बस्ने होइन तल जाम भनि फकाउदै ल्याउनु पर्छ र मृत् हंशलाई सिमी नासा चिहान डाँडामा आफ्नो चिहान यानिकी छागोंमा राख्छन र तयार पारेको टहौलु -प्रसाद चढाऊछौ यो टहौलु मृतक हंशलाई अर्पन गर्ने बेलामा पच्यु गुरु हरुले प्ये भन्दै चढाउने गर्छन जस्तै- पहिला छोरा बाट शुरु हुन्छ | " हये क्योंये चह्कोजा फलान बिबै टहौलुरों.... हिआछेन सोलादोरों-थुअकोहना सोलादोरों.... तेल क्योंये मलेपले थुबा चबैं सैगारों ....हिआछेना छानारामों थुआकोहन छानारीमों ...कहीक्री तबाई प्ये अङी कहीक्री म्हबै ल्हु आङी.... ह्युलुहुरु बये प्ये लैमो ह्युलुगुरु बये छ्यां लैमो..... हिआछेदो छानारामों थुआक्होदो छानरिमों" अर्थात- तिम्रो छोराले फलनले दिएको प्रसाद-टहौलु हो केईनमानी खानु साथी नखोजी खानु , हिजो तपाई म यसरी खान्छु-पिउछु भनेको मन थियो तर क्यों केहि नमान्नु साथी नखोज्नु , तपाई एउटै मर्ने शास्त्र होइन तपाई एउटै हराउने सस्कार होइन परम्परा ह्युलाई गुरु अनुसार शास्त्र र सस्कार गरेको छ,केइ नमान्नु र साथी नखोजी जानु भनि सिमीलाई फकाउनु पर्छ यसरी सबैले आफ्नो नाममा सिमीलाई यानिकी मृतात्मालाई प्रसाद अर्पन गरेपछि अखेरिमा आस्योंले परसाद र दुध चढाएपछि कुखरा झुन्डाउने शुरु हुन्छ मृतकको प्ल्ह अएको कुखाराले थाहा पाउछ यसमा कुखराको बारेमा शास्त्र, नाकै प्ये पढ्छन र तेस्पछि मों ह्वाब प्ये गर्छन अनि मों आएपछि कुखरा तर्सिएर उडछन् र मृतकको हंश -प्ल्ह आयो भनि थाहा हुन्छ तेस्पछि अन्तिममा मोंदें चैदें फ्रेब प्ये गरे सकेपछि मनोव मृत्युपस्चात गरिने मृत्सस्कार अन्तर्गतको अत्यन्तै महत्वपूर्ण मों त्हें सकिन्छ | 

साभर: चुन प्लेँह तमु  (from FACEBOOK)

यो हाम्रो तनहुँ राङ्दी तिर
गरिने मों त्हें हो |