ad

ताँ युर पोँवै ताँ । ( वोल्ने मेलोका उखानका कुरा तमु भाषामा)

ताँ युर पोँवै ताँ । ( वोल्ने मेलोका उखानका कुरा तमु भाषामा)


१ ) चै विज्या कैंए आरे, नदे मिन्या क्याँ आरे । घरमा भने खाने दाना छैन, नाम भने कहाँ हो कहाँ ।


२ ) कैंए चैं, पुर मिं ङ्होइ मुर। खाना खाने हाँडिमा तर कुरा गर्छ सुन को थालीमा ।


३ ) नमेँ आप्हुर्बै च्होपुर्ब । काम गर्नु कहाँ छ कहाँ गफ भने कता हो कता गर्नेहरु; चरा उड्ने भन्दा गुँड उड्ने गफ।


४ ) योधु पिमिरे कुर्धु प्ह्रिबा - उम्लो दिए हातै खान्छु भन्छ, भिख दियो भने पुरा हक माग्ने ।


५ ) कैंए च्ह्युबै फरुम, म्ही च्ह्युबै ट्होरुम - बाशी भातले पेट होडल्छ, दुष्ट मानिसले सम्पूर्ण क्षेत्रलाई दु:ख दिन्छ।


६ ) नब क्हेस्या सिमु, ताँ क्हेस्या प्होगी तम - बिमार बढे मर्छ कुरा बढा ए कल हुन्छ।


७ ) स्योरबै ङ्हा कोँरे आह्रादो - घर भित्रको कुरा बाहिर न उडाउने, खोलाको ढ्याङ्ग्रो डाँडामा नबजाउनु।


८ ) खेदो नह्रो नेमु, म्ही लिह्रो नेम - पशु अघी भेट्ने बित्तिकै लड्छ, तर मानिस अघि मित्र पछी षड्यन्त्र गरी मार्छ।


९ ) तमुमै ट्ही क्रिरबै मे, फुं क्रिरबै प्लु - सम्पूर्ण तमु जाति आमाकै कोखबाट जन्म लिएका हुन्।


१० ) चबै कैंए, च्याबै ङे - खाने भात र कुटुम्बलाई सम्मन गर्नु पर्दछ।


११ ) तुर्खु त्हा मार्खु ङे - तमु (गुरुङ्ग) समुदाय भित्र दुध साईनो मिचेर विवाह गर्ने चलन छ।


१२ ) ङर खबा काँर आख, काँ र खब ङर आख - मन परेको पाइँदैन, आउनेलाई मन पर्दैन भने जस्तो।


१३ ) छोबै सेई आचैंमुँ, ङ्हाँबै पाइ अथुईमुँ - विवाहको रीतिथिति खाएको छैन भनेको।


१४ ) खेदो चोब छीर, चमी चोब कैएर- पशुलाई घाँस भएको भूमिमा, छोरीलाई सम्पन्न भएको घरमा दिनु।


१५ ) सीं प्हरे च्योयामुँ, प्ये प्हरे आचो - आठको लौरो भाँचिन्छ, तर मानव जीबनका परम्परा युग युग    चलिरहन्छ।


१६ ) क्लाई सिजी, छोइटोइ - गोरु पनि मर्यो दाम्लो छिन्यो अर्थात् मान्छे मरे पछी नाता पनि हराउँदै जान्छ।


१७ ) लुँबै मी असाईमुँ, लिंबै ङ्ह्युइ अटेइमुँ - बलेको चिराग मारेको पनि छैन, कसैको घर फोरेको पनि छैन।


१८ ) मिरबै मिली आच्हिमुँ, छकोरबै सई आकारैमुँ। आँखाको आसुँ पनि सुकेको छैन, चिहानको माटो पनि सुकेको छैन। विवाहको कुरा राख्ने
वा सम्पत्ति बाड्ने कुरा जस्तो।


१९ ) तेबै क्युरबै पा, लेइ स्युरबै तान - मर्चले पार्ने जाँड र जिब्रोले घुमौने कुरा खाउँ खाउँ र सुनौं सुनौं लाग्छ।


२० ) ल्हिबै मे कुलबै प्ये - हन्ने बाण र बितेको जीबन फर्केर आउँदैन।


२१ ) रोबै सिंदु कुरमुँ, आरोबै सिंदु आकुरा - फल फलेको रुख झुक्छ, नफलेको रुख झुक्दैन। अर्थत बुद्धिमानी र मुर्ख मानिसको परिचय बोलिबाट छुटिन्छ।


२२ ) तु लर्ना, माट्हीर्ना - न घर, न घाटको भनेको जस्तो। न स्वोर्ग न नर्क।


२३ ) बामैं सिजी स्योर, तमुमै सिजी कोंर। बाहुन मरेपछी खोलामा तमु ( गुरुङ्ग० मरेपछी डाँडामा लाने परम्परा।


२४ ) यो थोइ को आयुबा - हात कातेर रगत नआउने । लोभि मानिस।


२५ ) सिनु मुबै क्ह्लोर क्रोय स्युरामु - सिनु देखेर गिद्ध घुम्छ। अर्थत् छोरी हुर्के पछि कुटुनी कुटुम्ब हरु आइरहन्छन्।




- साभार: तमु क्युई। बिमल प्ल्हेम्मै तमु र बुद्धि तमुको सहयोगमा ।

No comments:

Post a Comment