ad

Wednesday, December 28, 2011

युद्धभूमिदेखि अदालतसम्म पदमबहादुर गुरुङ

लाहुरे संस्कृतिमा जन्मेका पदमबहादुर गुरुङको सपना पनि आफ्नै दौंतरीहरुको जस्तै थियो । सपनालाई साकार पार्दै १४ वर्ष उमेरमा उनी सन् १९५८ सालमा लाहुरे भए, त्यो पनि व्रिटिश सेनामा । जन्मथलो स्याङजाको फेदीखोला छोडेर साथीसँगै भारतको पक्लीहवाबाट बनरास कलकत्ता हुँदै तत्कालीन मलाया -हालको मलेसिया पुगे । ९ महिना तालिम सकिए लगत्तै उनलाई बेलायतले हङकङ पठायो । हङकङमा दइ वर्षविताएपछि उनी नेपालमा ६ महिनाको पहिलो छुट्टीमा आए ।

छुट्टी आउँदा गाउँमा उनको कम्ता हाई हाई भएन । ‘सबैले लाहुरे आयो भन्ने मान दिने’ उनी भन्छन् ‘यी कुराहरुले गर्दा निकै खुसी हुन्थे ।   गल्लावालाले गाउँ गाउँबाट हट्टा कठ्ठा केटाहरुलाई लाहुर लैजाने गर्थे ।   ‘लाहुरेले ल्याएको चुरोट तरुनीलाई दिँदै गरेको मैले पनि देख्थे । त्यतिबेला लाहुरेले दिएको चुरोट तरुनीले लिन निकै गाह्रो मान्थे’ उनी सम्झन्छन् ‘तरुनीले त्यो सुकिलो हातले दिएको चुरोट हाम्रा फोहोरी हातले समाउँदा दुःख र्सला भन्दै भाउ दिन्थे ।
पल्टनमा एक जना क्याप्टेनले उनलाई हकारेपछि जागिर छोडेर र्फकने अठोट उनमा जाग्यो । अन्यायका विरुद्ध उत्रेर उनले आफ्नो जागिर त छाडे नै ब्रिटिश सेनाभित्र नेपालीमाथि गरिएको भेदभावकाविरुद्ध ठूलो जेहाद नै छेडे । गोरखा भूतपूर्व सैनिक संघ -गेसो को स्थापना र नेतृत्व गरेर पदमबहादुर गुरुङले आज हजारौं गोर्खालीले बगाएको रगतको मूल्य बेलायतबाट चुक्ता गरिदिएका छन् । अहिले उनकै आन्दोलनका कारण थुप्रै पूर्व बेलायती सेनाको पेन्सन त बढेको छ नै सबैले बेलायतमा आवासिय भिषा पाएका छन् । सन् १९६९ मा इन्डोनेसिया र बु्रनाइबीच भएको सिमा सम्बन्धी लडाइँ सकिएपछि पदमजस्तै थुप्रै गोरखा सैनीकहरुलाई बेलायत सरकारले लडाइ सुरु भएमा फेरि जाने र्सतमा नेपाल फर्काइदियो । सन् १९४८ अघिकालाई खालिखुट्टा पठाइदिने गरे पनि उनी भने महिनामा नेपाली ४१ रुपैंया पेन्सन पाउने गरि नेपाल फर्किएका थिए ।
पल्टन छाडेर बेलायती अन्यायविरुद्ध उत्रन बाध्य पार्ने उर्जा दिने एउटा घटना त्यही उनलाई हेप्ने क्याप्टेनसँगको कथा नै हो ।  पदमलाई गञ्जीसँग घाँस काटिरहेको देखेपछि क्याप्टेन स्कुनरले उनलाई बोलायो । उनी र्सतर्क भएर क्याप्टेनका सामु उभिंदा क्याप्टेनले ‘राँडीका छोरा पल्टनमा काम गर्दा गञ्जी लगाउन पाइदैन भन्ने थाहा छैन’ भन्ने जवाफमा पदमले भनेछन्’थाहा छ सर ।’ यत्ति मात्र पदमले के भनेका थिए । क्याप्टेनले अति अपशब्द प्रयोग गर्दै भनेछ ‘थाहा छ भने किन लगाएको त – साले हाम्रो सरकारले तेरो सरकारलाई रोयल्टी तिरेर ल्याएको हो बुझिस् । तैले जे मन लाग्यो त्यही गर्न पाउँदैन् गधा ।’
गोरखा पल्टनमा काम गर्ने गोरा सैनिकहरु सबैले नेपाली भाषा पनि राम्रोसँग जान्ने हुनाले क्याप्टेनले यति मात्र के भनेको थियो पदमको मन नराम्ररी दुख्यो। एक त बाबु वितेको । आमाले दुखले हुर्काएर लाहुरे बनाएको । उनलाई सही नसक्नुभयो । उनी त्यतिबेलै नेपाल फर्किने निर्णयगरे । तर १९६२ मा बु्रनाईमा जनव्रि्रोह त्यस लगत्तै इन्डोनेसिया र बु्रनाइबीच सिमा सम्बन्धी लडाइँ सुरु भएकोले उनी नेपाल फर्किन पाएनन् । क्याप्टेनले गरेको गालीको पिरले कहिल्यै मदिरा सेवन नगर्ने उनले बियर खान थाले । ‘वियर खाएरै मैले क्याप्टेनले भनेको कुरा विर्सने प्रयत्न गरँे, तर अहँ विर्सन सकिनँ । मन दुखिरहयो ।” उनी भन्छन् ‘मैले नेपाल फर्किएर बेलायतले सरकारलाई तिर्ने गरेको रोयल्टीको बारेमा नबुझी नछाड्ने अठोट गरेँ । त्यही अठोटको उपज हो गेसो आन्दोलन ।’

नाम कटुवा र भगुवा सिपाहीको जोडी
सन् १९६९ मा २५ वर्षो कलकलाउँदो उमेरमा सिपाही हुँदै नाम कटुवामा परी ४१ रुपैंया पेन्सन पाउने गरी नेपाल फर्किइएपछि पदमले आफ्नो मात्रै अन्याय होइन सबै गोर्खामाथिको अन्यायविरुद्ध उत्रने निर्णय लिए । त्यसका लागि ठूल्ठूलो पदमा पुगेका मेजर कर्ण कोही तयार थिएनन् । धेरै पढे लेखेका ठूलो पदमा पुगेकाले वास्ता नगरे पनि पदमबहादुरको नेतृत्व गर्ने हिम्मत घटेन बरु बढ्यो । बेलायती सेनाको नाम कटुवा सिपाही पदम गुरुङ र अर्को भारतीय सेनाको भगुवा सिपाही चन्द्रबहादुर गुरुङ मिलेर बेलायत विरुद्ध आन्दोन छेड्ने सपना देखे ।
नेपाल फर्किए लगत्तै १९७० सालमा सूर्य बहादुर थापा प्रधानमन्त्री हुँदा स्याङ्जाका तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य अम्बिकाप्रसाद पौडेलमार्फत पदमले प्रधानमन्त्री थापालाई भेटे र नेपाल सरकारले बेलायती सेनालाई कम्तीमा पेन्सन पकाउनसम्म दे भनेर आग्रह गरिदिन अनुरोध गरे । सुर्यबहादुरले ‘हुन्छ म विचार गरौंला’ मात्र भने त्यो भन्दा बढी केही बोलेनछन् । सरकारले पनि केही नगरेकोमा पदमलाई चित्त बुझेन ।
अनि चन्द्रबहादुर र पदमबहादुर  मिलेर गोरखा सैनीकलाई बेलायतले गरेको अन्यायका विरुद्ध पेन्सन आएका केही जान्ने बुभ्नेलाई आन्दोलनको बारेमा जानकारी गराउँदै साथ दिन आग्रह गरे । तर अहँ उनीहरुलाई कसैले पत्याएनन् । केवल दुइ पुर्व लाहुरेलाई सबैले खिसीटिउरी गर्ने र कुरा काट्ने बाहेक केही गरेनन् । तर उनीहरु विचल्लीत भएनन् । उनीहरु पोखराको महेन्द्रपुलमा हिंड्ने बेला सबैले ‘दे आर टु भूपू म्यान’ भनेर जिस्काउँदै हाँस्ने गरेको कुरा पदमले कहिल्यै विर्सदैनन् ।
२०२८ सालतिर काठमाण्डौको सरस्वती क्याम्पसमा स्ववियु चुनावको प्रचार प्रसार भईरहेको थियो । त्यतिबेला एक अखिलका नेताले भाषण गर्दा अमेरिका र बेलायती साम्रज्यबादको कुरा गर्दै बेलायतले नेपालाई शोषण गरेको कुरा भन्दा पदमलाई उदाहरण दिएछन् । अनि पदमले बेलायतले गोरखा सैनिकलाई गरेको भेदभावको बारेमा ५/६ मिनेट बोलेछन् । अनि त के चाहियो बेलायको विरुद्ध बोल्ने राजनीति गर्दे हिंड्ने त लाहुरे भन्दै पुलिसले ३९ दिनसम्म हुनमानढोकामा थुनेपछि छाडिदिए  । उनले वीरगन्जमा गएर विपीलाई भेटे । विपीलाई भेटेको आरोपमा तत्कालीन पञ्चायत सरकारले उनलाई फेरि पक्राउ गर्‍यो । २० दिनपछि केन्द्रिय कारागारमा पुर्‍याएर १८ महिनासम्म थुन्यो । त्यसपछि भने उनी जेलमुक्त भए ।
बेलायत विरुद्ध आन्दोलन गर्ने भनेर कस्सीएका दुइ लाहुरेमध्ये एक जना जेलपरेपछि साथ दिने कोही भएनन् । नेपालमा बहुदल आयो । बहुदल आएपछि विभिन्न संघसंस्था खोल्ने अवसर आएपछि पदम र चन्द्र पनि के कम १९९० -वि.सं.२०४७ असार २७ गते दुइ सदस्य रहेको गोरखा भूतपूर्व सैनिक संघ गठन गर्न सक्षम भए ।

दुइ सदस्सीय गेसो
सुन्दा पनि पत्याउनै मुस्कील पर्ने । पत्याइहाले पनि हाँसो उठ्ने कुरा । एउटा संस्था तर जम्मा दुइ जना सदस्य आखिर हुँदो रहेछत । अनि पोखराका मानिस नहाँस्ने कुरै भएन । तर यी दुइ योद्धाहरुले कहिल्यै पनि अरुका कुरा सुनेनन् आफ्नो उद्देश्य पूरा गर्न उनीहरु लागीरहे । पञ्चायतमा तुहिएको आन्दोलनले पुनर्जन्म पायो । उनीहरुका जस्तै नेपाली र भारतीय सैनिकहरुले पनि विभिन्न नाममा भूपू सैनिकहरुका समिति गठन गरे । उनीहरुले
देशैभरी आआफ्नो संगठन विस्तार गर्दै लगे ।
‘एक सय जना भूपू लाहुरेलाई सम्झाउनुभन्दा एक जना जान्ने बुझ्ने र कलम चलाउन सक्नेलाई सम्झाउँदा राम्रो हुन्छ भन्ने हामीले बुझेका थियौं’ गेसो आन्दोलनका नायक पदम भन्छन्’ हामीले यही रणनिति प्रयोग गर्‍यौं अन्तत आन्दोलन सफल भयो ।’ आन्दोलनलाई थप उर्जा दिन विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्ने क्रममा १९९२ -वि स. २०४९ सालमा उनीहरुले एमाले नेता मदन भण्डारीलाई भेटे ।  ’आम सभा भन्ने सभामा भाषण गर्दा जम्मा ५/६ जना हुन्थे । कोही पनि नआउने पत्याउँदै नपत्याउने’उनले आफ्नो आन्दोलनमा गरिने गरेका सभाका दिन सम्झदै भन्छन् ‘केही सिप नलागेपछि हामीले गैर लाहुरे र गैर लाहुरेनीलाई आन्दोलनमा आउन आग्रह समेत गथ्र्यौ ।
उनीहरु आएपछि सभाको केही शोभा पनि बढ्ने गथ्र्यो ।’ १९९३ वि.सं.२०५० साल भदौमा मदन भण्डारीले गेसोले पोखराको अमरसिंह चौरमा आयोजना गरेको आम सभामा भाषण गर्दा आन्दोलन सही भएकोले जारी राख्न गरेको आग्रह र एमालेले पनि सहयोग गर्ने भनेर र्सार्वजनिक प्रतिवद्धता गरेपछि यी दुइ लाहुरेको मन कम्ता खुसी भएन । अनि त के चाहियो र आन्दोलन चर्काउने अठोट गरे । बेलायती दुतावासमा जान कोही मानेनन् आन्दोनल जारी थियो । गेसोले काठमाण्डौको लैनचारमा रहेको बेलायती राजदुतावासलाई गेसोका तर्फाट ४ सुत्रीय माग पेस गर्ने निर्णय गर्‍यो । लडाइँ सकिएपछि विना पेन्सन पठाइएकालाई पेन्सन दिनुपर्ने,बेलायतमा जन्मेर अर्ध शिक्षित भएका बालबालिकालाई पूर्ण शिक्षाको व्यवस्था गर्नुपर्ने,पेन्सन आएकाले फेरि बेलायतमा गएर काम गर्न पाउनुपर्ने,समान काम गरे बापत गोरा सरह पेन्सन सुविधा पाउनुपर्ने गेसोका माग थिए । तर यी मागहरु बेलायती राजदुतावासमा बुझाउन जाने भनेपछि सबै पूर्व गोरखा सैनिकहरु डराए ।
‘पेन्सन कर्टाईदिन्छ कि भन्ने डरले कसैले पनि दुताबासमा जान मानेनन् । एक जनाले पनिसाथ नदिएपछि म गएर आफ्ना माग पेश गरे ‘उनले भने ‘मैले दुताबाससम्म जान साथ मात्र देउ भनेको थिएँ । कसैले मानेनन् ।’ उनका चार मागको बारेमा नेपाल,भारत र बेलायतबीच गरिएको त्रिपक्षिय सम्झौताको कारण देखाउँदै कुनै पनि माग पूरा नहुने दुतावासले बतायो । पदम चुप लागेनन् । उनले आफ्नो अभियानलाई जारी राखे ।

कम्युनिस्ट कड्केपछि आन्दोनल चर्कियो
९९६ -वि सं. २०५३ सालमा नेकपा एमाले प्रतिपक्षी थियो । त्यहीताका एमाले नेता मनमोहन अधिकारीले सदंसदमा विशेष समय लिएर गेसोको आन्दोलनका बारेमा १५ मिनेटसम्म बोले । त्यसपछि त के चाहियो र । देशैभर गेसोको आन्दोलनको सही सन्देश फैलियो । मनमोहनले बेलायतले गोरखा सैनिकलाई गरेको अन्यायको बारेमा बोलेपछि सबैका आँखा खुले ।
आन्दोलनले ठूलो मोड लियो । त्यहीबेलै पदमको अगुवाइमा गण्डकी धौलागिरी समिति गठन भयो । अनि त्यही साल गेसोको केन्द्रिय समिति पनि गठन भयो । गेसोको केन्द्रिय समितिले २०५३ साल फागुन १९ गते ठूलो जुलुस निकाल्यो ।
लगत्तै त्यही आन्दोलन देखेपछि सन् २००० -वि.सं. २०५७ मा बेलायत सरकारले १८ सय पेन्सन खाने सिपाहीको ७ हजार र ५ हजार खाने अफसरको ३५ देखि ५० हजारसम्म पेन्सन दिने व्यवस्था गर्‍यो । त्यसपछि त के चाहियो आन्दोलनलाई साथ नदिनेहरु पनि पेन्सन बढ्दो रै’छ भनेर गेसोको आन्दोलनलाई र्समर्थन गर्न थाले । ‘पेन्सन बढ्ने वित्तिकै लाहुरे र लाहुरे परिवारले हाम्रो आन्दोलनलाई खुलेरै र्समर्थन र प्रत्यक्ष सहयोग गरे’ पदम भन्छन्’त्यसपछि विस्तारै आन्दोलन चर्कियो ।’

आन्दोलन समानताका लागि थियो
पेन्सन त बढ्यो । तर गेसोले समानताको आन्दोलन थालेको थियो । अझै पनि गोरखाहरुलाई गोरा सरहको सुविधा भएन । पेन्सनबढेपछि केही खुसी थपे पनि आन्दोलनको लक्ष्य धेरै टाढा छ भन्ने लाग्यो गेसोलाई ।
त्यही लक्ष्य पूरा गर्न गेसोले सन् २००० -वि.सं २०५७ मा बेलायत सरकार विरुद्ध लण्डनमा मुद्धा हाल्यो । मुद्धा हालेको लामो समयपछि बेलायत सरकारका गृहमन्त्री ज्याक्यु स्मिथले विं सं २०६६ जेठ ६ गते त्यहाँको संसदमा कम्तीमा चार वर्षसेवा गरेका गोर्खा सैनिकलाई आवासीय भिसा दिने घोषणा गरे । नयाँ अध्यागमन नीतिअनुसार एक जुलाई १९९७ अघि र त्यसपछि चार वर्षपूरा गरेका पर्ूवगोर्खाली सेना, तीनका श्रीमती र आश्रतिलाई बसोवासको लागि योग्य ठहराएपछि अहिले पदम सबैभन्दा धेरै खुसी छन् । ‘गुमेको अधिकार प्राप्त भएकोमा अत्यन्तै खुसी छौँ, अझै पनि असामनताका लागि लडिरहनेछौँ’ अध्यक्ष गुरुङले भने ।

बल्ल सुरु भो आन्दोलन
गोरखाको पक्षमा बेलायतले फैसला गरेपछि यतिबेला धेरै लाहुरे र उनका परिबार बेलायत जाने तयारी गर्दैछन् । उनीहरुले एक प्रकारले आन्दोलन सकिएको महसुस गरेका छन् तर गेसोका अध्यक्ष पदम भने आन्दोलन बल्ल सुरु भएको बताउँछन् । ‘आन्दोन कसरी सकियो । अब हामी बेलायतलाई कुन ठाउँमा कति गोरखाहरु मरे एकएक हिसाब माग्छौं’ उनले भने र्’जर्मन,जापानका मानिसले मेरो घर नजिकै बम वर्सेको थियोरे भन्दै बेलायतसँग त्यसको क्षतिपुर्ति असुली रहेका छन् ।
हामीले मान्छे मर्दा समेत क्षतिपुर्ति नपाउनु कस्तो विडम्बना अब हामी त्यसको हिसाव र क्षतिपुर्ति माग्छौं ।’ उनले गेसोले नेपाल सरकारलाई पनि नछाड्ने बताए । पदमलाइ नेपालका नेताहरुले राष्ट्रियताको कुरा गरेको कत्ति पनि मन पर्दोरहेनछ । खासाबाट कति च्याङ्ग्रा भित्रिए भनेर लगत राख्ने नेपाल सरकारले बेलायती सेनामा भर्ती भएका कति नेपाली मरे भन्ने लगत नराखेकोमा पदम निकै खिन्न छन् ।
त्यति मात्र हैन अहिलेसम्म गोरखाहरुको पेन्सन बेलायतबाट भारत र भारतबाट नेपाल आउने गर्दा समेत नेपाल सरकार चुप लागेकोमा उनको चित्त दुखेको छ । ‘आफ्ना नागरिकले कमाएको सम्पत्ति अर्को देशमा जाँदासम्म चुप लाग्ने सरकारको के काम छ’ उनी आक्रोशित हुँदै भन्छन्’अहिले पनि बेलायतले मानव व्यापार गरिरहेको छ । नेपाली युवालाइ खै सरकार बोलेको -’ गेसोको आन्दोलनले यत्रो सफलता पाउनुमा उनी लाहुरे,उनका परिवार गैर लाहुरे र आन्दोलनमा सदैव सहयोग गर्ने पत्नी बोलमाया गुरुङको गुणलाई कहिल्यै विर्सदैनन् ।
हाल आएर गेसोविरुद्ध केही व्यक्ति उत्रेकोमा उनको मन खाएको छ । उनीहरुको अज्ञानताले गर्दा यस्तो गरिरहेको बताउने पदम उनीहरुप्रति व्यङ्ग्य गर्दै भन्छन्’बेलायतको सिंहलाई-बादशाहलाई त झुकाइयो भने यी फ्याउराहरुले के गर्न सक्लान -’

Saturday, December 24, 2011

अमृत, गीत र स्कुल............

    कान्तिपुर संवाददाता
    काठमाडौ, पुस ७ -
    गान्धी चस्मा, बाक्लो जुँगा र झ्याप्प कपाल पालेका गायक अमृत गुरुङको अर्को परिचय गम्भीरता हो । दुई दिनअघि कालिकास्थानस्थित नेपालयको तेस्रो तल्लामा यिनी झन् भावुक र गम्भीर देखिए । उनी चार दशकअघि बोरा लिएर पढ्न गएको पोखरा पुम्दी भुम्दीस्थित आफ्नै गाउँको सानो स्कुल सम्भिmरहेका थिए, जहाँ चिसो भुइँमा बोरा ओछ्याएर उनले बार्‍हखरी सिकेका थिए ।

    स्कुल छाडेपछि उनी कलेज पढ्न सहर आए । दीपक राणा र भीम पुनलाई साथ लिएर 'नेपथ्य' ब्यान्ड बनाए, गायनमा चर्चा कमाउँदै गए । उनले छाडेर आएको पुम्दी भुम्दीस्थित भगवती प्राविमा पनि केही बदलाव आयो- अलिक पक्की भवन बन्यो, छानो टिनमा बदलियो । 'तर खासमा स्कुलको समग्र हालतचाहिँ उस्तै छ,' उनले फेरि स्कुल सम्झे, 'मुलुकमा ठुल्ठूला परिवर्तन भए, शिक्षामा सुधारमा आएन । हाम्रो राजनीतिले स्कुललाई प्रयोगशाला बनायो तर भविष्यको कणर्ाधार हुर्किने थलो जस्ताको तस्तै रह्यो ।'

    बुधबारको भेटमा उनी स्कुललाई किन बढी नै मिस गरिरहेका थिए भने चार दशकपछि उनी आफ्नै स्कुलका लागि कन्सर्ट गर्दै छन् । मुलुकमा द्वन्द्वको आगो सल्किरहँदा, स्कुलहरूमा बम, बारुद र गोलीको लुकामारी चलिरहँदा कहिले 'शान्तिका लागि शिक्षा' त कहिले 'सुन्दर शान्त नेपाल' भन्दै मुलुकभर कन्सर्ट गर्दै स्कुलहरूलाई सघाउँदै हिँडेका उनले यस पटक आफैं पढेको स्कुललाई पनि सहयोगको सूचीमा राखेका छन् । नेपथ्य टोलीसहित यही पुस तेस्रो सातादेखि उनी हेटौंडा, इलाम, सिन्धुलीमाडी, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, स्याङ्जा, बागलुङ लगायतका एघार थलोमा कन्सर्टका लागि पुग्दै छन् । यसअघि 'शान्तिका लागि शिक्षा' थिममै चारवटा देशव्यापी कन्सर्ट गरेको नेपथ्यले ६ वर्षपछि फेरि यही थिमलाई अघि बढाएको हो ।

    फेरि पुरानै थिममा ?

    'अलिकति पलाउन खोजेको पालुवामा आगो लाग्न थालेपछि,' अमृत फेरि गम्भीर भए, 'चुप लागेर बस्न मनले मान्दै मानेन ।' अमृतले विम्बमा बोलेको कुरा मुलुकको राजनीतिसँग जोडिएको थियो । हिजो मुलुकमा प्रत्यक्ष र हिंसात्मक मुठभेड थियो, आज त्यसको चरित्र फेरिएर संसद्मा आइपुगेको छ । हिजो गाउँबस्ती र शैक्षिक संस्थाहरू आक्रान्त थिए, आज राजनीतिक पार्टीहरूले सिर्जना गरेको अान्तरिक र बाह्य द्वन्द्वको चंगुलमा मुलुक कैद भएको छ र ती आक्रान्त बस्तीमा पुग्नुपर्ने राहत र विकास निर्माणका योजनाहरू काठमाडौंमै अल्भिmएका छन् ।

    'मुलुक त फेरि पनि ठप्प छ नि भाइ । राजनीतिक परिर्वतन त भयो, तर खै त सामाजिक-आर्थिक परिवर्तन ?' अघिल्तिर झरेको कपाललाई कानको छेवैबाट पछिल्तिर मिलाएपछि अमृतले लामो सास ताने, 'हुनुपर्ने काम सरासर नभएपछि, तल-तल पुग्नुपर्ने योजनाहरू राजनीतिक स्वार्थका कारण अवरुद्ध भएपछि... ।' यसभन्दा पर्तिर उनी बोल्न सकेनन् । उनको अनुहार फेरि गम्भीर बन्यो । 'कलाकारले राजनीति गर्ने हैन, र मलाई राजनीतिबारे केही थाहा छैन पनि,' एकैछिन रोकिएपछि उनले भने, 'यति हो कि मुलुकको भविष्य बोकेको भावी पुस्तालाई ढुक्कले पढ्न देऊ । त्यो उनीहरूको अधिकार हो र भौतिक- मानसिक कुनै प्रकारको अवरोध उनीहरूलाई दिनु हुन्न । राजनीति भनेको बालिग भएपछि उनीहरू आफंैले

    बुझ्छन् । यस पटक हामीले फेरि यही भन्न खोजेका हौं ।'

    सन् १९९० मा ब्यान्ड स्थापनापछि लोक रकको भिन्न पहिचानसहित उदाएको नेपथ्यले अहिलेसम्म जति काम गरेको छ, ती हरेक हिसाबले यस्तै सामाजिक र चेतनामूलक अभियानसँग नै जोडिएका छन् । 'छेक्यो छेक्यो देउराली डाँडा...' हुँदै 'जोमसोमे बजार....', 'रेशम...', 'भेडाको ऊनजस्तो...', 'सा कणर्ाली...', 'ऐना झ्याल...' जस्ता चर्चित सिर्जनाहरूसँगै नौवटा एल्बमसमेत बजारमा ल्याइसकेको नेपथ्यले कन्सर्टमार्फत नै दर्जनौं स्कुललाई आर्थिक सहयोग जुटाएको छ भने अपांगको सहयोगका लागि समेत अघि सरेको छ । सांगीतिक कर्मलाई सामाजिक अभियानतिर जोड्नुको तात्पर्य खोतल्न खोज्दा अमृत फेरि भावुक भए र नोस्टाल्जिक पनि ।

    'सायद हुर्केको परिवेश, भोगेको समय र ब्यहोरेको परिस्थितिले गर्दा होला,' अमृतले भने, 'म यस्तो समय र परिवेशमा हुर्कें, जसले मलाई गम्भीर र बढी सामाजिक विषयमा सोच्न बाध्य बनायो ।' लाहुरे जाने संस्कृतिले गाँजेको समाजमा उनी जन्मे-हुर्के । थुप्रै दौंतरी लाहुर पसे । तर उनी भने 'विदेशमा धन पाए पनि, धनको सट्टा मन पाए पनि, जन्मेको ठाउँ बिर्सन हुन्न रे...' गाउँदै हुर्के । सानैदेखि पेन्टिङ र साहित्यतिर ढल्किए ।

    हङकङ, अमेरिका, भारत, दक्षिण कोरिया, नेदरल्यान्ड्स, अस्ट्रेलिया, फिनल्यान्ड, इजरायल लगायत दर्जनौं मुलुकमा टोलीसहित कन्सर्ट यात्रा गरिसकेका अमृतले विकसित मुलुकका स्कुल, विद्यार्थी र उनीहरूको सुनिश्चित भविष्यलाई पनि नजिकबाट देखेका छन् । तर हाम्रो सन्दर्भमा कुरा गर्दा उनले आफंै पढेको भगवती प्राविको उदाहरण दिए । 'हामीले धेरै सपना देख्नु पनि छैन, हाम्रो परिस्थितिलाई हाम्रै सापेक्षतामा हेर्नुपर्छ, यति हो कि विकासको स्वाभाविक गति अवरुद्ध हुनु भएन,' उनी दार्शनिकझंै भन्दै थिए, 'युरोपमा रेल दौडिँदा हामी जाँतो चलाउँदै थियौं । त्यही भएर त आज हामी संगीतकर्मसँगै सामाजिक अभियानमा पनि जानुपरेको ।'

    अर्थात्, अमृतलाई ठूलो सपनाको खेती गर्नु छैन । शैक्षिक संस्थाहरूको अवस्था फेरिए मुलुकको भविष्य आफैं पनि सुन्दर बन्नेछ । मुलुक सप्रे नागरिकको जुनी पनि सपि्रन्छ । व्यक्तिगत रूपमा चाहिँ उनी नितान्त सामान्य मान्छे भएर बाँच्न चाहन्छन् ।

    हप्तामा चार दिन काठमाडौं र तीन दिन पोखरा बस्दै आएका उनले पुम्दी भुम्दीमै गोठ बनाएका छन्, गाई ११ वटा, भंैसी ५ वटा, बाख्रा ७ वटा र कुकुर ३ वटा पालेका छन् र भविष्य उनी यही गोठमा देखिरहेका छन् ।

    'काम गरेर बाँच्ने,' उनले भविष्यको योजना सुनाए, 'एउटा आममान्छेको जिन्दगी बाँच्न चाहन्छु ।' र, त्यो 'आममान्छे'को नाके डाँडीमा गान्धी चस्मा अडिएको छ ।




    प्रकाशित मिति: २०६८ पुस ८ १०:४५