ad

Showing posts with label तमु जातिको ऐतिहासिक कथा. Show all posts
Showing posts with label तमु जातिको ऐतिहासिक कथा. Show all posts

Sunday, January 27, 2013

तमु जातिको ऐतिहासिक कथा



















कुकोनोरबासी तमु जातिको ऐतिहासिक कथा :


- मानवसृष्टीकाल बाट आफ्नो पित्रीकुल धर्मका पहिचान राख्ने मँगोल मुलका नेपाली आदिबासिहरु मध्ये तमु पनि एक जाती हो । आज छ २१औँ शताब्दिमा तमु जाती विश्वका अनेक देशका नागरिक भएर बसे तापनी मुल रुपमा नेपाली मुलकै मान्दछन । यही आधारले प्राचिन बँशावली खोज्दै जाने हो भने नेपालका तमु जाती मँगोल मुलका भएको मानिन्छ । तमु जातिको ' प्ये ' ईतिहासले पनि tamu जातिको उत्पती स्थल (Kokonor ) ताल उतर खण्डका गाउँ चो नाशा नाम लिएर तमु मौलिक धर्मगुरुहरुहरु द्द्वरा आज सम्म आफ्नै तमु भाषामा पढ्दै आएको छन । लेखक बिनएेचन्द्र तमुले कोकोनोर भ्रमण गरी खोज अनुसँधान गर्दा कोकोनोर क्षेत्रमा नहान्सी र टु जातिको बहुल्यत भएको पाएको छ भनेर  भन्नु भएको छ ।


- नहन्सी र टु जात थर तमु समुदायभित्र पनि पाईन्छ , यस्ले पनि तमु जाति कोकोनोर बाट आएका मँगोल जाती नै भएको प्रमाणित हुन्छ । तमु जातिको बिस्थापित मँगोल कोकोनोर ( स . फुँ . ती . क्याह्ल्श ) मा ज्वालमुखी धर्ती फुटेको ईतिहास सँग गाँसिएको पाईन्छ । तमु भाषामा स. फुँ . ती . भनेको नेपालीमा धर्ती फुटेकोलाई पनि भनिन्छ । आजको वैज्ञानीक युगमा ज्वालामुखी धर्ती फुटेर सयौँ माइल भुमी पुरिएको , सयौँ माइल कालो धुँवाले ढाकेर महिनौँ दिन अँध्यारो भएको दृश्या र तमु मौलिक धर्मगुरुहरुले पढेको ईतिहासमा नौँ घाम नौ जुन डुबेको लोप भएको हराएको पृथ्वी अँध्यारो नै अँध्यारो भएको भन्ने कथा र स. फुँ. ती. धर्ती फुटेको भन्ने ईतिहास ठ्याक्कै मेल खान्छ । पछी धुँवा हेट पछी एक घाम उदय भएको भन्ने ईतिहास पाईन्छ ।


- आठ घाम र् आठ जुन लाटोकोसेरो चराले खायो रे भन्ने दन्त्यकथा पनि पाईन्छ । किनकी त्यो चराले घाममा आँखा देख्दैन घाम शत्रु मानेर खाएको होला भनिन्छ , त्यो चराले अँध्यारो मन पर्दछ । तर त्यो आवश्यक पनि होइन होला ।  अँधेरो भएको एउटा उदाहरण ,वर्ष याममा लेकतिर कुहिरोले महिनौँ दिन सम्म घाम देख्न पाइँदैन । यस्तै अर्को उदाहरण पुष माघको महिना मैदानमा कुहिरो लागेर अँधेरो भएर घाम देख्दैन यि घटना स. फु. ती. क्य्हाल्सामा धर्ती फुटेर धुँवाले घाम नदेखिएको दृश्य र कुहिरोको दृश्य धेरै  मेल खान्छ । धर्ती फुटेर आफ्नै उत्पती थलो पुरिएर हजारौँ मनिस मृत्‍यु हुन सक्छ । बचेका मनिसहरुले आफ्नै सृष्टी कथा पढ्दै आएको हुनु पर्दछ । मनिस ठुलो दुर्घटनाबाट बचे पछी आज दोस्रो जन्म भयो अथवा सृष्टी भयो भन्ने चलन छ । यही आधारले स. फु. ती. क्यहाल्सार केप भनेको हो कि ?


- ज्वालामुखी पछी धर्ती फुटेर कालो धुँवाले हजारौँ माइल अँधेरो परेको र मनिसहरुलाई लावाले पुरेको गाउँ शहरहरु पुरिएको , मनिसहरु बसाई सरेका दृश्या झुटो हुनै सक्दैन ।  यस्को उदाहरण अघी नि दिइसकेको छ । हजारौँ वर्ष अघी आजको जस्तो थिएन लिपी थिएन फेरी आज २१ औँ शताब्दी सम्म तमु भाषामा पुर्खहरुको इतीहास मौखिक रुपमा पढ्दै सँस्कार सँस्क्रीती र परम्परालाई सँरक्षण गरी तमु जातिको परिचय दिँदै आएकाछन । तमुहरु ( स. फु. ती. ) धर्ती फुटे पछी मात्रीभुमी छोडि बसाईसराइको क्रममा मँगोल चिन तिब्बत हुँदै आजको नेपाल लमजुँग हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको कोह्ला सोँथार टोह सम्मका इतीहास तमु भाषामा मौलिक धर्मगुरुहरु द्द्वर आजपर्यान्त पढ्दै आएको छ ।


- तमु जातिमा यही ३ - ४ सय वर्ष यता एक दुई बिगुवा तमुहरुले अगुवा गरेर आफ्नै भाषा , सँस्कार र मँगोल अनुहार नै लुकाएर अर्यानहरुका झोला बोकुवा तमुहरु आर्यानहरुको इसारामा एक समुदाय तमुहरु पश्चिम भारत राजिस्तान कन्नौजबाट बसाई आएको हिन्दू जनैधारी चन राजपुत्र भार्द्दोज ऋषिमुनिका सन्तान देखाउदै आएक छन र केही गुरुङहरुले यही जनैधारी राजपुत्र हुँ भनेर स्विकार पनि गर्दै आएको पाईन्छ । तर तमुहरुको आफ्नै भाषामा पढ्ने मौखिक प्ये , ईतिहासमा गुरुङहरु भारत बाट बसाई आएको भन्ने ईतिहास कहीँ कतै पनि उल्लेख गरिएको पाईदैन । सत्य र तथ्य के हो ? २१औँ शताब्दिका पढेलेखेका बिद्द्वान तमुहरुले अनुसँधान गरेर स्पष्ट गर्नु पर्ने अतिआवश्यक देखिन्छ ।


- तमुहरु आज आफ्नै भाषामा ईतिहास र अर्थ पाइने जात थर भन्नुमा लाज मानेको देखिन्छ । तर बाहुन आर्यन भाषामा उचारण गरेको थर - लामिछने , गोतामे घोण्डे,घोताने गुरुङ भन्दा आफुलाई सम्मानित ठन्दछन र लम लाई लामा , क्ले लाई घले भनी अमौलिक र आयतित शब्दभ्रममा पारीरहेका छन । यि उदाहरणहरुले अघी लामिछने थियो र पछी गुरुङ भएको स्पष्ट हुन्छ । आज नेपालम राजनिती गर्नेहरु हामी आदिबासी जातिहरुका परिचय , हकअधिकार र स्वयत्तताका आवाज उठाउदै आएको छ । यहाँ प्रश्न उठ्छ कि यि आर्यन ब्रहमण गोत्रीया गुरुङहरु आदिबासी जनजाती भित्र पर्छ कि गैर प्रवासी आर्यनमा पर्दछ होल ? एउटा प्रश्न चिन्ह हाम्रो सामुने देखिन्छ । स्वयँ गुरुङ लेखक र् बुद्दिजिविहरुलेपनि आफु भारत राजिस्तानका कन्नौज बाट आएको जनैधारी राजपुत्र भनेर पुस्तक नै लेखेका छन ।


- गुरुङ लेखकहरुका पुस्तकको आधार लिएर होलान नेपालका बिद्द्वानहरु र लेखकहरुले लेखिएको पुस्तकहरुमा गुरुङ जाती मुल रुपमा दुई भागमा बिभाजित छन भनेर कलेज र विश्वबिद्धलयमा पढाउदैछन । लेखमा भारत बाट आएका चन राजपुत्र गुरुङहरु मंगोल बाट आएका म्हिन कुगी तमुहरु भन्दा आफु उच्च जात मान्दो रहेछ भनेर उल्लेख गरी लेखेका पुस्तक आज सम्म पढाउदै आएको छ । के यि गुरुङहरु साँच्चै नै भारत र मँगोल बाट आएकाहरु मिसिएकै हुन त ? होइन भने यस्ता लेखहरुका बारेमा गुरुङ समुदायमा किन मौन छन त ? किन आवाज उठाउदैन , आवाज नउठाउनुको अर्थ दुई भागमा नै बिभाजन छ भनेर स्विकारेको हुन त ?


- गुरुङ समुदायमा धर्मको नाम लिएर पनि दुई भागमा बिभाजित देखिन्छ । बुद्ध धर्मको नाम जोडेर लामा धर्मिहरु ॐकार धर्मको नाम बाट आर्यन हिन्दूधर्मका  छातामुनी बसी हिन्दू सँस्कारका १३ दिन  ४५ दिनमा कृयाकर्मा गरी  हिन्दू धर्मको शाखा बनेका छन भने कुल धर्मलवम्बि तमुहरु आफ्नै तमु भाषा पढेर प्राकृतिक बोन धर्म आफ्नै पच्यु , क्लेप्री र बोन्पो लम पुर्खौली धर्मगुरुहरु बाट ३ दिने सँस्कार गर्दै आएको छ । तिबतियन लामा पुरोहितहरु बुद्ध परम्परा अनुसार सँस्कार गरेको पनि भनिन्छ तर बुद्धको जीवन दर्शन सँग पट्टक्कै मेल खाँदैन । नेपालमा तमु जातिको आफ्नै भाषा भेष सँस्कार सँस्क्रिती र धर्म भएको आदिबासी हुँँ पनि भनिन्छ तर तिब्बती लामाले तिब्बती भेष लगाएर तिब्बती भाषामा पढेर तिब्बती सँस्कार गरिन्छ ।


- बुद्धका दर्शन अनुसार त श्रीमती त्यागेका छन , तर गुरुङ लामाहरुले त श्रीमती राखेका छन । नेपालमा नै गुम्बमा बस्ने मनाँगे लामा र तिब्बती लामाहरुले विवाह गर्दैनन , नेपालमै नेवार जाती पनि बुद्धिस्ट नै भन्छ तर नेवारहरुले ढ्याँग्रो बजाएर सँस्कार गरेको पाइन्दैन । गुरुङ बुद्धिस्टहरु गुम्बामा विवाह गरेको पाईन्छ तर अरु जातिका बुद्धिस्टहरुले गुम्बामा विवाह गर्दैनन । बुद्धको जन्म नेपालमा भएको भन्छ ज्ञान भारतमा प्राप्त भएको भनिन्छ , बुद्ध पाली भाषा बोल्नुहुन्थ्यो भन्छ जाती आर्यन शाक्य वंश भनिन्छ । तर गुरुङ बुद्धिस्टहरुका परम्परामा भाषा भेष सँस्कार सबै तिब्बती नै देखिन्छ । नेवार र भारती बुद्धिस्टहरु सँग कतै मेल खाँदैन । नेवार बुद्धिस्टहरु नेपाली भाषामा ,म्यानमार ,थाइल्यण्ड श्रीलँकाली बुद्धिस्टहरु आ_आफ्नै भाषामा बुद्ध पुजिन्छ भने के गुरुङ जातिले गुरुङ भाषामा बुद्धको पूजा गर्नु मिल्दैन र ?


- धर्म मनिसको आस्था र् बिचार  हो । मनिस स्वतन्त्र चाहन्छ , आफ्नै ईच्छ्यको धर्म मान्न चाहन्छ र् मान्न पाउनु पनि पर्दछ यही मानव धर्म पनि हो । धर्ममा जाती लिङगको परिचय हुँदैन मात्रा मानवको परिचय हुन्छ । तर जातिको परिचय भनेको भाषा सँस्कार सँस्क्रिती र् परम्परामा आधारित भएको पाईन्छ । के गुरुङ लामाले तिब्बती भाषा पढेर ,तिब्बती भेस लगाएर गुरुङ जातिको परीचय दिन्छ ? के गुरुङ जातिको आफ्नै भाषा भेस परम्पारिक सँस्कार छैन र ? यदी छ भने किन लुकाउने र मेटाउने तिर लागेको छ । आज तमु धीँ , तमु छोँज धीँ , तमु बौद्द सेवा समाज अदी नाम बाट चिनिन्छ र यही सँघ सँस्थाको सभा-समरोहमा तमु भेष लगाउने तमु भाषा बोल्नु पर्ने पनि भनिन्छ । तर यही सँघ्-सँस्थमा तिब्बती भेष र भाषामा पढेर कार्यक्रम थालिन्छ भने अब यि सँघ सँस्थाहरुलाई तमु जातिको धीँ भन्ने कि तिब्बती धीँ भन्ने .....??????