ad

Showing posts with label तमुहरुको बेदविधि अनुसार बलि किन चढाइन्छ ?. Show all posts
Showing posts with label तमुहरुको बेदविधि अनुसार बलि किन चढाइन्छ ?. Show all posts

Tuesday, May 28, 2013

तमुहरुको बेदविधि अनुसार " बलि किन चढाइन्छ ?"


 
तमुहरुको बेदविधि अनुसार " बलि किन चढाइन्छ ?"

बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विबादहरु देखा नपरेको होईनन् | विशेष गरेर तिब्बतियन लामाबादको प्रचलनले गर्दा नै तमु समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ | लामाबादहरुले सिंगो तमु समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ | हामी तमुहरु गौतम बुद्धको सन्तान होईन, तमु प्राकृतिक शक्तिदेखि माथि आकासबाट उत्पति भएर अएको खे-माँ को सन्तान हुन्, यसरी तमु पुर्ब प्रचिनकाल देखि उत्पति भएर अएको हुनाले विभिन्न प्रकृतिक तथा दैबी समस्याहरु संग पनि जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो | तर यी तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार,रितिरिवाज र भाष के थियो भनेर धेरै पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र ? हामी तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ, जो वहाँसम्मा पुग्न लाइ अनगिन्ती मार्गहरु छन्, जो प्ये-बिधि, खोला-नाला, डांडा,उकालो ओरालो यी सबै परमेश्वरले नै सृजना गर्नु भएको थियो प्रभु पर्मेस्वारले यस सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नु हुन्छ यो वहाँको लीला अपरंपार छ , हुन त कुनै पनि जिऊदो शरीर प्रमेस्वर कहाँ पुग्न सकिदैन| तर यो जिउदो शरीरलाई दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेस्वोर संग बाच्चामा बाँधिएको थियो | यस बाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र बलि दिनुपर्ने हुन्छ| जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा प्रमेस्वोर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट आत्माले जना दिदैन सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, तेसैले यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेस्वोर यानिकी शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि एक बिकराल शक्ति उत्पन्न गर्नु भयो जसलाई तमु शास्त्रमा यस बिकराल शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी शक्ति लाइ पुगारी ती दुष्ट आत्मा बाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जा बाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा " पुराउने महायज्ञ गर्नु पर्छा जसलाई "पय" भानिन्छ हामी तमु हरुले बलि दुष्ट आत्मालाइ र प्रभुको बिकराल शक्तिलाई फैलंग को नाममा चढाउने गर्छन |