ad

तमु प्ये ल्हु संघ को अपिल

आदर्णीय तमु दाज्युभाई तथा दिदी बहिनी र सम्पूर्ण स्टमित्र ज्यु हरुमा छ्याज्योलो।।।

यहाँहरुको जानकारीको लागि केही कुरा राख्दै छु कृपया ध्यान दिएर पढिदिनु हुन हामी सम्पूर्ण तमु प्ये ल्हु संघ परिवार बिनम्र अनुरोध गर्दछौं। तमु प्ये ल्हु संघ भनेको हाम्रो तमु जातीको पुर्खहरु, हाम्रो जिजुबाजेहरुको पाला देखि हाम्रो धर्म गुरुहरु पच्यु क्ल्हेप्री र वोन्पो लम् गुरुहरुले मौखिक रुपमा जोगाउंदै ल्याउनु भएको हामी सम्पूर्ण तमु हरुको ईतिहाँस, मौलिक धर्म संस्कार संस्कृति,भाषा भेषभुशा, हाम्रो प्ये ताँ ल्हु ताँ लाई जोगाई राख्नको निम्ती स्थापित एउटा धार्मिक संस्था हो। हाम्रो तमुहरुले संसारको बिभिन्न प्रान्तहरुमा रहेर अहिलेको २१औं शताप्दीको शिक्षित मुलुकको दांजोमा प्रतिस्प्रधात्मक रुपमा अधिराज्य भरिमा २०० भन्दा बढीको संख्यामा खोलिएका तमु हरुको संघ संस्था हरु मद्धे तमु प्ये ल्हु संघ तमुजातिहरुको एक मात्रा मौलिक पहिचान बोकेको पवित्र संस्था हो भन्दा सायद दुई मत नहोला। यो हाम्रो तमुहरुले खोलेका कुनै पनि तमु संघ संस्थाहरुको बिरोधमा खोलिएको संस्था भने कदापी होइन। संघ संस्था हरु खोलिए तर तमुहरुको नाममा खोलिएको संघ संस्थाहरुमा गएर हेर्ने हो भने, बुझ्ने हो भने, अनुसन्धान गर्ने हो भने कुनै संघ संस्थामा पनि हामीले तमु हरुको स्वोच्छ मौलिक संस्कार पाउन सकिँदैन यो मैले यहाँ भनी राख्नु जरुरी पनि देख्दिन। जब हाम्रो तमु जातीहरु क्होला बाट तित्तरबित्तर भएर अधिराज्य भरी छरिंदै बिभिन्न जाती र बिभिन्न धर्म संस्कार संस्कृति सँग गोलमोलिंदै गए र "घाम देख्यो घामै राम्रो जुन देख्यो जुनै राम्रो" भने जस्तै परिवर्तन हुँदै गए तर पनि हाम्रो धर्म गुरुहरुले भने आफ्नो धर्म नछाडिकन मौखिक रुपमा भए पनि हाम्रो ईतिहाँस लाई जोगाउंदै ल्याए। जब तमुहरुको क्होला राज्य खोसिए र हिन्दू राज्यको शासनमा जिउंदै आए तापनी तमु हरुको संस्कार संस्कृति भने यथावद नै थिए। मृत्‍यु संस्कार, पए अर्घुं संस्कार यो सबै जिबित नै थिए। जस्तोसुकै शासन आए ता पनि कसैले परिवर्तन गर्न सकेनन। तर जब ४६ सालको प्रजातान्त्रिक शासन भित्रिए, सँग सँगै तिब्बेतबाट दलाई लामा को फौज बुद्धको खोल ओढेर नेपाल भित्रिए तेसपछी मात्रै तमुहरुको संस्कार संस्कृतिमा र तमु जातीमा फाटो आयो र तमुहरुको उत्पत्तिकाल देखिनै जोगाउंदै ल्याएका प्ये ताँ ल्हु ताँ, संस्कार संस्कृति माथि ठुलो प्रश्न चिनो खडा गरेर बिबाद्धित रुपमा पारीदियो। र तमु हरुकै धर्म गुरु पच्यु क्ल्हेप्री हरुको बिचमा दुई भाग बनाई दिए, ईतिहाँसकाल देखि तमुहरुको हरेक संस्कारमा सँग सँगै काम गर्दै आई रहेका वोन्पो लम् गुरुहरु लाई लोपोन्मुख अवस्थामैं पुर्यएको छ। अहिले हेर्ने हो भने प्राय सबै वोन्पो लम् गुरु हरु आफ्नो जिजुबाजेहरुको प्ये लाई लात्तले हानेर तेइ तिब्बेतियन लामाहरुको पछी लागि परेको छ यो हामी सम्पूर्ण तमुहरुको लागि ठुलो दु:खको कुर हो। यी सबै कुरा हरुलाई मनन गर्दै तमुहरुको यी सबै कुराहरुको जगेर्णको लागि तमु प्ये ल्हु संघ अहिले हरेक क्षेत्र बाट, देशबिदेशहरुबाट शाखा उपशाखा हरु स्थापना गरेर हुन्छ कि? तमु साथी भाईहरु लाई प्ये ताँ ल्हु ताँ सन्वन्धित ज्ञान दिएर हुन्छ कि? कसरी हुन्छ प्ये ताँ ल्हु ताँ को प्रचार प्रसार अनि बिकासको निम्ती लागि परेको छ। यदी यो हाम्रो कार्य गतिविधीहरुबाट कुनै तमु संघ संस्थाहरुमा असर पुग्न गएमा क्षेमा चहान्छौं। र अनुरोध गर्न चहान्छौं कि यदी यहाँहरुलाई तमु प्ये ल्हु संघ ले गरेका र गर्दै आई रहेका हरेक कार्य बिधीहरु प्रती यहाँहरुको चाहना, रुची छ भने, हामी तमु हरुले जोगाउनु पर्ने, जोगाउंदै लैइजानु पर्ने, र आउने हाम्रो भावी पुष्ताहरुलाई सिकाउंदै लैजानु पर्ने हामी सबै तमु हरुको कर्तव्य हो र हामी प्ये ताँ ल्हु ताँ लाई सहयोग गरेर सबै तमुहरु एउटै भएर लाग्नु पर्छ र सबै तमु हरु एउटै भाषा एउटै भेषभुषा, अनि एउटै संस्कार संस्कृति लाई अङ्गालेर अगाडि बढ्नु पर्छ जस्तो लाग्छ भने आउनुहस हाम्रो मौखिक प्ये ताँ ल्हु ताँ लाई लिखित रुपमा जोगाई राख्नको निम्ती तमु प्ये ल्हु संघ ले सुरुवाद गरेका प्ये संकलन तथा लेखन अनि प्ये एकिक्रितको लागि सबै तमु संघ संस्थाहरु, तमु दाज्यु भाई तथा दिदी बहिनी हरु एक भएर अगाडि बढौं।
छ्याज्योलो ।।।
क्य्हसुंजे ।।।
तमु प्ये ल्हु संघ परिवार
www.tamu-pyelhu.org

No comments:

Post a Comment