ad

Showing posts with label सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|. Show all posts
Showing posts with label सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|. Show all posts

Tuesday, May 28, 2013

सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|



सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|
तमुहरुको सृष्टिकर्ता कर्गली क्ह्यालाको छोरा करजै क्ह्यालाको अर्घु-पय सत्ययुग्मै भएको थियो भनि हाम्रो बोन धर्म खेगी क्ल्हेप्री पच्युको प्ये शास्त्रमा पनि उल्लेख गरिएको छन| यस पयको बारेमा म केहि जानकारी दिनु चाहन्छ| जब कर्गली क्ह्याला यस धर्तीमा उत्पति भएपछि सब भन्द पहिला त आफु कसरी जन्म भयो, मलाई जन्मा दिने आपा-आमा को थियो र दिन-रातको बारेमा अनुसन्धान गर्न थाल्यो| कर्गली क्ह्यालले आफ्नो छोरा कर्जै क्ह्यालालाई एउटा सुनको मथुसमा राखी र उसको हेरचाहाको लागि नालेजोफि लाई जिम्मा दिएर आफु चाही आकाश र धर्तीको बिचमा गएर आफु कसरि जन्मा भयो भनि ध्यान गरेको थियो यस्मा माथि आकाशबाट एउटा ठुलो शक्तिशाली डल्ला तल धर्तीमा आएर फुट्यो पछि आफु जन्मा भएको रहेछ भनि थाहा पाए पछि आकाशलाई बाबा भनि प्रणाम गर्यो र धर्तीमा आएर जन्मा भएकोले हुनाले धर्तीलाई माता भनि प्रणाम गर्यो | तेसपछि फेरी दिनको बारेमा रचना गर्न थाल्यो र आफ्नो शक्तिले ९ सुर्य र ७ चन्द्रमाको उत्पति गरेपछि उज्यालोले गर्द दिन भयो| दिन त भयो तर ९ सुर्य र चन्द्रमाको धेरै तापले गर्दखेरि धर्तीमा भएको सम्पूर्ण प्राणीहरु मर्न थाले अनि आफ्नो छोरा करजै क्ह्याला पनि यिनै तापले गर्द खेरि मृतु हुन्छन अनि हेरचाह गर्ने फिंले माखा (नाप्रोच्याहा) लाई छोरा मृतु भयो भनि कर्गली क्ह्याला कहाँ निरा खबर पठाउछ तर कर्गली क्ह्यालले पत्याउदैन र काक् (च्ह्याह्प्रुमै) लाई पठाऊछ काक् को कुरा पनि पत्याउदैन फेरी गिद्धा (थोक्रक्रोये) लाई पठाउछ बल्ल पत्याउछ र आफ्नो ध्यान छोडेरा तल छोरा भएको ठाउमा आउछन र आफुले रचेको सुर्य र चन्द्रमा को तापको कारणले मोरेको हो भनि सबै कुराहरु थाहा भएपछी कर्गली क्ह्यालले भन्छ यदि मैले रचेको ९ सुर्य र ७ चन्द्रमाको तापले गर्द मेरो छोरा मोरेको हो भने यो ९ सुर्य र चन्द्रमा लाई सबै राहुल दैंत्यले खाओस भनि श्राप दिन्छन अनि शक्ति राहुल दैंत्यले सबै सुर्य र चन्द्रमा लाई खाइदिए पछि संसार पुरा आंधेरो हुन्छन| रात भयो अब मेरो छोरा मोरेको छैन भन्छन्| पछि मृतु छोराको शरीर बाट आत्मा बोलेको हुन्छ किन कि त्यो सत्ययुगको बेलामा डुंगा माटो पनि बोल्ने शक्ति थियो भनिन्छ छोराले बाबा म मोरिसकेको छु तर मैले यो विभिन्न मों-पिचासले गर्द स्वर्ग जाने बाटो (क्यांआयोइमो) पाएको छैन त्येसैले बाटो खुला गर्नको लागि आर्घु (पय) गरिदिनु भनि आफ्नो बाबालाई भन्छन| अनि पय लागि सरसल्लाह गरि खेगीहरुलाई बोलाई यज्ञ-पयको त्हें शुरु हुन्छ पय आज थाल्ने भोलि उज्यालो भएपछि मात्रा फाल्ने भनि निर्यण हुन्छ रात-रात भारी प्ये पढ्दै गयो तर उज्यालो चाही कहिले हुदैन| पछि किन उज्यालो हुदैन भनेर कर्गली क्ह्यालले ध्यान गरेर हेर्दखेरि घाम र जुन त राहुल दैंत्यको पेटमा भएको देखिन्छ त्येई भएर रात भएको रहेछ भनि थाहा हुन्छ| फिरी सरसल्लाह हुन्छ कि यो राहुल दैंत्यको मुखबाट १ घाम र १जुन कसले निकाल्न सकिन्छ? भन्दखेरि काक चराले भन्छ कि मैले देखेको छु उत्तर दिशामा बस्ने त्होम पच्युले निकाल्न सकिन्छ भन्छन र काक चराले त्होम पच्युलाई लिएरा आएपछि कर्गली क्ह्यालाको सल्लाह अनुसार पच्युले यज्ञ शुरु गर्छन त्यस यज्ञामा सम्पूर्ण भेला भै शक्ति राहुल दैंत्यलाई पनि उपस्थित गर्छन| त्होम पच्युले आफ्ने शक्ति चरालाई पाह्थीको दन्डको ढाड र बाँसको सिन्काको खुट्ट बनाउछ अनि कपडा लगाइदिन्छ र त्यो चराले सबैको सामुख गाना गएर नाच्छन| "मेरो पाह्थीको ढाड बाङ्गो भए भोस , मेरो बाँसको सिन्काको खुट्ट भाँचे भांचोस भनि" माथि माथि, तल तल, बाङ्गो टिङ्गो नाच्द खेरि त्यहाँ भएको सबै जना त्यो चराको नाच र गाना सुनेर हाँस्छन् अनि राहुल दैंत्य पनि खप्नु नसकेर दूई पटक हांसी हाल्छ र एउटा घाम र जुन मुखबाट निस्की हाल्छन र उज्यालो हुन्छ| उज्यालो भएपछि करजै क्ह्यालाको ह्रोलाई फाल्ने शुरु हुन्छ यसरी धेरै लामो समय सम्म रात भएकोले हुनाले हिसाब गर्द खेरि २४ घन्टाको हिसाबले ३ रात यानी कि ३ ल्होले भोग गरि सकेको रहेछ| तेस्पछि कर्गली क्ह्यालले छोरालाई स्वर्ग पुराउनको लागि एउटा भेंडाको साँर दिन्छन र त्येस भेंडाको साँरलाई रथ बनाई स्वर्ग जाने बेलामा अरु गाउको सिमीहरुले पनि भन्छन यसरी भागुवानको छोरा स्वर्ग पुगिन्छ भने हामी पनि यसकै साथ साथमा जानु पर्छ भनि पछि लाग्छन र उनै रथमा चढी करजै क्ह्याला संग स्वर्गमा पुग्छन र पछि कर्गली क्हयालले ध्यान गरि हेर्दखेरी स्वर्गमा पुगेको रहेछ भनि थाहा हुन्छ| यसरी मानव आत्मा लाई मृतु पश्चात् यस नर्गबाटा स्वर्गमा पुग्नलाई अति महत्वपूर्ण कर्मकाण्ड पय गर्न पर्ने रहेछ भनि सत्ययुग देखि नै यस प्ये बिधिलाई निरन्तर दिदै अएको देखिन्छ |