ad

Tuesday, October 11, 2016

वास्तवमा क्रस किन गरिन्छ? क्रस भनेको के हो ??















वास्तवमा क्रस किन गरिन्छ? क्रस भनेको के हो ?? 

तमु प्ये अनुसार , ( क्रोँथलि छ्युकुय ) यस्ले कपालमा भयको चोखो तेल भन्ने कुरा जनाउदछ । छोटकरिमा भन्नू पर्दा क्रस गर्नु भनेको नै चोखो गर्ने भन्ने बुझिन्छ । र क्रस किन गर्नु पर्छ त ? भन्ने शब्दमा उक्त सिमिलाई कसैले अथवा छुवाछत को कुरा यहाँ निर पनि आउदछ अझ प्ये अनुसार प्रस्ट्याउनु पर्दा जब सिमिलाइ म्लेक्यु अथवा खुरी दिईन्छ तब उस्लाई विर्साउने एक चोखो पितृको रुपमा सम्झन्छौ । थोरै पङ्ती प्येमा उल्लेख भय अनुसार [ क्हिमि त याय याफ्योने युये युफ्योने , क्हिमि तिलि चे कि आचे, च्योपिचे क्हि आचे ] भनेर थोरै वाक्य दियको छ । यस्को भनाईको तात्पर्य के हो भने तिमी स्वर्गलोकमा जाँदा यति चोखो भयर जाउ तिम्लाइ कुनै किसिमको (तिलि) चोँचे, (च्योपि) माखा यस्ता कुराले समेत छुन नसकोस भनिन्छ । त्यसैले पहिलेका बुढापाकाले भन्ने गर्थे हामिले यस्तो च्वाँचे बंगुर जस्ता कुरालाई छुन हुदैन भन्ने मान्यता थियो । केही ठाउँमा अझै पनि यो मान्यता रहि आयको छ ।
अब कुरा गरौँ (च्योपि)को वास्तवमा मोरेको मान्छेलाई किन अनुहार ढाक्नु पर्दछत ? भन्ने कुरा पनि यसैमा देखिन्छ । अब हामिले भन्छौ आधुनिक जमाना, एउटा राम्रो संग चिन जान भयको मान्छे, अर्थात नेता, समाज सेबि यस्लाई त अनुहार देखायर लानु पर्छ भन्दछौँ तर यो हाम्रो सरासर गलत सोँचाई हो ।
अब हामिले यसरी सिमिलाई अनुहार देखाउने बित्तिकै उक्त सिमिको अनुहारमा माखाले टेक्ने भो त ? त्यस माखा मात्र नभै अनेक बिशुद्ध चिजबिजले पनि छुन सक्ने सम्भावना रहन्छ, के हामिले बिचार गरेका छौ ? किन कि उक्त माखालेत जहाँ पनि टेकेर आको हुन सक्छ हामिले सरल तरिकाले बझ्नु पर्ने कुरा हो ।
त्यसैले यस्लाई धेरै व्याख्या नगरी यति कुरा बुझौ क्रस भनेको नै सिमिलाइ चोखो गर्ने हो । विभिन्न किसिमका अछुत कुराहरूले हाम्रो सिमिको कुनै भागमा छुन सक्ला जुठो हुन सक्ला यसैको लागि क्रस गरेर चोखो गर्नु पर्दछ ।
नोट : बन्कट्टा क्ल्हेप्री समुहको तर्फबाट कुनै पितृ कार्य हुँदै छ भने अर्थात् लास थन्क्याउने काम गर्दै छ भने अनुहार ढाकेर काम ,, गर्नुहोला
छ्याँजलो

प्हनग छ्योपा कैंदु



















प्हनग छ्योपा कैंदु, 
छ्योपा दुइ प्रकारको हुन्छ (छ्योपा र प्हनग छ्योपा) 
छ्योपा भालेले गर्छ र प्हनग छ्योपा पोथीले गरिन्छ । यी दुई छ्योपा त्हेँहरु बिभिन्न समय अनुसारको ७ किसिमले गरिन्छ । yarjung kromchhain

खेगिको महत्व पुर्ण भुमिका

























खेगिको महत्व पुर्ण भुमिका यहाँ नीर छ । बन्कट्टा स-क्ह्रोय क्ल्हेप्री समुहको प्येमा यसरी उल्लेख गरेको पाइन्छ । 
[ त्होम्बो थेँत्रो मने तिँ आङि ।। त्हेँफो मने तिँ आङी ।। सिँफी मने तिँ आङी ।। तिँफी मने तिँ आङी ।। ]
हेर सिमि तिमी यस्तो ठाउमा बस थेँब, त्हेँ, सिँ, तिँ , यी यस्ता प्राकृतिक कुराले भरि पुर्ण भयको ठाउँ ,
तिमी यो कुरा ख्याल गरेर राख कि,, 
[ म्हिटि नासर मो आटी ।। मो टी नासर म्हि आटी ।। क्हिटि नासर ङ आटी, ङ टि नासर क्हि आटि ।। ह्यारछे छे छन्द्र क्हि यादो ।। ]
अर्थात् मान्छे बसेको ठाउमा मो ( भुत, प्रेत ) इत्यादि बस्दैन । र मो बस्ने ठाउमा म्हि ( मान्छे ) बस्दैन । तिमी (सिमि) बसेको ठाउमा म (सोमि) जिउदो मान्छे बस्दैन । र म ( सोमि ) बसेको ठाउमा तिमी ( सिमि ) बस्दैनौ ,त्यसैले जाउ सिमि तिमी यो ठाउँ छोडेर जाउ,,
[ त्हुबै म्हि मि याय फे ।। सोर्बै म्हिमी युय फे ।। चु ता चुला बिलमै छैछै त्हुल खेबे नास ।। चु च्ह्याजे फुपु ङ, खेजे रूफु ङ ।। खेबै चोला ङ, खेजे ङ्हिरो ङ , ह्यार्छे छे छन्द्र क्हियादो ।। ] मरिसकेको मान्छे उक्त सिमि नासमा जानू पर्छ । र ( सोर्बै म्हि ) जिउदो मान्छे आउनु पर्छ । अर्थात् जिउदो मान्छे र मरेको मान्छे छुट्टिनै पर्दछ ।
[ टिब सैय पुर्सेटी ।। टि हुब मुय प्यार्सेटी ।। टि चबै कैय पुर्सेटी ।। टि थुब क्युय ङ्हार्सेटी ।। टिङ आछ्यो-आछ्यो क्याँय होँरो ।। टिङ आछ्यो-आछ्यो क्युय होँरो ।। टि स्यामै होँरो ।। टिङ मार्फु होरो ।। टिङ मुइफुँ होरो तिडो प्लुमा ,उडो चबै नास , च्ह्याल उडो प्लुमा , लेडो चबै नास, ]
तिमी यो धर्तिमा जन्म भयौ तिमिलाई आवश्यक कुराहरु जस्तै गाँस,बाँस,कपासको आवश्यक थियो । तेस्तै सिमि नासमा तिमिलाई यतिकै आवश्यक पर्दछ । तर यश उक्त सिमि नासमा अत्ति सहज पुर्ण ढङ्गले यी आवश्यकता पूरा हुनेछ । बस्नको लागि घर अथवा क्होइवो छ, तिमी जाडो भयमा ( मार मुइ ) सुन चाँदिक गुफामा गयर बस्न सक्छौ । माथि बाट ढाक्नको लागि मु ( आकाश ) छ । खानाको लागि तिँ ( आज ) रोपेर भोलि खान पाउछ । बिहान रोपेर बेलुका खान पाउछ । बेलुका रोपेर बिहान खान पाउछ । पिउनको लागि पानि प्रशस्त छ ।[ च्ह्याल खेकु बाद ।। च्ह्याल माकु बाद ।। च्ह्याल कर्जे म्हिन्दो न्हादा , च्ह्याल थाजे थाप्लो न्हाद , च्ह्याल ङ्ह्रग्याल नास ।। प्ह्रिग्याल नास ।। ]
तिमिले तिम्रो पुरानो पुस्ताहरु आजि खे आजि मा संग भेट हुनेछौ । खे मा संग लिन हुनेछौ । तिमी अझ त्यो भन्दा माथि माथिको गाउँ संम जान सक्छौ त्यो गाउमा च्ह्यालसि गर्न पाउनेछौ ।
नोट: यो लेख म्ले क्यु र क्याँ त्हाँसि पछिको कुरा उल्लेख गरियको छ ।
छ्याँजलो
बन्कट्टा स-क्ह्रोय क्ल्हेप्री समूह,

आँला किन बनाउछ (तले आँला लब) ?



















गुरुङ हरुको पित्री कार्य ३ दिने अर्घुम् (पैए ) मा बनाउने "आँला"
आँला किन बनाउछ (तले आँला लब) ?
आँला- मृतक पछि तमुहरुको आफ्नो
पितृकार्जे गर्द अति महत्वपूर्ण यज्ञ
यानिकी त्हें मानिन्छ| हाम्रो तमु प्येतॉ
ल्हुतॉ अनुसार यो आँला उठाएरै मात्रै
बल्ल आर्घु “पय” शुरु हुन्छ भने आँला सेलाएर
मात्रै बल्ल आर्घु सम्पन्न हुन्छ ....तर मैले बुझे
अनुसार यो हिजो धेरै पछि तिब्बतियन
बाट आएको लामाबादहरुले गर्द हाम्रो
तमु बोन धर्म खेगीहरु मधे बोनलम माथि
थिचो-मिचो गरि धेरै नक्कल गरेको छन्
यी मधे आँला पनि एउटा हो यी
लामाहरुले आँला त बनाउछ तर क्ल्हेप्री-
पच्युले जस्तो प्ये पढेको हुदैन र लामा संग
सि पय गर्ने प्ये पनि छैन किन कि
लामाहरु बुद्धको चेलाहरु हुन् बुद्धलाई नै गुरु
मान्छन वास्तवमा भन्नेहो भने बुद्धले कुनै
ढ्यांङरो बजाएर सि पय गरेको पनि
थिएन यसरी गुरु संग नभएपछि चेलासंग
कसरी हुन सक्छ र.....???
तेसैले अहिलेको २१शौ सताब्दीको
शित्क्षित बुद्धिजिबी र हामी तमु हरुले
प्रष्ट बुझ्नुपर्ने हुन्छकी झुट्टा र सत्य कसले
गरेको छन् | “आँला” किन बनाउछ भन्ने कुरा
त हाम्रो तमु क्ल्हेप्री-पच्युको आफ्नै
भाषाम पढ्ने प्ये छन् यसको अर्थ छन् आँला
बनाउनुको अर्थ हो मृतक सिमीलाई यस
नर्गलोक बाट विभिन्न प्ये छ्य ल्हु गरि
आफ्नै पितृ-पुर्खा खे-माँ सम्म लिन गराउने
बाटो हो “ल्हाँ” भनेको बाटो हो जस्तै
र्हो चलाउदा पनि अगाडी सेतो
कपडाको बनाई सिमी नासा सम्म
पुर्याउने बाटो ल्हाँ बनाउछ, तेस्तै
स्वर्गसम्म पुर्याउने बाटोलाई आँला
भनिन्छ| यो आँला पितृ कार्य गर्द ३
दिनसम्म सिमीको बस्ने घर र मसुर निशान
सिमी आउने जाने बाटो पनि हो
आँला त्हें बनाउदा सबभन्द पहिला खेगी
पच्युगुरुहरुले शुरु गर्छन जसलाई थेंचु त्हंी वा
पय थालिबा त्हें भनिन्छ यो ८ हात
बाँसलाई सिमीको क्हो प्रतिक
बनाउछन पैडीले दिएको शुभ समय अनुसार
आँला फोटाबा गरे पछि पयकार्य शुरु हुन्छ
जस्तै- दिनै लसी लब, पाह छोबा,
सोयाँसोबा, कुनी टोबा, मी
निकलिबा, कैफु चुब र मार् थोबा आदि धेरै
कार्यहरु गर्नुपर्ने हुन्छ खेगी गुरुहरुले
सिदल्हिब, मनेलब, सिमी न्हफुइबा र
चैप्लिटेब अथवा क्ल्हेगुरुहरुको पुकार गर्ने प्ये
हरु पढ्छन आँलालाई च्ह-च्हमे ङे हुई ट्हो-
स्यों आफन्तजान सबै ले प्रसाद अर्पन गरि र
सबै सिंगार पटार गरि सके पछि पच्युले
ह्यार्गा र पदछ्याँबो अर्थात् तौदु र
ट्यांकी बजाई आँला उठाउने कार्य हुन्छ
यसरी आँला बनाई सकेपछि ३ दिनसम्म तमु
खेगी गुरुहरुले आँलाको बारेमा प्येहरु आफ्नै
भाषामा पढेको हुन्छ जस्तै पच्यु गुरुले
सिमी आत्मा (प्लह) लाई विभिन्न चैकु
मोकु रहिकु थाकु र टहिकु मोदें चाब चैदें
फ्रेबा त्हेंहरु गरि यिनै आँलाको बाटो
भएर फकाउदै आपनो जग्गेमा ल्याउछन् जो
लह्स्यारेनेहं लाकोईखो भनि प्ये पढछन्
अनि सिनाम्रो त्हेंमा पनि भनेको छकी
‘’ क्योमी त आँला मिन्दुए फिरो क्यों
सुसोदो क्योए च्हक्होजा करालु तोह्जी
क्योए च्हमेंक्होजा करमु कुथो लाजी
कोरोह्बा-म्हाब लब क्यों ङीदो, म्हिक्र
म्हिचोमै स्याबा –म्ह्याबा लब क्यों
ङीदो, क्ल्हेप्रि पच्युजी प्ये तुह्राबा
क्यों ङीदो” भनेर प्ये पढेको हुन्छन पच्युले
जस्तै क्ल्हेप्रिले पनि धेरै प्येबिधिहरु गरेको
हुन्छन तेसैले प्ये अनुसार विधि पुराउनु नै
पितृ कर्जे पय को सफलता मानिन्छ| जय
तमु प्येतॉ ल्हुतॉ |

नेपालमा बोन धर्म मान्ने जातिहरु











नेपालमा बोन धर्म मान्ने जातिहरु !
१. तमु जाती
२. चिमतन जाती मुस्ताङको कागबेनी र टुकुचे झाँक्री मान्ने थकाली ।
३. छन्त्याल जाती 
४. छेरोतन जाती,मुस्ताङको पाँच गाउँ,छैरो गाउँ,झाँक्रिबाद
५. जिरेल जाती,दोलखा जिल्ला,जिरु र जुगु झाँक्री
६. ठिनताल जाती,मुस्ताङजो टुकुचे र कागबेनी बोन्पो
७. डोल्पा,डोल्पाली बोन
८. ताङ्बे मुस्ताङको बारा गाउँ बोन्पो
९. थकाली जाती थाकखोला ,बोनपो
१०. दुरा जाती,लमजुङ दुर डाँडा बोन्पो
११. मनाङे बोन घ्याप्रे लामा
१२. ल्होमए जाती सँखुवसभाको अरुण नदिको किनर बोनपो धामी
१३. सुरेल जात्,दोलखाको सुरे खोला झाँक्रिर राइ लिम्बु झाँक्री ।
१४. मगर झाँक्री
१५. तमाङ बोनपो
अदी स्रोत
तमु साँस्कृतिक दिगदर्शन
प्राज्ञ पैँडी ईन्द्र बहादुर अदी लेम तमु
गिलुङ लमजुङ नेपाल