ad

पच्युको घरमा पय अर्थात अर्घौ परेको छ भने ख्राल तान्ने विधी

यदि पच्युको घरमा पय अर्थात अर्घौ परेको छ भने ख्राल तान्ने कार्य अनिवार्य रुपमा गर्ने गरिन्छ । पच्युवाहेकको घरमा भने ख्राल तान्ने कार्य गरिदैन । यसमा मृतकलाई पितृमातृसंग लीन गराउने काम हुन्छ । यसपछि अन्तिमपटक पयघरभित्रबाट ख्राल निकाल्छन् । ख्राल तान्दा कालो बोकाको बलि दिएर विभिन्न देवदेवीलाई आह्वान गर्ने गरिन्छ । बलि दिएको बोकाको टाउकोसहित सर्वाङ्ग छाला काटेर त्यसको जिब्रो पयको कार्यभार सम्हाल्ने प...च्युले आफ्नो दातले च्यापेर रिच्हमी (चेलीवेटी)हरुले त्यसलाई नदेख्नेगरी ढाँक्छन् । पच्युहरुले ढ्याङ्ग्रो बजाई नौ तालमा विभिन्न मुद«ाहरु प्रर्दशन गरेर नाच्छन् । त्यहो ख्राल घरभित्रबाट तान्दै वाहिर आँगनमा लतारेर ल्याइन्छ । ख्राल तान्नुको अर्थ मृतकको आत्मा भूतप्रेतले स्वर्गलोकमा पु¥याओस् र अर्घौ गर्ने घरमा कुनै पनि भूतप्रेतले दुख नदिऊन, मृतकका घरपरीवारमा शान्ति र सुख होस भन्ने अपेक्षा राखेको हुन्छ ।

तस्विरमा स्कर्फभित्र पच्यु गुरुले बोकाको टाउकोलाई आफ्नो मुखले समातेको छ भने चेलीवेटीहरुले त्यसलाई छेक्ने प्रयास गरीएको छ ।
 
प्रस्तुत:- देवीजङ्ग तमु

No comments:

Post a Comment