म्होसी त्हेँ किन गरिन्छा ? मृतक आत्मालाई प्रेतात्मा सर्बिमों बाटा मुक्त गरि स्वर्गमा खेकु-माङी पितृ संग लिन गरिन्छ यो प्ये ल्हु - शास्त्र बिधि खेगी पच्युगुरु बाटा गरिने एउटा महत्वपुर्ण तमु जातीय यज्ञा (त्हेँ) हो ! चैकु,मैकु,रिकु थिकु यी मों ले गर्द मानिस ३ कालमा मृतु हुन्छन ! बच्चाकाल , बुढेसकाल र आकाल, जो आकालमा मृतु हुने जस्तै " पोरोई चब , सीई चाब , मिई चब ,क्युई चब , र मोई चब अर्थत- भिर,रुख,आगो,पानी,बाघले खाएको र विभिन्न नराम्रो घटना भएर मृतु हुने सिमीलाई प्रेतात्मा सर्बिमोंले सराप दिई नर्गलोक पुग्ने बजय बायु लोकमा पुग्छन यिनै आद्रिस्या प्रेतात्मा सर्बिमोंको शक्तिले गर्द हावाको रुप लिएर जिबित मानिस लाई दुख-बिमार गर्ने तर्साउने आदि गर्छन तेसैले जो बिकालमा मृतु हुने सिमी लाई म्होसी गर्न आति जरुरि छ ! पहिला सिमीलाई बायु लोक बाटा नर्ग लोकमा ल्याउछ र तेसपछी स्वर्गमा पुरयाउने प्ये ल्हु छ्या गरिन्छ र स्वर्गमा पुगे पछि बल्ल पितृको आत्माले शान्ति पाउछ !!!
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjd0rXCzbjPkNIWeac9N64g9IMDG6uw8tr6p4NrRkGOI-rcjdM-LoGJcbwPvgu2C_Eb-V-PLm74SmZk6jJteICNOy-XS8GpLxXrwSMCzXswqg1ISdNTNFBo8wZYKcIQPlwutNK41dWOjpAc/s400/249186_524224914292080_1339133099_n.jpg)
No comments:
Post a Comment