ad

Friday, March 9, 2012

तले मोँ तोँब? प्रेतात्म किन छुट्याईन्छ?
















तले मोँ तोँब? प्रेतात्म किन छुट्याईन्छ?
मानव मृत्‍यु पछी मृतकको प्ल्ह (हंस) लाई प्रेतात्माहरुले आफ्नो अधिनमा लिईराखेको हुन्छ र मृतात्मा यही मृत्‍युलोकमा भौंतारि रहन्छन। मृतकले आफ्नो जीवनकालमा जान-अन्जानमा गरिएको सबै पाप बाट मोक्ष प्राप्त गर्न र प्रेतात्मको बन्धन बाट मुक्त्त भई फेरी पुनर्जन्मा प्राप्त गर्नको लागि थुप्रै धार्मिक यज्ञ र बिध्या विधी गरी १८ लोक पार गराउनु (तार्नु) पर्दछ। ती मध्येको पहिलो लोक प्रिथिवी (मृत्‍युलोक) हो मृत्‍यु पस्चात गर्नु पर्ने विभिन्न धार्मिक कार्यविधिहरु मध्येको मृतसंस्कार पछी गाउँठाउँ अनुसार तुरुन्तै, या तीन, सात वा नौ दिनभित्र गर्नु पर्ने विधी मोँ तोँब बिधी हो। यस विधिमा मानवको मृत्‍यु पछी मृतकको आत्मलाई "सदरमैं क्ल्ह्ये" (प्रेतात्मको राजा) ले बन्धनमा थुनेर दु:ख दिई राखेको हुन्छ। तेसैले यो मोँ तोँब विधी गरेर मृतकको हंशलाई शुरुमा छोगोँ (चिहान) मा ल्याएर राखिन्छ, त्यसपछी धार्मिक विधी गरिएको यज्ञमा ल्याई कुखुराको अंगमा प्रवेश गराईन्छ। त्येसबेला कहिलेकहीँ घरपरिवार तथा आफन्तहरुको अंगमा पनि चढ्न सक्छ र जिवित छँदा भएका तथा बिर्किएका कुराहरु पनि गर्दछन। त्येसरी मृतात्म चढेपछी धार्मिक विधी अनुसार पच्यु गुरुहरुले प्रेतात्मसँग छुट्याउने कर्म गर्दछन भने क्ल्हेप्री गुरुहरुले हाँसलाई स्वोर्गपथ देखाउँदै स्वोर्ग प्रवेश गराउने कर्म गर्दछन जस्लाई थासोँ वाव, प्ल्ह सव भनेर भनिन्छ। त्येसैले मानव मृत्‍यु पस्चात गरिने मृतसंस्कार अन्तर्गतको ज्यादै महत्वोपूर्ण विधी हो मोँ तोँब।

छैर्गसोँ (धन्यवाद)
पच्यु पैंडी चिव यारजङ् क्रोम्छे तमु
बिस्त्रित जानकारीको लागि नेत्र टु क्ल्हेप्री तमु
तमु प्ये ल्हु संघ युके

No comments:

Post a Comment