ad

Monday, February 27, 2012

तमु युवा पुस्ता(छ्याऊँडु सेब)नाच्दै आफ्नो परम्परा बचाइराख्न तमु युवाहरु लागिपरेका छन् ।


















छ्याऊँडु सेब (सामुहिक नृत्य): हाल आएर तमुहरु यस नाचलाई छ्याङटु भन्ने गर्दछन्। परम्परागत शब्द चाहिं छ्याऊँडु सेब नै हो। प्ये (तमु शास्त्र) को अनुसार पुरानो भाषा ( चोँ ) अनुसार 'छ्याऊँडु'को अर्थ मिस्सिनु हो भने 'सेब' को अर्थ नाच्नु हो। अतः स...ामूहिक रुपमा मिस्सिएर नाच्नु नै छ्याऊँडु सेब हो। अर्को तर्फ छ्याऊँडुको अर्थ स्वागत पनि हुन्छ। अर्थात पितृ (सीमी) हरुको स्वागतार्थ नाचिने नृत्यको नाम हो छ्याऊँडु सेब।
संक्षिपमा भन्नुपर्दा सीमी (पितृ) र सोमी (जीवित) हरुको स्वागतार्थ सवै मिस्सिएर सामूहिक रुपमा नाच्नुलाई *छ्याऊँडु सेब* भनिन्छ। यस प्रकारको नृत्यमा बाजाका विभिन्न तालहरु बजाईन्छन्, जसलाई 'पार्क' भनिन्छ। त्यस प्रकारका पार्कहरु आठदेखि बत्तीस प्रकारका हुन्छन्। यस प्रकारका तालहरु बजाउने क्रमलाई गुरुहरु 'पार्क क्लोब' भन्दछन्। यी पार्कहरु निम्न दुई भागमा विभाजन गरिएको पाइन्छः

क) सीमी पार्क
ख) सोमी पार्क

सीमी पार्क भन्नाले दोवाटो देखि ह्रि(अस्तु) लिएर आएदेखि भरे बेलुकी क्ल्हेप्रीले प्ल (डुग्री) मा आस्योंक्वैं, स्योंदरक्वैं (मावली कात्रो) नआउन्जेल सम्मको स्थिती भन्ने बुझिन्छ। सीमी पार्क पछिका सम्पूर्ण पार्कहरु सोमी पार्क अन्तर्गत पर्दछन्।

यसप्रकारको नृत्यमा पार्क खेल्दा छोरीवेटीहरु वीचमा र अन्य पुरुष तथा भद्र भलाद्मीहरुले घेरा मारेर समूहमा नाच्दछन्। यस भाकाका पार्कहरु अतः सोमी पार्कहरु अघिपछि जुनसुकै वेला जुनसुकै कार्यक्रममा नाचे पनि फरक पर्दैन। तर सीमी पार्क भने केवल अशुभ कार्यमा मात्र बजाईने हुनाले जुनसुकै बेला बजाउन अनुमति छैन।

साभार: नेत्र तमु । यूके







No comments:

Post a Comment