म्होसी
त्हेँ किन गरिन्छा ? मृतक आत्मालाई प्रेतात्मा सर्बिमों बाटा मुक्त गरि
स्वर्गमा खेकु-माङी पितृ संग लिन गरिन्छ यो प्ये ल्हु - शास्त्र बिधि खेगी
पच्युगुरु बाटा गरिने एउटा महत्वपुर्ण तमु जातीय यज्ञा (त्हेँ) हो !
चैकु,मैकु,रिकु थिकु यी मों ले गर्द मानिस ३ कालमा मृतु हुन्छन ! बच्चाकाल ,
बुढेसकाल र आकाल, जो आकालमा मृतु हुने जस्तै " पोरोई चब , सीई चाब , मिई
चब ,क्युई चब , र मोई चब अर्थत- भिर,रुख,आगो,पानी,बाघले
खाएको र विभिन्न नराम्रो घटना भएर मृतु हुने सिमीलाई प्रेतात्मा
सर्बिमोंले सराप दिई नर्गलोक पुग्ने बजय बायु लोकमा पुग्छन यिनै आद्रिस्या
प्रेतात्मा सर्बिमोंको शक्तिले गर्द हावाको रुप लिएर जिबित मानिस लाई
दुख-बिमार गर्ने तर्साउने आदि गर्छन तेसैले जो बिकालमा मृतु हुने सिमी लाई
म्होसी गर्न आति जरुरि छ ! पहिला सिमीलाई बायु लोक बाटा नर्ग लोकमा ल्याउछ र
तेसपछी स्वर्गमा पुरयाउने प्ये ल्हु छ्या गरिन्छ र स्वर्गमा पुगे पछि बल्ल
पितृको आत्माले शान्ति पाउछ !!!
सत्ययुगमा
तमु क्ल्हेप्री-पच्युहरुको प्ये शास्त्रमा उल्लेख गरिएको अनुसार तमु
सृष्टीकर्ता क्लहे गुरु हरुले कुनै पनि समाचार यानिकी खबरहरु यी पंक्षीहरु
देखि पठाउने र ल्याउने गर्थ्यो भनिन्छ र यसरी मतद गरे पछि यी पॅक्षीहरुले
आफ्नो आफ्नो माग अनुसार आशिक-बर पनि पाएको हुन्छन| तमु च्वो क्युई भाषामा
यिनीहरुलाई सारुच्ह्या (डाङ्ग्रे), नाप्रोच्ह्या (माखा), थोक्रक्रोये
(गिद्धा) र च्ह्याप्रुमै (काक) भनिन्छन|
"वास्तुशास्त्रीय विचार"
पूर्वीय ज्ञानानुशाशनको विविधविधाहरु मध्ये बस्तुशास्त्र पनि
एउटा अत्यन्त प्राचिन र बहुपयोगी शास्त्र हो| कुनै पनि बस्तुको अर्को
वस्तुसंग हुने परिक्षसम्बन्ध र त्येसको प्रभावको अध्ययन बिश्लेषण
वास्तुशास्त्र अन्तर्गत गरिन्छ, मानव जीवनशैलीमा तल प्रस्तुत गरिएको ८
बस्तुतत्वहरु जो "आकाश, हावा, पानी, पर्वत, काठ, अग्नि, भुमि र फलामको
अन्योन्याश्रित सम्बन्ध रहेको प्रत्यक्ष
देख्न सकिन्छ| मानव शरीरमा यिनै ८ तत्वहरुले बनेको छन् जसलाई तमु चि अनुसार
पार्ग प्रे भनिन्छन| यी मध्ये कुनै एकको पनि सन्तुलन बिग्रन पुगेमा मानव
शरीरमा अनेक रोगहरुको संक्रमणमा पुग्दछ| यिनै ८ तत्वको यथास्थान सन्तुलनले
मनुश्यको अवास पनि सुखी र सुन्दर बन्दछ भने सन्तुलन नभएको आवासले
दीर्घकालीन सुख,समृद्धि अवश्य दिनसक्दैन | अब यसलाई हामीले उमेर अनुसार यी
८ पर्ग कोठामा प्रयोग गर्न सकिन्छ प्रतेक कोठामा वर्गहरुले एक वर्ष भोग
गरेको हुन्छ र पुर्व,पश्चिम,उत्तर र दक्षिण चाही २/२ वर्गको कोठा हुन्छन,
एक चक्करमा ८ वर्ष पुरा हुन्छ| अब उमेर गन्ति गर्नेपर्दा पुरुषको कोठ
यानिकी जन्मा घर दक्षिण पार्ग ल्ही हुन्छ र दक्षिणबाटा नैरित्ते पार्ग खुई
तर्फ घडीको रुप लैजानु, अनि महिलाको जन्मा घर चाही उत्तर खाँ हुन्छ गन्ति
गर्दा उत्तर् बाटा पार्ग खें घडीको उल्ट रुप लैजानु र जुन पार्ग कोठामा
पर्छ तेही कोठा अनुसार आफ्नो शुभ-अशुभको फल हुन्छ| जस्तै ३ वर्ष पुरुषको
भन्नपर्द पुरुषको जन्म घर दक्षिण पार्ग ल्ही बाटा गिन्त गर्द नैरिते पर्ग
खुईमा २ वर्ष, पश्चिम पार्ग त कोठामा पुग्दा ३ वर्ष भयो | एबमरीतले गन्दै
गन्दै जानु र त्येस्तै गरि महिलाको उल्ट रुप उत्तर खाँ बाटा गन्ति गर्नु
पर्छ |
"तमु चि" ( गुरुङ ज्योतिस )
हामी तमु जातीमा पनि विभिन्न किसिमको शुभ-अशुभ (त्हेॅ) गर्दखेरि
"तमु चि" लाई महत्वपूर्ण मनिन्छ तेसकारणले यसको पनि केहि जानकारी गर्नु अति
जरुरी देखिन्छ |
मानिस जन्मदेखि मृतुसम्मा दैनिक कार्य स-सम्पन
गर्नेदेखि जो भुत्काल्देखी बर्तमानकाल सम्मको जानकारी लिई भाबिश्यमा पर्ने
आउने घटनाको सम्भावानको सतर्कता अपनाउने सम्माको लागि ज्योतिष विध्यलाई नै
प्रयोग गर्ने गर्दछन, कलियुगलाई विज्ञानको
युग भनिन्छ भने ज्योतिष बिज्ञान लाई ज्योति भनिन्छ, पृथ्वीमा रहेको सजिब
प्राणीहरुको क्रियाकलदेखि निस्किने उर्जाको परिणामको बर्णन गर्ने पद्धतिलाई
"चि" भनिन्छ | चि" सम्पूर्ण सृष्टिको सास हो | चि लाई जापानले "की"
भारतले "प्राण" तिब्बतले "फोङसुई" भन्दछन | "चि" अदृश्य शक्ति हो, चि न
देख्न सक्छ न छुन सक्छ न सुन्नसक्छ | तर त्यसको प्रभावबाटा परिचित हुन्छौ |
त्येसको फल भोगिरहेको हुन्छौ | तमु चिको हेरखोर गर्नेलाइ दिनालय (पैडी)
भानिन्छ जो खासगरि तल लेखिएको "ल्हो, पार्ग, र मेउ बाटा हेर्खोर गर्ने
गरिन्छ |
"तमु यानिकी गुरुङ जातीको पुरोहित बोन धर्म मान्ने पच्यु,क्ल्हेप्री, बोन्पो लम हो कि.... बुद्ध धर्म मान्ने लामा हो त ?"
वास्तबिक भन्ने हो भने धर्म मान्नु भनेको आफ्नै जातीको कुल-पितृलाई
मान्नु हो, जो परम्परा देखि पुर्खाहरुले मान्दै आइरहेको छन्| तेस्तै तमु
जातीको पनि प्रकृतिक उत्पति भएर अएको कुल-पितृ छन् जो तमु भाषामा खे र माँ
अर्थात् बाबा र आमा भनिन्छ, हामी तमुहरु यिनै खे-माँ को सन्तान हुन्, यसरी
हाम्रो खे-माँहरु प्रकृतिक उत्पति भएर अएको हुनले यस धर्तीमा दुष्ट
आत्माहरु बाट मुक्त हुनको लागि आफ्नो तमु सन्तानलाई सुरक्षा र मुक्तिको
लागि विभिन्न शक्ति र बिधिहरु अपनाउनु परेको थियो, र यिनै खे-माँ को
ज्ञान- शक्ति, आशिर्बाद बिधिलाई यानिकी प्ये पढ्ने खेगी पच्यु,
क्ल्हेप्री र बोन्पो लम लाई नै हाम्रो तमुको बोन धर्म पुरोहित भनिन्छ, तर
बुद्ध धर्म चाही वहाँको ज्ञान जस्तो भए पनि हाम्रो तमु जातीको कुल-पितृ
होइन, किन कि वहाँ एक सक्यावंशमा जन्मिएको सिद्धार्थ गौतम हुन् तेसैले तमु
जाती वहाँको सन्तान भन्न पनि मिल्दैन र यस बुद्ध धर्मलाई तिब्बत बाट अएको
लामाहरुले मान्दै अएको छन्, तेसैले बुद्ध धर्म मान्ने लामा, तमु जातीको
पुरोहित होइन | तमु जातीको पुरोहित (खेगी) बोन धर्म मान्ने
पच्यु,क्ल्हेप्री र बोन्पो लम नै हुन् |
लामा र लम भन्ने पनि फरक
छन्, लामा भनेको तिब्बेतियन बाट अएको बुद्ध धर्म मान्ने पुरोहित लाई
भानिन्छ, भने लम भनेको बोन धर्म मान्ने खेगी लाई भानिम्छ, जो तमु
शास्त्र-प्ये मा यी ३ खेगी हरुलाई यसरी भनिएको छन्, लम क्होइबो- बोन्पो लम,
उर्ग्येनी प्होइबो-क्ल्हेप्र र पच्यु ल्हारें- पच्यु भनि शास्त्रमा उल्लेख
गरिएको छन् |
बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विबादहरु देखा
नपरेको होईनन् | विशेष गरेर तिब्बतियन लामाबादको प्रचलनले गर्दा नै तमु
समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ | लामाबादहरुले सिंगो तमु
समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको
सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ | हामी तमुहरु गौतम बुद्धको सन्तान
होईन, तमु प्राकृतिक शक्तिदेखि माथि
आकासबाट उत्पति भएर अएको खे-माँ को सन्तान हुन्, यसरी तमु पुर्ब प्रचिनकाल
देखि उत्पति भएर अएको हुनाले विभिन्न प्रकृतिक तथा दैबी समस्याहरु संग पनि
जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो | तर यी
तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार,रितिरिवाज र भाष के थियो भनेर धेरै
पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र ? हामी
तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ
पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ, जो वहाँसम्मा
पुग्न लाइ अनगिन्ती मार्गहरु छन्, जो प्ये-बिधि, खोला-नाला, डांडा,उकालो
ओरालो यी सबै परमेश्वरले नै सृजना गर्नु भएको थियो प्रभु पर्मेस्वारले यस
सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नु हुन्छ यो वहाँको लीला अपरंपार छ , हुन त
कुनै पनि जिऊदो शरीर प्रमेस्वर कहाँ पुग्न सकिदैन| तर यो जिउदो शरीरलाई
दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेस्वोर संग बाच्चामा बाँधिएको
थियो | यस बाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र
बलि दिनुपर्ने हुन्छ| जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा
प्रमेस्वोर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट
आत्माले जना दिदैन सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, तेसैले
यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेस्वोर यानिकी
शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि
एक बिकराल शक्ति उत्पन्न गर्नु भयो जसलाई तमु शास्त्रमा यस बिकराल
शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी
शक्ति लाइ पुगारी ती दुष्ट आत्मा बाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि
प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जा
बाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा " पुराउने
महायज्ञ गर्नु पर्छा जसलाई "पय" भानिन्छ हामी तमु हरुले बलि दुष्ट आत्मालाइ
र प्रभुको बिकराल शक्तिलाई फैलंग को नाममा चढाउने गर्छन |
सत्ययुगमा कर्जै क्ह्यालाको (पय) अर्घु|
तमुहरुको सृष्टिकर्ता कर्गली क्ह्यालाको छोरा करजै क्ह्यालाको
अर्घु-पय सत्ययुग्मै भएको थियो भनि हाम्रो बोन धर्म खेगी क्ल्हेप्री
पच्युको प्ये शास्त्रमा पनि उल्लेख गरिएको छन| यस पयको बारेमा म केहि
जानकारी दिनु चाहन्छ| जब कर्गली क्ह्याला यस धर्तीमा उत्पति भएपछि सब भन्द
पहिला त आफु कसरी जन्म भयो, मलाई जन्मा दिने आपा-आमा को थियो र दिन-रातको
बारेमा अनुसन्धान गर्न थाल्यो| कर्गली
क्ह्यालले आफ्नो छोरा कर्जै क्ह्यालालाई एउटा सुनको मथुसमा राखी र उसको
हेरचाहाको लागि नालेजोफि लाई जिम्मा दिएर आफु चाही आकाश र धर्तीको बिचमा
गएर आफु कसरि जन्मा भयो भनि ध्यान गरेको थियो यस्मा माथि आकाशबाट एउटा ठुलो
शक्तिशाली डल्ला तल धर्तीमा आएर फुट्यो पछि आफु जन्मा भएको रहेछ भनि थाहा
पाए पछि आकाशलाई बाबा भनि प्रणाम गर्यो र धर्तीमा आएर जन्मा भएकोले हुनाले
धर्तीलाई माता भनि प्रणाम गर्यो | तेसपछि फेरी दिनको बारेमा रचना गर्न
थाल्यो र आफ्नो शक्तिले ९ सुर्य र ७ चन्द्रमाको उत्पति गरेपछि उज्यालोले
गर्द दिन भयो| दिन त भयो तर ९ सुर्य र चन्द्रमाको धेरै तापले गर्दखेरि
धर्तीमा भएको सम्पूर्ण प्राणीहरु मर्न थाले अनि आफ्नो छोरा करजै क्ह्याला
पनि यिनै तापले गर्द खेरि मृतु हुन्छन अनि हेरचाह गर्ने फिंले माखा
(नाप्रोच्याहा) लाई छोरा मृतु भयो भनि कर्गली क्ह्याला कहाँ निरा खबर पठाउछ
तर कर्गली क्ह्यालले पत्याउदैन र काक् (च्ह्याह्प्रुमै) लाई पठाऊछ काक् को
कुरा पनि पत्याउदैन फेरी गिद्धा (थोक्रक्रोये) लाई पठाउछ बल्ल पत्याउछ र
आफ्नो ध्यान छोडेरा तल छोरा भएको ठाउमा आउछन र आफुले रचेको सुर्य र
चन्द्रमा को तापको कारणले मोरेको हो भनि सबै कुराहरु थाहा भएपछी कर्गली
क्ह्यालले भन्छ यदि मैले रचेको ९ सुर्य र ७ चन्द्रमाको तापले गर्द मेरो
छोरा मोरेको हो भने यो ९ सुर्य र चन्द्रमा लाई सबै राहुल दैंत्यले खाओस भनि
श्राप दिन्छन अनि शक्ति राहुल दैंत्यले सबै सुर्य र चन्द्रमा लाई खाइदिए
पछि संसार पुरा आंधेरो हुन्छन| रात भयो अब मेरो छोरा मोरेको छैन भन्छन्|
पछि मृतु छोराको शरीर बाट आत्मा बोलेको हुन्छ किन कि त्यो सत्ययुगको बेलामा
डुंगा माटो पनि बोल्ने शक्ति थियो भनिन्छ छोराले बाबा म मोरिसकेको छु तर
मैले यो विभिन्न मों-पिचासले गर्द स्वर्ग जाने बाटो (क्यांआयोइमो) पाएको
छैन त्येसैले बाटो खुला गर्नको लागि आर्घु (पय) गरिदिनु भनि आफ्नो बाबालाई
भन्छन| अनि पय लागि सरसल्लाह गरि खेगीहरुलाई बोलाई यज्ञ-पयको त्हें शुरु
हुन्छ पय आज थाल्ने भोलि उज्यालो भएपछि मात्रा फाल्ने भनि निर्यण हुन्छ
रात-रात भारी प्ये पढ्दै गयो तर उज्यालो चाही कहिले हुदैन| पछि किन उज्यालो
हुदैन भनेर कर्गली क्ह्यालले ध्यान गरेर हेर्दखेरि घाम र जुन त राहुल
दैंत्यको पेटमा भएको देखिन्छ त्येई भएर रात भएको रहेछ भनि थाहा हुन्छ| फिरी
सरसल्लाह हुन्छ कि यो राहुल दैंत्यको मुखबाट १ घाम र १जुन कसले निकाल्न
सकिन्छ? भन्दखेरि काक चराले भन्छ कि मैले देखेको छु उत्तर दिशामा बस्ने
त्होम पच्युले निकाल्न सकिन्छ भन्छन र काक चराले त्होम पच्युलाई लिएरा
आएपछि कर्गली क्ह्यालाको सल्लाह अनुसार पच्युले यज्ञ शुरु गर्छन त्यस
यज्ञामा सम्पूर्ण भेला भै शक्ति राहुल दैंत्यलाई पनि उपस्थित गर्छन| त्होम
पच्युले आफ्ने शक्ति चरालाई पाह्थीको दन्डको ढाड र बाँसको सिन्काको खुट्ट
बनाउछ अनि कपडा लगाइदिन्छ र त्यो चराले सबैको सामुख गाना गएर नाच्छन|
"मेरो पाह्थीको ढाड बाङ्गो भए भोस , मेरो बाँसको सिन्काको खुट्ट भाँचे
भांचोस भनि" माथि माथि, तल तल, बाङ्गो टिङ्गो नाच्द खेरि त्यहाँ भएको सबै
जना त्यो चराको नाच र गाना सुनेर हाँस्छन् अनि राहुल दैंत्य पनि खप्नु
नसकेर दूई पटक हांसी हाल्छ र एउटा घाम र जुन मुखबाट निस्की हाल्छन र
उज्यालो हुन्छ| उज्यालो भएपछि करजै क्ह्यालाको ह्रोलाई फाल्ने शुरु हुन्छ
यसरी धेरै लामो समय सम्म रात भएकोले हुनाले हिसाब गर्द खेरि २४ घन्टाको
हिसाबले ३ रात यानी कि ३ ल्होले भोग गरि सकेको रहेछ| तेस्पछि कर्गली
क्ह्यालले छोरालाई स्वर्ग पुराउनको लागि एउटा भेंडाको साँर दिन्छन र त्येस
भेंडाको साँरलाई रथ बनाई स्वर्ग जाने बेलामा अरु गाउको सिमीहरुले पनि
भन्छन यसरी भागुवानको छोरा स्वर्ग पुगिन्छ भने हामी पनि यसकै साथ साथमा
जानु पर्छ भनि पछि लाग्छन र उनै रथमा चढी करजै क्ह्याला संग स्वर्गमा
पुग्छन र पछि कर्गली क्हयालले ध्यान गरि हेर्दखेरी स्वर्गमा पुगेको रहेछ
भनि थाहा हुन्छ| यसरी मानव आत्मा लाई मृतु पश्चात् यस नर्गबाटा स्वर्गमा
पुग्नलाई अति महत्वपूर्ण कर्मकाण्ड पय गर्न पर्ने रहेछ भनि सत्ययुग देखि नै
यस प्ये बिधिलाई निरन्तर दिदै अएको देखिन्छ |
Chun Plheme Tamu तमु
खेगी पच्युको आपाक्हार्बोये प्ये शास्त्रमा यो गिद्धालाई पनि उल्लेख
गरिएको छ तमु प्ये अनुसार यसलाई "थोक्रा क्रोये" भन्निन्छ| आपा काहार्बो
भनेको हाम्रो तमुहरुको सृष्टिकर्ता गुरु थियो| आपा काहार्बोले आफ्नो ९ जाना
छोराहरुलाई लिएर माथि लेखको भिरमा मौरी (कोय) काट्न भनि गएको थियो मौरी
चाही माथि भिरको ओडारमा भएको हुनाले भर्याङमा चढी जानुपर्ने थियो र
छोराहरुलाई मौरी काट्न पठाउछ तर कोइ पनि मान्दैनन पछि कान्छ छोरा चाही धेरै
ज्ञानी थियो बाबा मौरी काट्न म् जान्छु भन्यो र बाबाले कान्छ छोरा सानो
बच्च्च भएको हुनाले जना दिदैनन र आफै भर्याङमा चढी माथि ओडारम मौरी
काट्नलाई पस्छन तर अज्ञानी छोरा हरुको कारणले गर्द आपा कहार्बो चाही तल
झरना सक्दैन र माथि भिरको ओडारमा बसिरहेको हुन्छ | पछि गिद्धा (थोक्रा
क्रोये) कोरें गएर भान्छ कि ये आपाकाहार्बो यदि तपाइले मलाई आशिक-बर दिन्छ
भने म् तपाइलाई बोकेर लैजान्छु भन्छन| आपकहार्बोले हुन्छ म तिमीलाई आशिक-बर
दिन्छु भने पछि थोक्रक्रोयेले आपा काहार्बोलाई बोकेर लान्छान जाँदा जाँदा
लेखको पाहडमा पुग्द थोक्रा क्रोये लाई पानीको तिर्खा लाग्छन ये आपा कहार्बो
मलाइ त पानीको तिर्खा लग्यो यस्तो पहाडमा पानी कसरी पाउन सक्छ भन्द आपा
कहार्बोले आफ्नो धनुष बाण निकाली भन्छ कि यदि म सत्तको आपा कहार्बो हो भने
मेरो यो बाण जहाँ लाग्छ त्यहाँ बाटा रसाएर पानीको मूल निस्किनु भनि बाण
हन्छन र पानी निस्किन्छ अनि थोक्रा क्रोये लाई थाहा हुन्छ कि यो साच्चिकै
सत्तको आपा कहार्बो रहेछ| पानी पिए पछि फेरी आपा कहार्बो लाई बोकेर
भनेको ठाउमा पुर्याई दिन्छ र आपा कहार्बोले थोक्रा क्रोयेलाई आशिक-बर
दिन्छन तिमीले मलाई बचाउन ठुलो मदत गर्यौ त्येसैले म् तिमीलाई लामो
दिर्घायु दिन्छु एक हाजार वर्षको परमायु होस्, टाढ टाढ सम्म देख्न सकोस र
यस धर्तीमा जत्ति पनि मोरेको सिनो खाना पाओस अनि जता भए पनि थाहा पाओस भनि
आशिक दिन्छन र आशिक पाए पछि थोक्रा क्रोये (गिद्धा) उडेर माथि लेखमा जान्छन
|
(त)
घोडा तमु धर्म गुरू पच्यु क्ल्हेप्रीहरूले (पुइबे त) अथवा बोक्ने घोडा
(सवार यात्रा) भनेर प्ये मा पढेको हुन्छ । (था) थाँसो नराम्रो गन्ध,अर्थात
दोष,भुत (मो) अ।दि थास्वो हो । (था) लागेपछि हुने विभिन्न कृयाकलपहरू जस्तै
(प्होँवा)कल गर्ने,(क्रोवा)रूने,(नेस्योवा
(ङ्रिना) हाँस्ने,(प्हुर्था सुर्था) रँ रँ फोँ फोँ) अथवा सुन्निने,
(सिन्डे म्हिन्डे) सिग्या म्हग्याँ) मर्ने मृत्यु हुने हराउने अ।दि यो था
(मो) दोष थाँस्वो नराम्रो गन्धले लागेर भएको भनेर क्ल्हेप्रीहरूको थाँस्वो भन्ने (प्ये)डाँडिमा भनिएको छ ।
था अ।फै उत्पत्ति भएको भनेर बुझ्न सकिन्छ । म (क्रोँजेत क्रोँजे नाशा)
पतल देखि उत्पति भएर सबै भन्दा पहिला घोँडालाइ लाग्दछ भनेर प्येमा उल्लेख
गरिएको छ । घोँडाको (क्ल्हे)गोसाइले बेलुकि राम्रो सँग बाधेको हुन्छ ।
घोँडालाइ था लागेको कारण घोँडा रातमा अ।फै अरू मनुष्यको वालि नालि (धान)
खान जान्छ । फेरि बिहान भएपछि घोडा अ।फ्नै ठाउँमा जस्ताका तस्तै बाँधिएको
अवस्थामा (क्ल्हे) गोसाइले भेटिन्छ । यसरि पहिलो,दोस्रो दिन गरि
अर्काको खेति वालि लाइ धेरै हानि बनाइदिने गर्छ । यसरि खेति बालि (धानको)
गोसाइले घोँडा दिनमा नअ।उने राति भएपछि अ।उने गर्दा रातमा कुरेर बस्दा घोडा धान खान अ।उने क्रममा जस्को घोडा भए पनि भउस भनेर धानको गोसाइले घोडालाइ (मे त्हने) धनुष वाणले प्रहार गर्छ ।
यसरि घाइते भएको घोँडा,,रगताम्मे भएर गोठमा नगइ सिधै (त प्रागा च्ह्योए
च्हारोसि,म लोन्दो प्रोए ङ्हीरोसि) अथवा चुचुरो लेक भिरमा गयर घोँडा अ।फै
पल्टिन्छ र तल फेदिमा गएर मर्छ । यसरि मरिसके पछि सिनोलाइ (च्ह्याप्रुमै)
कागले ठुङ्दा कागलाइ था ले भेटेको हुन्छ । कुनै बेला कागले नराम्रो अ।वाज
गर्ने र नराम्रो समचार दिने गर्छ । (थ्वान्द्र क्रोए) गिद्दले पनि था
लागेको सिनो खाएको ले उड्ने बेला र बस्ने बेला गिद्दलाइ कठिन हुन्छ । अहिले
पनि सत्य नै देख्न सकिन्छ । यो भन्दा पहिलै अरू चरा चुरूङ्गीहरू जस्तै
छिट्टै उड्न र बस्न सकिन्थ्यो भन्ने भनाइ पनि छ । यसरि गिद्द उडिरहने
क्रममा यसको छाँयाले रूखमा भएको चरा चुरूङ्गी,भिर पाखामा चरिरहेको कस्तुरि
मृग,हरिण,तथा पानिमा भएको माछालाइ समेत था लाग्न गएको हुन्छ ।
(च्ह्याप्रुमै) कागको गुणमा रहेको बच्चा पनि था लागेको कारण अ।फै भुइँमा
खस्न जान्छ । भुइँमा खसेको बच्चालाइ कुकुर गएर खान्छ । कुकुरलाइपनि था ले
भेट्छ र एउटा घरको र अर्को घरको कुकुर एक अ।पसमा टोका टोक गर्दै लडाइँ
गर्दछ । फेरि सानो बाल बालिका एक अ।पसमा (१) तिम्रो कुकुरले मेरो कुकुर
लाइ पहिला टोकेको,,,(२) अर्कोले भन्छ मेरो ले होइन तिम्रो कुकुरले पहिला
टोकेको,, यि यसरि कल झगडा लडाइँ एक घर र दोस्रो घर हुँदै,,दिदि
बहिनि,दाजु भाइ,बाबा अ।मा,बाजे बजै र गाउँमा भएको भद्र भलात्मि,मुख्या
जिम्माल,राजा यि सबैलाइ था लागेको कारण कलह, झगडा,लडाइ हुन्छ । (क्या उमि
घ्याम) कुचेनि बुढिलाइ थाहा पाएको हुन्छ यि सबै कुराहरू,(अर्बला उर्बला
कउँला नउँला ङि)२ कन्य तरूनि केटिहरू लडाइ हेर्न भनेरगएको क्रममा,उमि
घ्यामा कुचेनि बुढिले जान दिदैन तिमिरू तेहा गयो भने था ले भेट्छ अनि
दुइ जना लडाइ कल झगडा हुन्छ भनेर क्ल्हेप्रि लिनको लागि (त युरू पध्मा
ट्ह्युनिमा)भनेर क्ल्हेप्री लिएर (म क्रोँजेत क्रोँजे नाशा) भन्ने ठाउँमा
जान्छ । क्ल्हेप्रीले यस कृयकलापलाइ शान्त शुद्द पार्नको लागि
(थासोमा) चाहिने सामग्रिहरू कोदो, मकै,सि,जउँ, तिल,नुन
जाड,रक्सि,मर्चा,फापर,रू रू (था पुचु) काँडा,दुइनलि बाँसको ढुङ्रो,(कुथो)
चित्र,घ्यप्ले सि,केप,प्हम्रि,(कोडे सोत्ले)घैटोको टुक्रा चोखो पनि यि अ।दि
समाग्रिहरू तय गरि थासो शुद्दो गर्ने काम सकिए पछि,मात्र सबै ठाउँमा
मन्त्रेको पानिले छर्कने र पिउने गरिसके पछि मात्र सबै झै झगडा लडाइँ
शान्त साम्य भएको कुराहरू प्येमा यसरि वरण गरिएको छ । थासो शुद्दो अर्घुं,मृत्यु कार्यमा मात्रै होइनकि अरू बेला नयाँ घर चोख्याउने इत्यदि शुभ कार्यमा पनि गर्न सकिन्छ ।
भेग च्हाक्ली तमु
बैज्ञानिकहरुले पुष्टि गरे अनुसार सूर्यबाट उछिट्टिएर आएको टुक्राबाट
बनेको पृथ्वी करिब पैँचालि करोड चालिस लाख बर्ष पूरानो हो भनेकाछन् भने
करिब सत्ताईसदेखि पैँतिस करोड बर्ष अगाडि पृथ्वीमा शुक्ष्म जीव प्रकट भएको
हुनसक्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । त्यसपछि माछाबाट मानव
विकास भएको हो भन्ने तथ्य विकास–क्रम सम्बन्धि ज्ञाताहरु (Evolutionists)
ले प्रस्तुत गरेकाछन् भने करिब दुई लाख बर्ष अगाडि मध्य प्राचिनकालमा
दक्षिण अफ्रिकाबाट मानव विकास भएको बताएकाछन् । र, करिब चालिस हजार बर्ष
अगाडिमात्र अफ्रिकाबाट बसाँई सरी अन्यत्र (युरोप तथा एशिया महादिप) गएको
बताइएकोछ भने अमेरिका पुगेको करिब चौध हजार पाँच सय बर्षमात्र भएको तथ्य
युनिभर्स टुडेका प्रकाशक फ्रेसर काइनले लेखेकाछन् । यसैगरी ईथोपियाको मध्य
वस्ति (Middle Awash) तिर भेटिएको सबैभन्दा पूरानो मानव उपनिवेश करिब एक
लाख साठी हजार बर्ष पूरानो भएको पुष्टि गरेकाछन् ।
यसरी पृथ्वीमा जीव उत्पत्ती तथा
विकासक्रमसँगै भएको मानव उत्पत्ती र विकासपछिको मानव सभ्यता र मानव
सभ्यतापछि मानव जाति तथा पृथ्वीमा भएका सबै सजिव प्राणीको मार्गदर्शन तथा
नैतिक दर्शनको रुपमा धर्मको विकास भएको हुनु पर्दछ । धर्म आफै शिद्ध भने
होईन, धर्म सिद्ध हुनको लागि संस्कार तथा कर्मको आवश्यता पर्दछ, धर्म
भनेको सिद्धान्त हो भने संस्कार तथा कर्म भनेको पद्धति, प्रक्रिया तथा
कार्य हो । वर्तमान अवस्थासम्म आईपुग्दा विभिन्न देश तथा समुदायमा गरी
करिब पन्ध्र–बीसवटा धर्महरुको प्रतिपादन भइसकेकोछ भने चर्चामा रहेका
अर्थात विकसित धर्मको रुपमा क्रिस्चियन, हिन्दु, बुद्ध र मुस्लिम आदिलाई
लिन सकिन्छ । यी धर्महरु विकसित र चर्चामा हुनुकै कारण अहिलेको यो
एक्काइसौँ शताब्दिका हामी मानवहरुले यती नै धर्महरुको बारेमा अलि धेरै
बुझेकाछौं भने अन्य अविकसित तथा ओझेलमा परेका धर्महरुको बारेमा निश्चित
समुदाय तथा केही व्यक्तिहरु बाहेक कमैलेमात्र बुझेकाछन् । यही सन्दर्भमा
ओझेलमा परेको अविसित धर्मको रुपमा रहेको वोँन धर्मको बारेमा केही जानकारी
गराउने हेतुले मैले यहाँ केही चर्चा गर्ने जमर्को गरेकोछु ।
नेपालको प्रारम्भिक कालदेखि नै तमु
जातिको धर्ममाथी विभिन्न प्रहार तथा अतिक्रमण हुदै आएको ज्वालन्त ऐतिहासिक
उदाहरणहरु हाम्रो सामु स्पष्ट छ । वोँन धर्मलाई प्राचिन कालदेखि नै मान्दै
आएको भएता पनि तमु जातिमाथी हिन्दु धर्म लाद्नको लागि नेपालको तत्कालिन
हिन्दु साशक वर्गले जवर्जस्ति हिन्दु धर्म मान्न लगाइएको ज्वालन्त प्रमाण
सहितको ईतिहास सबैलाई अवगत नै छ । यसरि हिन्दुकरण गरिनुको कारण अहिले तमु
समुदायमा नै नौलो जस्तो हुन पुगेकोछ, यो वोँन धर्म । यसरी विभिन्न धर्म,
संस्कार, सँस्कृतिबाट पेलिदै आएको तमु जाति र यस जातिको पैत्रिक कुल–धर्म
वोँन लोपोन्मुख अवस्थामा हाल संरक्षण, सम्बर्धन तथा पर्वतनको प्रतिक्षा
गरिरहेकोछ । २०४७ सालको जनआन्दोलन पश्चात स्वदेश तथा विदेशमा स्थापित तमु
संघ–सँस्थाहरुको “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,
ल्हु म्हस्या म्हि म्हमु ” अर्थात “शास्त्र हराए सँस्कृति हराउछ, सँस्कृति
हराए परम्परा हराउछ, परम्परा हराए मान्छे हराउछ ।” भन्ने चर्को नाराप्रति
संरक्षणको दृढ अपेक्षा राखेको वोँन धर्ममा अहिले आशाको मुना पलाएकोछ भन्ने
मलाई महशुष भएकोछ । जति नै कठिन परिस्थिति आईपर्दा पनि आफ्नो मौलिकता
नभुलेका तमु समुदायमा खुल्ला तथा स्वतन्त्र रुपमा आफ्नो धर्म–कर्म,
संस्कार–सँस्कृति अनुसार आफ्नो जातिय रितिस्थिति चलाउन र मौलिक पहिचान
सहितको आफ्नो जातिय चाडपर्व तथा पूजाआजाहरु गर्न/गराउन बन्देज लगाई
जवर्जस्ति हिन्दु धर्म लादिनुको कारण अहिलेको अवस्थामा तमुहरु धार्मिक र
सामाजिक विचलनको मारमा परेकोछ । जुन कुरा गत बर्षमा भएको जनगणनामा धर्मको
स्तम्भमा आफ्नो पैत्रिक धर्म वोँन लेख्नु पर्छ भनि तमु प्ये ल्हु संघले
गरेको अपिलप्रति तमु (गुरुङ्ग)हरुबाट नै आएको “वोँन भनेको के हो?” “वोँन
धर्म हो र?” भन्ने प्रश्नहरुले छर्लङ्ग पारेकोछ । यी प्रश्नहरु नै
वास्तवमा तत्कालिन हिन्दु शासक वर्गले गरेको चरम अन्याय र अत्याचारको
चपेटामा परेका निरिह एवं शोषित तम समुदायको मौन पिडा हो ।
यहि बिडम्बनाकै दुःखद नतिजा हो भन्दा पनि
फरक पर्दैन कि, तमु समुदायमा विधमान मौलिक संस्कार तथा परम्पराहरु–
जस्तैः जन्म, छेवर गर्ने, गुन्योचोलो दिने, बिवाह, मृत कार्य तथा
पितृकार्य(अर्घौं) आदी प्राचिनकालदेखि निरन्तर रुपमा गर्दै आएको भएतापनि
यी संस्कार तथा परम्परा कुन धर्म वा सँस्कृति अन्तर्गत पर्ने संस्कार तथा
परम्परा हुन् भनि कतिपय तमु(गुरुङ्ग)लाई सोध्यौं भने त्यहाँ अनविज्ञता तथा
अन्यौलता भेटिन्छ, तर यी संस्कार तथा परम्पराहरु सम्पन्न गर्ने÷गराउने
प्रक्रियाहरुको बारेमा सोध्यौं भने वहाँहरुले पूरै क्रमागत रुपमा
बेलीबिस्तार लगाउन सक्नुहुन्छ किनभने यसमा वहाँहरुको विश्वास र अनुभव छ ।
यस्तै–यस्तै मिश्रित परिवेशमा वोँन संस्कार गर्दै हिन्दु वातावरणमा
हुर्किएको हुँदा विचलित प्रतिक्रियाहरु उब्जिएको हो । यस्तैगरि वायो पूजा,
फैलु पूजा, खेमाँ पूजा, सिल्दो–नाल्दो पूजा, गाउँ पूजा(ट्हो त्हेँ)
सिमेभूमे पूजा, ह्योँखु त्हेँ(सह बटुल्ने यज्ञ), छ्योप त्हेँ ,न्होँत्हेँ,
क्होइडुलुमरा, योप्रिँ त्हेँ, पार्क त्हेँ फुँसुँ त्हेँ, थाँसो फाल्ने
यज्ञ, मि त्हेँ, ईत्यादि सयौं त्हेँ(यज्ञ) हरु तमु गाउँवस्तिहरुमा
प्रायजसो घर–घरमा बर्षैपिच्छे गरिने वोँन धर्म संस्कार अनुसारका पूजाहरु
हुन् । त्यसैले यी माथी उल्लेखित सबै किसिमका संस्कार, परम्परा तथा
पूजाहरु वोँन धर्म अन्तर्गतका हुन् भन्ने कुरा सबै तमुहरुले बुझ्नु आवश्यक
छ । हामी तमुहरु अहिले आफ्नो सबै संस्कार तथा परम्पराहरु थाहा भइकन पनि
दोधार, दुविधा र अस्थिरतामा छौं । तसर्थ हामी स्पष्ट हुनु जरुरी छ की
हामी तमु जाति तथा समुदायले गर्ने यी माथी उल्लेखित सबै पूजाआजा, परम्पारा
तथा संस्कारहरु प्रकृतिपरक हुन् जसमा प्राकृतिक श्रोत तथा वस्तुहरुलाई
देवताको रुपमा पूजा गरिन्छ ।
वोँन धर्म तमु जाति अर्थात समुदायमा
विधमान पैत्रिक कुलधर्म हो, जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै
विश्वास राखी अनुशरण गर्दै आइरहेकोछ । वोँन धर्म विश्वको पूरानो धर्म
अन्तर्गत पर्ने एक प्राचिन धर्म हो जसमा मानव निर्मित दर्शनभन्दा प्रकृति
तथा प्राकृतिक शक्तिमाथी बढी विश्वास राख्दछ भने यस धर्ममा अन्य केही
धर्महरुमा जस्तो मानव निर्मित मूर्ति तथा फोटो पूजा गर्ने प्रचलन छैन
अर्थात मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोँन धर्ममा
भगवान (God) हुदैन, देवता (Deities) हुन्छ । त्यसैले वोँन धर्मलाई No God
Religion (भवगान नभएको धर्म) पनि भन्दछ । शब्दगत अर्थ लगाउने हो भने पनि
देवता र भगवानमा फरक पाउन सकिन्छ । तमु जातिले वोँन धर्म अनुसार प्राकृतिक
श्रोत अर्थात प्रकृतिलाई पूजा गर्दछन् र तीनै प्राकृतिक श्रोत नै देवताको
स्वरुप हो । वोँन धर्म अन्तर्गत खोलानाला, पोखरी, रुख, पहाड, डाँडाकाँडा,
भिरपखेरो, बन–जङ्गल, ठुल्ठुला चट्टान, घाम–जुन, तारा, आकाश, भूमि, देउराली
आदिलाई भोग–चलन गरी पूजा गर्दछन् । क्ल्हेसोँदी–प््रहेसोँदी,
आजीखे–आजीमाँ, सिल्दो–नाल्दो, सिमे–भूमे, खेकु–माँङी, खेथे–माँथे,
सग्र्याँ, ¥िहमरखे, छ्योप ¥हेबुरु, फैलु ¥हेबुरु, आदी प्राकृतिक वोँन
धर्म अन्तर्गतका देवताहरु हुन् । वोँन धर्म अनुसार संसार, जगतका सबै
प्राकृतिक वस्तु, सजिव तथा प्राणीहरु सबैको आत्म हुन्छ भन्ने विश्वास
राख्दछन् ।
वोँनको शब्दगत अर्थ लगाउनुभन्दा पनि
वोँनले जनाउने संकेतको आधारमा परिभाषित गर्न उत्तम ठान्दछु म, किन कि तमु
जातिले अवलम्वन गर्ने प्राकृतिक (प्रकृति पूजक) धर्मको संक्षिप्त (सारंश)
रुपमा प्रयोग गरिएको शब्द हो – “वोँन” । वोँन शब्दले प्रकृतिलाई जनाउछ
भने तमु भाषामा वोँ भनेको प्रकृति हो । प्रकृति अन्तर्गत बनस्पति,
बोटबिरुवा, खोलानाला, हावापानी, ढुंगामाटो, धातु, आगो, सौरमण्डल,
वायुमण्डल आदी जस्ता प्राकृतिक वस्तुहरु पर्दछन् भने तमु भाषामा क्होँ
भन्नाले डाँडाकाँडा, बनजंगल, पाखापखेरो तथा पहाडलाई बुझाउदछ । त्यसैले
वोँनको शब्दगत अर्थ प्रकृति हो भन्ने बुझ्नु पर्दछ भने क्होँ भन्नाले
प्रकृति रहने अर्थात प्रकट हुने भण्डार (खानी) भन्ने बुझ्नु पर्दछ । यही
वोँ र क्होँ शब्दको साङ्केतिक अर्थ समेटेर नै बोन धर्म अन्तर्गत आराधना
गरिने, पूजामाठ गरिने, दर्शन गरिने, प्रार्थना गरिने, धार्मिक अभ्यास
गरिने तथा धार्मिक कर्म गरिने पवित्र धार्मिक स्थल (मन्दिर) लाई क्होँइवोँ
भनिएकोछ भने बोन धर्म प्रवर्तक तथा पुरोहितहरु पच्यु, क्ल्हेप्री र वोन्पो
लम्लाई क्रमशः नम्वोँ, क्यारवोँ र ग्युरवोँ पनि भनिन्छ । यी पुरोहितहरुको
ज्ञान, अध्यात्मिक शाक्ति, विशेषता तथा धार्मिक कार्यशैलिको आधारमा वोँन
धर्म प्राचिन जीववाद, प्रकृतिवाद र झाँक्रीवादको समिश्रण भएको विकसित रुप
हो भन्ने बुझिन्छ ।
वोँन धर्मका पुरोहितहरु विशेषगरि तीन
प्रकारका हुन्छन्, जुन पच्यु, क्ल्हेप्री र वोन्पो लम् हुन् भने थप एक
अर्को पुरोहित (जसले ज्योतिषशास्त्र सम्बन्धि हेरकोर गर्ने काम गर्दछ) लाई
पैँडी भनिन्छ । पैँडीले अरु पुरोहितहरुले जस्तो धार्मिक क्रियाकलाप तथा
संस्कार र पूजाआजा गर्दैनन् । यी वोँन पुरोहितहरुले देववाणी(आकाशवाणी),
जगदिश्वरवाद, अद्धैतवाद तथा ज्योतिषवादमा विश्वास राख्दछन् र यसैको आधारमा
धार्मिक अनुष्ठान(आराधना) गर्दछन् भने पृथ्वीमा भएको सबै प्राकृतिक
वस्तु(तत्व)हरुको आत्म हुन्छ भन्ने विश्वासमा कुनैपनि यज्ञ गर्दा
पुरोहितहरुले आफ्नो वरिपरि भएको सबै प्राकृतिक चिजहरु(खोलानाला,
डाँडाकाँडा, पोखरी, तलाउ आदी)लाई पुकार्ने गर्दछन्, जहाँ हरेक चिजलाई
पुकार्दा धुप र अक्षेता चढाउने गर्दछ । धुप बाल्दा धुपको धुवाँले
आकाशद्धार (Sky Gate) खोलेर आफुले पुकार गरेको देवताहरुलाई यज्ञसम्म
ल्याउन सहयोग गर्ने विश्वास छ ।
विभिन्न कालखण्डमा भएका अतिक्रमण, दवाव र
प्रहारहरुको कारण तमु समुदायमा विधमान वोँन खेगी (पच्यु क्ल्हेप्री,
वोन्पो लम् तथा पैँडी)को शास्त्र (प्ये) लिखित रुपमा नभई मौखिक रुपमा
सुरक्षित रहेकोछ । यो मौखिक रुपमा रहनुको कारण धेरै पूरानो तथा लिपिबद्ध
नहुनुको कारण पनि हुन सक्दछ भन्ने विद्धानवर्गको ठम्माई छ । आखिर, जे होस्
प्येमा भएका तथ्यहरुलाई नियाल्ने हो भने आजको बैज्ञानिकहरुको तथ्यसँग मेल
खाने सत्यतथ्यहरु पाउन सकिन्छ भने तमु जातिको उत्पत्तिदेखि वर्तमान
अवस्थासम्मको सम्पूर्ण ऐतिहासिक पृष्ठभूमि तथा पहिचान अनि युगयुगान्तरका
सत्य घटनाहरुको दस्तावेजहरु पनि समावेश छन् जसलाई प्येताँ ल्हुताँ भनिन्छ
। प्येताँ ल्हुताँमा मानव निर्मित दर्शन तथा मानव निर्मित भगवान छैन भने
जीवनको सत्मार्गको ज्ञान, मोक्ष प्राप्तिका ज्ञान, जीवन दर्शनका ज्ञान
आदिको बारेमा उल्लेख गरिएको पाईन्छ । यद्यपी प्रचार प्रसार तथा विकासको
अभावमा वोँन धर्ममा भएको दर्शन, उपदेश, शिक्षा, ज्ञान तथा सन्देशलाई
जनमानमा फैलाउन नसकिरहेको अवस्था छ । अब यसलाई फैलाउनको लागि प्रयोगात्मक
तथा व्यावहारिक रुपमा उतार्दै नयाँ पिँढीलाई बुझाउने भावि सन्ततिहरुलाई
सकरात्मक सन्देश दिने जिम्मेवार हाम्रो काँधमा आएकोछ, यस विषयमा सबै
संघ–सँस्थाका नेतृत्ववर्ग, शिक्षितवर्ग तथा समाजका बद्धिजिविवर्गले पहिलो
प्राथमिकता दिएर लाग्नु पर्ने समय आएकोछ । सबै तमुहरु एकजुट भएर आफ्नो
मौलिक पहिचान, कुल–धर्म, संस्कार, सँस्कृति, परम्परा, भाषा, भेषभुषा लगायत
ऐतिहासिक सम्पदा तथा पैत्रिक थलोको संरक्षण, सम्बर्धन तथा पवर्तन गर्न
तर्फ सबै लाग्नु पर्ने नितान्त आवश्यक छ ।
-
मानवसृष्टीकाल बाट आफ्नो पित्रीकुल धर्मका पहिचान राख्ने मँगोल मुलका
नेपाली आदिबासिहरु मध्ये तमु पनि एक जाती हो । आज छ २१औँ शताब्दिमा तमु
जाती विश्वका अनेक देशका नागरिक भएर बसे तापनी मुल रुपमा नेपाली मुलकै
मान्दछन । यही आधारले प्राचिन बँशावली खोज्दै जाने हो भने नेपालका तमु
जाती मँगोल मुलका भएको मानिन्छ । तमु जातिको ' प्ये ' ईतिहासले पनि tamu
जातिको उत्पती स्थल (Kokonor ) ताल उतर खण्डका गाउँ चो नाशा नाम लिएर तमु
मौलिक धर्मगुरुहरुहरु द्द्वरा आज सम्म आफ्नै तमु भाषामा पढ्दै आएको छन ।
लेखक बिनएेचन्द्र तमुले कोकोनोर भ्रमण गरी खोज अनुसँधान गर्दा कोकोनोर
क्षेत्रमा नहान्सी र टु जातिको बहुल्यत भएको पाएको छ भनेर भन्नु भएको छ ।
-
नहन्सी र टु जात थर तमु समुदायभित्र पनि पाईन्छ , यस्ले पनि तमु जाति
कोकोनोर बाट आएका मँगोल जाती नै भएको प्रमाणित हुन्छ । तमु जातिको
बिस्थापित मँगोल कोकोनोर ( स . फुँ . ती . क्याह्ल्श ) मा ज्वालमुखी धर्ती
फुटेको ईतिहास सँग गाँसिएको पाईन्छ । तमु भाषामा स. फुँ . ती . भनेको
नेपालीमा धर्ती फुटेकोलाई पनि भनिन्छ । आजको वैज्ञानीक युगमा ज्वालामुखी
धर्ती फुटेर सयौँ माइल भुमी पुरिएको , सयौँ माइल कालो धुँवाले ढाकेर
महिनौँ दिन अँध्यारो भएको दृश्या र तमु मौलिक धर्मगुरुहरुले पढेको
ईतिहासमा नौँ घाम नौ जुन डुबेको लोप भएको हराएको पृथ्वी अँध्यारो नै
अँध्यारो भएको भन्ने कथा र स. फुँ. ती. धर्ती फुटेको भन्ने ईतिहास
ठ्याक्कै मेल खान्छ । पछी धुँवा हेट पछी एक घाम उदय भएको भन्ने ईतिहास
पाईन्छ ।
- आठ घाम र् आठ जुन लाटोकोसेरो चराले
खायो रे भन्ने दन्त्यकथा पनि पाईन्छ । किनकी त्यो चराले घाममा आँखा
देख्दैन घाम शत्रु मानेर खाएको होला भनिन्छ , त्यो चराले अँध्यारो मन
पर्दछ । तर त्यो आवश्यक पनि होइन होला । अँधेरो भएको एउटा उदाहरण ,वर्ष
याममा लेकतिर कुहिरोले महिनौँ दिन सम्म घाम देख्न पाइँदैन । यस्तै अर्को
उदाहरण पुष माघको महिना मैदानमा कुहिरो लागेर अँधेरो भएर घाम देख्दैन यि
घटना स. फु. ती. क्य्हाल्सामा धर्ती फुटेर धुँवाले घाम नदेखिएको दृश्य र
कुहिरोको दृश्य धेरै मेल खान्छ । धर्ती फुटेर आफ्नै उत्पती थलो पुरिएर
हजारौँ मनिस मृत्यु हुन सक्छ । बचेका मनिसहरुले आफ्नै सृष्टी कथा पढ्दै
आएको हुनु पर्दछ । मनिस ठुलो दुर्घटनाबाट बचे पछी आज दोस्रो जन्म भयो अथवा
सृष्टी भयो भन्ने चलन छ । यही आधारले स. फु. ती. क्यहाल्सार केप भनेको हो
कि ?
- ज्वालामुखी पछी धर्ती फुटेर कालो धुँवाले
हजारौँ माइल अँधेरो परेको र मनिसहरुलाई लावाले पुरेको गाउँ शहरहरु पुरिएको
, मनिसहरु बसाई सरेका दृश्या झुटो हुनै सक्दैन । यस्को उदाहरण अघी नि
दिइसकेको छ । हजारौँ वर्ष अघी आजको जस्तो थिएन लिपी थिएन फेरी आज २१ औँ
शताब्दी सम्म तमु भाषामा पुर्खहरुको इतीहास मौखिक रुपमा पढ्दै सँस्कार
सँस्क्रीती र परम्परालाई सँरक्षण गरी तमु जातिको परिचय दिँदै आएकाछन ।
तमुहरु ( स. फु. ती. ) धर्ती फुटे पछी मात्रीभुमी छोडि बसाईसराइको क्रममा
मँगोल चिन तिब्बत हुँदै आजको नेपाल लमजुँग हिमाल र अन्नपूर्ण हिमालको
काखमा रहेको कोह्ला सोँथार टोह सम्मका इतीहास तमु भाषामा मौलिक
धर्मगुरुहरु द्द्वर आजपर्यान्त पढ्दै आएको छ ।
-
तमु जातिमा यही ३ - ४ सय वर्ष यता एक दुई बिगुवा तमुहरुले अगुवा गरेर
आफ्नै भाषा , सँस्कार र मँगोल अनुहार नै लुकाएर अर्यानहरुका झोला बोकुवा
तमुहरु आर्यानहरुको इसारामा एक समुदाय तमुहरु पश्चिम भारत राजिस्तान
कन्नौजबाट बसाई आएको हिन्दू जनैधारी चन राजपुत्र भार्द्दोज ऋषिमुनिका
सन्तान देखाउदै आएक छन र केही गुरुङहरुले यही जनैधारी राजपुत्र हुँ भनेर
स्विकार पनि गर्दै आएको पाईन्छ । तर तमुहरुको आफ्नै भाषामा पढ्ने मौखिक
प्ये , ईतिहासमा गुरुङहरु भारत बाट बसाई आएको भन्ने ईतिहास कहीँ कतै पनि
उल्लेख गरिएको पाईदैन । सत्य र तथ्य के हो ? २१औँ शताब्दिका पढेलेखेका
बिद्द्वान तमुहरुले अनुसँधान गरेर स्पष्ट गर्नु पर्ने अतिआवश्यक देखिन्छ ।
-
तमुहरु आज आफ्नै भाषामा ईतिहास र अर्थ पाइने जात थर भन्नुमा लाज मानेको
देखिन्छ । तर बाहुन आर्यन भाषामा उचारण गरेको थर - लामिछने , गोतामे
घोण्डे,घोताने गुरुङ भन्दा आफुलाई सम्मानित ठन्दछन र लम लाई लामा , क्ले
लाई घले भनी अमौलिक र आयतित शब्दभ्रममा पारीरहेका छन । यि उदाहरणहरुले अघी
लामिछने थियो र पछी गुरुङ भएको स्पष्ट हुन्छ । आज नेपालम राजनिती गर्नेहरु
हामी आदिबासी जातिहरुका परिचय , हकअधिकार र स्वयत्तताका आवाज उठाउदै आएको
छ । यहाँ प्रश्न उठ्छ कि यि आर्यन ब्रहमण गोत्रीया गुरुङहरु आदिबासी
जनजाती भित्र पर्छ कि गैर प्रवासी आर्यनमा पर्दछ होल ? एउटा प्रश्न चिन्ह
हाम्रो सामुने देखिन्छ । स्वयँ गुरुङ लेखक र् बुद्दिजिविहरुलेपनि आफु भारत
राजिस्तानका कन्नौज बाट आएको जनैधारी राजपुत्र भनेर पुस्तक नै लेखेका छन ।
-
गुरुङ लेखकहरुका पुस्तकको आधार लिएर होलान नेपालका बिद्द्वानहरु र
लेखकहरुले लेखिएको पुस्तकहरुमा गुरुङ जाती मुल रुपमा दुई भागमा बिभाजित छन
भनेर कलेज र विश्वबिद्धलयमा पढाउदैछन । लेखमा भारत बाट आएका चन राजपुत्र
गुरुङहरु मंगोल बाट आएका म्हिन कुगी तमुहरु भन्दा आफु उच्च जात मान्दो
रहेछ भनेर उल्लेख गरी लेखेका पुस्तक आज सम्म पढाउदै आएको छ । के यि
गुरुङहरु साँच्चै नै भारत र मँगोल बाट आएकाहरु मिसिएकै हुन त ? होइन भने
यस्ता लेखहरुका बारेमा गुरुङ समुदायमा किन मौन छन त ? किन आवाज उठाउदैन ,
आवाज नउठाउनुको अर्थ दुई भागमा नै बिभाजन छ भनेर स्विकारेको हुन त ?
-
गुरुङ समुदायमा धर्मको नाम लिएर पनि दुई भागमा बिभाजित देखिन्छ । बुद्ध
धर्मको नाम जोडेर लामा धर्मिहरु ॐकार धर्मको नाम बाट आर्यन हिन्दूधर्मका
छातामुनी बसी हिन्दू सँस्कारका १३ दिन ४५ दिनमा कृयाकर्मा गरी हिन्दू
धर्मको शाखा बनेका छन भने कुल धर्मलवम्बि तमुहरु आफ्नै तमु भाषा पढेर
प्राकृतिक बोन धर्म आफ्नै पच्यु , क्लेप्री र बोन्पो लम पुर्खौली
धर्मगुरुहरु बाट ३ दिने सँस्कार गर्दै आएको छ । तिबतियन लामा पुरोहितहरु
बुद्ध परम्परा अनुसार सँस्कार गरेको पनि भनिन्छ तर बुद्धको जीवन दर्शन सँग
पट्टक्कै मेल खाँदैन । नेपालमा तमु जातिको आफ्नै भाषा भेष सँस्कार
सँस्क्रिती र धर्म भएको आदिबासी हुँँ पनि भनिन्छ तर तिब्बती लामाले
तिब्बती भेष लगाएर तिब्बती भाषामा पढेर तिब्बती सँस्कार गरिन्छ ।
-
बुद्धका दर्शन अनुसार त श्रीमती त्यागेका छन , तर गुरुङ लामाहरुले त
श्रीमती राखेका छन । नेपालमा नै गुम्बमा बस्ने मनाँगे लामा र तिब्बती
लामाहरुले विवाह गर्दैनन , नेपालमै नेवार जाती पनि बुद्धिस्ट नै भन्छ तर
नेवारहरुले ढ्याँग्रो बजाएर सँस्कार गरेको पाइन्दैन । गुरुङ बुद्धिस्टहरु
गुम्बामा विवाह गरेको पाईन्छ तर अरु जातिका बुद्धिस्टहरुले गुम्बामा विवाह
गर्दैनन । बुद्धको जन्म नेपालमा भएको भन्छ ज्ञान भारतमा प्राप्त भएको
भनिन्छ , बुद्ध पाली भाषा बोल्नुहुन्थ्यो भन्छ जाती आर्यन शाक्य वंश
भनिन्छ । तर गुरुङ बुद्धिस्टहरुका परम्परामा भाषा भेष सँस्कार सबै तिब्बती
नै देखिन्छ । नेवार र भारती बुद्धिस्टहरु सँग कतै मेल खाँदैन । नेवार
बुद्धिस्टहरु नेपाली भाषामा ,म्यानमार ,थाइल्यण्ड श्रीलँकाली बुद्धिस्टहरु
आ_आफ्नै भाषामा बुद्ध पुजिन्छ भने के गुरुङ जातिले गुरुङ भाषामा बुद्धको
पूजा गर्नु मिल्दैन र ?
- धर्म मनिसको आस्था र्
बिचार हो । मनिस स्वतन्त्र चाहन्छ , आफ्नै ईच्छ्यको धर्म मान्न चाहन्छ र्
मान्न पाउनु पनि पर्दछ यही मानव धर्म पनि हो । धर्ममा जाती लिङगको परिचय
हुँदैन मात्रा मानवको परिचय हुन्छ । तर जातिको परिचय भनेको भाषा सँस्कार
सँस्क्रिती र् परम्परामा आधारित भएको पाईन्छ । के गुरुङ लामाले तिब्बती
भाषा पढेर ,तिब्बती भेस लगाएर गुरुङ जातिको परीचय दिन्छ ? के गुरुङ जातिको
आफ्नै भाषा भेस परम्पारिक सँस्कार छैन र ? यदी छ भने किन लुकाउने र
मेटाउने तिर लागेको छ । आज तमु धीँ , तमु छोँज धीँ , तमु बौद्द सेवा समाज
अदी नाम बाट चिनिन्छ र यही सँघ सँस्थाको सभा-समरोहमा तमु भेष लगाउने तमु
भाषा बोल्नु पर्ने पनि भनिन्छ । तर यही सँघ्-सँस्थमा तिब्बती भेष र भाषामा
पढेर कार्यक्रम थालिन्छ भने अब यि सँघ सँस्थाहरुलाई तमु जातिको धीँ भन्ने
कि तिब्बती धीँ भन्ने .....??????
तमुजातिको ल्हो पद्दतिमा "ल्होकोर" र "ल्हेकोर" रहेको पाईन्छ। ल्होकोर भन्नाले हरेक बाह्र वर्षमा सोही ल्हो पुन: आएको अर्थात् कुनै एक ल्होको पुरा चक्रलाई एक ल्होकोर मानिन्छ भने ल्हेकोरमा ल्हो पनि आएको हुन्छ।
तर ल्हेकोर चाहि एक पटक आएपछि दोहोरिदैन भने बाह्र ल्होकोरको एक "ल्हेकोर" हुन्छ। ल्होकोर पुरा भएको शुभ-अशुभ अवसरमा मनाईने तमु महान पर्व "ल्होसार" हो। यो च्यु ल्होबाट शुरु हुन्छ। यसैले यस ल्होलाई ल्हो क्र ( शिर) मानिन्छ भने फो ल्होलाई ल्हो मे (अन्त्य) मानिन्छ। सृस्टिदेखि कस्ले के ल्होको शुरुवात गर्यो र कति समय भोग गरेको थियो।
ती बाह्र ल्होहरु एकीकृत भएर हालसम्म कति ल्होकोर मनाइँयो? कति वर्ष भयो?
एक ल्होकोरमा बाह्र वर्ष हुन्छ भने ल्हेकोरलाई वर्षमा परिणत गर्न बाह्रले गुणा गर्नु पर्दछ। ल्हो गणनाअनुसार हाल सम्ममा २६,८९५ ल्होकोर (वर्ग चक्र)लाई बाह्र ल्हो (वर्ग)ले गुणा गरी हालसम्मको ल्हेकोर (तमु वर्ष)३२,२६४ पुगेको अनुमान गरिन्छ भने यस सम्बन्धी American National Social Scientist & Mongolian history को अनुसन्धान अनुसार तमुको प्ये ३०,००० वर्ष पुरानो भएको पुष्टि गरेका छन्।
साभार: तमु छ्या ल्हु ताँ।
प्रस्तुतकर्ता: प. पैं. चि. श्री यारजङ्ग क्रोम्छैं तमु
पच्यु प्रमुख तथा सल्लाहकार
तमु प्ये ल्हु संघ यूके।
प्राकृतिक
नियमको आधारमा समयलाई हिउँद र वर्ष गरी २ याममा बिभक्त गरिएको छ। प्रकृति
पूजारी, वोन धर्मावलम्बी तमु (GURUNG) जातिका पुर्खाहरुले पढ्ने प्ये (
शास्त्र ) का अनुसार हिउँद लागेको समयलाई "क्होईडुलु म्यारक्या" र वर्ष
लागेको समयलाई "प्ह्यडुलु म्यारक्या" भनिन्छ। आज श्रावन महिनाको पहिलो दिन "क्होईडुलु म्यारक्या" को सुरुवात गरेको दिन मानिएको छ।
यसै अवसरमा सम्पूर्ण तमु महानुभावहरुमा सुख, शान्ति, संमृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना!!!
प्राकृतिक देवता (भगवान); क्ल्हेसोँदी, प्ह्रेसोँदीले रक्षा गरुन!!!
द्रष्टब्य: आजको दिन गरिने संस्कार यथावत नै छ। बेलुकी घरबाट आजका लागि अगुल्टो फाल्ने काम चाँही नबिर्सौँ।
म्होसी त्हेँ किन गरिन्छ ? मृतक आत्मालाई प्रेतआत्मा सर्बिमोंबाट मुक्त गरि स्वर्गमा खेकु-माङी पितृ संग लिन गर्नको लागि गरिन्छ ! यो खेगी पच्यू गुरुबाट गरिने एउटा महत्वपूर्ण तमु जातीको यज्ञ ( त्हेँ ) हो जो एक दिनभर लाग्छ ! चैकु, मैकु, रिकु, थिकु यी मों ले गर्द मानिस ३ कालमा मृत्यु हुन्छन ! बच्चाकाल , बुढेसकाल र आकाल जो बीकालमा मृत्यु हुन्छन जस्तै- पोरोई चब, सिई चब, मिई चब, क्युई चब, चेइ चब र मोई चब आर्थात - ...भीर, रुख, आगो, पानी, बाघले खाएको र विभिन्न नराम्रो घटना भएर मृत्यु हुने सिमीलाई प्रेतात्मा सर्बिमोंले सराप दिई नर्ग लोक पुग्ने बजय बायु लोकमा पुग्छन र यिनै आद्रिस्य प्रेतात्माको शक्तिले गर्द हावाको रुप लिईजिबित मानिसलाई दुख-बिमार गर्ने तर्साउने आदि गर्छन तेसैले बिकालमा मृत्यु हुने सिमीलाई म्होसी त्हेँ गर्न आति जरुरि छ सिमीलाई पहिला बायु लोकबाट नर्ग लोकमा ल्याउछ तेसपछी स्वर्ग लोकमा पुरयाउने प्ये बिधि गरिन्छ र पितृले बल्ल शान्ति पाउछ !!!
प्रकाश डोटेल, स्याङ्जा-१३ जेठ । गुरुङ समुदायको प्रमुख धार्मिक ग्रन्थ बेद लोप हुन लागेको भन्दै स्याङ्जाको केवरेभाज्याङ्ग गाविस बनकटाका युवाहरु सोको संरक्षण अभियानमा लागेका छन् ।
आफ्नो धर्म संस्कार संस्कृति र परम्परा जोगाउँ भन्ने मूल मन्त्रका साथ बनकट्टा वेद संरक्षण तथा सम्बद्र्धन कार्यसमितिले आयोजना गरेको एक महिने वेद प्रशिक्षणमा स्थानीय गुरुङ समुदायका युवाहरु उत्सापूर्वक लागेका हुन् । गएको वैशाख १ गतेबाट सुरु भएको वेद प्रशिक्षणमा स्थानीय १३ जना युवाहरुको सहभागिता थियो । सदिऔंदेखि बसोबास गर्दै आएको जनजातिमध्ये गुरुङले आफ्नो धर्म संस्कार भाषा संस्कृति परम्परा र भेषभूषा भुल्दै जाने अवस्था देखिन थालेपछि संस्कार र संस्कृति जोगाउनका लागि युवाहरुलाई प्रेरित गर्न प्रशिक्षण कार्यक्रम गरिएको तमू छोंज धीं स्याङ्जाका सदस्य भोजराज गुरुङले बताए । एक महिने वेद प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै केन्द्रीय पेलु संघका संस्थापक अध्यक्ष क्याप्टेन भुवनिसं गुरुङले प्रशिक्षण कार्यक्रम गुरुङ जातिका युवाहरुलाई धर्म संस्कृति र परम्पराको संरक्षणमा लाग्न सहयोगीसिद्ध हुने बताए । समापनका अवसरमा तमू सुधार समितिका पूर्व अध्यक्षँ महेश गुरुङ छथर तमू सुधार समितिका अध्यक्ष द्रोणबहादुर गुरुङ समाजसेवी इन्द्रबहादुर गुरुङ गुरुङ समाज सुधार छथरका सल्लाहकार मनबहादुर गुरुङ समाजसेवी गोवद्र्धन गुरुङ भुपेन्द्र गुरुङलगायतले धर्म संस्कार र संस्कृतिका संरक्षणबारे चर्चा गरेका थिए । स्थानीय समाजसेवी गौबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको साचालन पूर्णबहादुर गुरुङले गरेका थिए भने कार्यक्रमबारे आदिवासी जनजाति महासंघ काठमाण्डौ जिल्ला समन्वय परिषद्का अध्यक्ष लोकबहादुर गुरुङले प्रकाश पारेका थिए ।(Source: merosyangja.com)
Buddhi
Tamu
प्रकृति पूजारी, वोन धर्मावलम्बी तमु (गुरुङ्ग)हरुमा पनि औशी अर्थात
आमावाश्या तिथिकै दिनमा आमा र बाबाको मुख हेर्ने दिन भनेर निकै चर्चा पाएको छ। तर
फाल्गुन पूर्णिमा तिथिमा पर्ने तमु जातिको खे-कु त्हेँ अर्थात आफ्ना बाबाको पूजा र
सम...्मान
गर्ने दिन, माँ-ङी त्हेँ अर्थात माघे संक्रान्तिको तिथिमा आफ्ना चेलीबेटी आफ्ना
आमाको पूजा र सम्मान गर्ने दिन हो। भन्ने कुरा पनि
अचेतन रुपमै तमु जातिले
पनि यस प्रकारका गैर-तमु पर्वहरुको बिकास गर्दै लग्ने हो भने भोलिको दिन के होला।
तमु भाषा अर्थात तमु भाषाको शास्त्रीय च्वोँ भाषामा "खे" को अर्थ नेपालीमा
पित्री, "कु" को अर्थ "नौँ" र "माँ"को अर्थ आमा, जननी, "ङी" को अर्थ "सात" भन्ने
हुन्छ।