तमुहरुको बेदविधि अनुसार " बलि किन चढाइन्छ ?"
बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विबादहरु देखा
नपरेको होईनन् | विशेष गरेर तिब्बतियन लामाबादको प्रचलनले गर्दा नै तमु
समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ | लामाबादहरुले सिंगो तमु
समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको
सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ | हामी तमुहरु गौतम बुद्धको सन्तान
होईन, तमु प्राकृतिक शक्तिदेखि माथि
आकासबाट उत्पति भएर अएको खे-माँ को सन्तान हुन्, यसरी तमु पुर्ब प्रचिनकाल
देखि उत्पति भएर अएको हुनाले विभिन्न प्रकृतिक तथा दैबी समस्याहरु संग पनि
जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो | तर यी
तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार,रितिरिवाज र भाष के थियो भनेर धेरै
पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र ? हामी
तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ
पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ, जो वहाँसम्मा
पुग्न लाइ अनगिन्ती मार्गहरु छन्, जो प्ये-बिधि, खोला-नाला, डांडा,उकालो
ओरालो यी सबै परमेश्वरले नै सृजना गर्नु भएको थियो प्रभु पर्मेस्वारले यस
सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नु हुन्छ यो वहाँको लीला अपरंपार छ , हुन त
कुनै पनि जिऊदो शरीर प्रमेस्वर कहाँ पुग्न सकिदैन| तर यो जिउदो शरीरलाई
दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेस्वोर संग बाच्चामा बाँधिएको
थियो | यस बाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र
बलि दिनुपर्ने हुन्छ| जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा
प्रमेस्वोर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट
आत्माले जना दिदैन सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, तेसैले
यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेस्वोर यानिकी
शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि
एक बिकराल शक्ति उत्पन्न गर्नु भयो जसलाई तमु शास्त्रमा यस बिकराल
शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी
शक्ति लाइ पुगारी ती दुष्ट आत्मा बाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि
प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जा
बाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा " पुराउने
महायज्ञ गर्नु पर्छा जसलाई "पय" भानिन्छ हामी तमु हरुले बलि दुष्ट आत्मालाइ
र प्रभुको बिकराल शक्तिलाई फैलंग को नाममा चढाउने गर्छन |