ad

Tuesday, May 28, 2013

"वास्तुशास्त्रीय विचार"



"वास्तुशास्त्रीय विचार"
पूर्वीय ज्ञानानुशाशनको विविधविधाहरु मध्ये बस्तुशास्त्र पनि एउटा अत्यन्त प्राचिन र बहुपयोगी शास्त्र हो| कुनै पनि बस्तुको अर्को वस्तुसंग हुने परिक्षसम्बन्ध र त्येसको प्रभावको अध्ययन बिश्लेषण वास्तुशास्त्र अन्तर्गत गरिन्छ, मानव जीवनशैलीमा तल प्रस्तुत गरिएको ८ बस्तुतत्वहरु जो "आकाश, हावा, पानी, पर्वत, काठ, अग्नि, भुमि र फलामको अन्योन्याश्रित सम्बन्ध रहेको प्रत्यक्ष देख्न सकिन्छ| मानव शरीरमा यिनै ८ तत्वहरुले बनेको छन् जसलाई तमु चि अनुसार पार्ग प्रे भनिन्छन| यी मध्ये कुनै एकको पनि सन्तुलन बिग्रन पुगेमा मानव शरीरमा अनेक रोगहरुको संक्रमणमा पुग्दछ| यिनै ८ तत्वको यथास्थान सन्तुलनले मनुश्यको अवास पनि सुखी र सुन्दर बन्दछ भने सन्तुलन नभएको आवासले दीर्घकालीन सुख,समृद्धि अवश्य दिनसक्दैन | अब यसलाई हामीले उमेर अनुसार यी ८ पर्ग कोठामा प्रयोग गर्न सकिन्छ प्रतेक कोठामा वर्गहरुले एक वर्ष भोग गरेको हुन्छ र पुर्व,पश्चिम,उत्तर र दक्षिण चाही २/२ वर्गको कोठा हुन्छन, एक चक्करमा ८ वर्ष पुरा हुन्छ| अब उमेर गन्ति गर्नेपर्दा पुरुषको कोठ यानिकी जन्मा घर दक्षिण पार्ग ल्ही हुन्छ र दक्षिणबाटा नैरित्ते पार्ग खुई तर्फ घडीको रुप लैजानु, अनि महिलाको जन्मा घर चाही उत्तर खाँ हुन्छ गन्ति गर्दा उत्तर् बाटा पार्ग खें घडीको उल्ट रुप लैजानु र जुन पार्ग कोठामा पर्छ तेही कोठा अनुसार आफ्नो शुभ-अशुभको फल हुन्छ| जस्तै ३ वर्ष पुरुषको भन्नपर्द पुरुषको जन्म घर दक्षिण पार्ग ल्ही बाटा गिन्त गर्द नैरिते पर्ग खुईमा २ वर्ष, पश्चिम पार्ग त कोठामा पुग्दा ३ वर्ष भयो | एबमरीतले गन्दै गन्दै जानु र त्येस्तै गरि महिलाको उल्ट रुप उत्तर खाँ बाटा गन्ति गर्नु पर्छ |

No comments:

Post a Comment